Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
कृषि
  • Home
  • कृषि
  • पशु विज्ञानमा विद्यार्थीको आकर्षण
पशु विज्ञानमा विद्यार्थीको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०

गलकोट- कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।

प्राविधि धारतर्फ अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्या पुनः उकालो लाग्न थालेको विद्यालय प्रशासनले जनाएको छ । अहिले टाढा–टाढाबाट पशु विज्ञान अध्ययनका लागि पढ्न आउनेको स्ङ्ख्यामा वृद्धि भएको विद्यालयका पशु विज्ञान संयोजक डा आशिष सापकोटाले बताए। उनका अनुसार सामुदायिक विद्यालयमा सञ्चालित पशु विज्ञानको पढाइप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै निम्न वर्गीय परिवारबाट पनि प्राविधि शिक्षा अध्ययन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । विपन्न परिवारका छोराछोरीले प्राविधिक धारमा निःशुल्क अध्ययन गर्न पाउने भएपछि छिमेकी जिल्ला म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाबाटसमेत विद्यार्थी आउन थालेका सापकोटाको भनाइ थियो ।

विसं २०७३ मा जिल्लामा पहिलो पटक प्राविधिक धारतर्फ पशु विज्ञानमा कक्षा ९ देखि १२ सम्म धौलागिरि वीरेन्द्र माविले अध्यापन थालेपछि अन्य सङ्कायमा पनि विद्यार्थी बढ्न थालेका उनले बताए। पहिलो वर्ष १६ जना विद्यार्थीबाट पशु विज्ञानको अध्यापन सुरु गरिएकामा हाल ७४ जना विद्यार्थीले अध्ययन गरिरहेका संयोजक सापकोटाले जानकारी दिए । “सबै परिवारका छोराछोरीले प्राविधिक विषय पढ्न सक्दैथ्ये ।

Hardik health

सरकारले सरकारी विद्यालयमा पशु विज्ञान अध्यापन गराउन थालेपछि जिल्लामा पहिलो पटक यहीँ विद्यालयले अनुमति पाएको थियो”, उनले भन्नुभयो, “यहाँ म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाका विद्यार्थी पनि आउने गरेका छन् । अङ्ग्रेजी माध्यममा पढाइ हुनथालेपछि निजी विद्यालय छोडेर यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ ।” विद्यार्थी अभावमा झण्डै बन्द हुने अवस्थामा पुगेको विद्यालयमा कक्षा १ देखि १२ सम्म तीन सय ५० विद्यार्थी अध्ययन गर्दै आएका छन् । म्याग्दीमा पशु विज्ञानको पढाइ नहुने भन्दै आफूले उक्त विषय अध्ययन गर्न चाहेकाले बागलुङमा आएर पढ्न थालेको म्याग्दीको भकिम्ली निवासी कक्षा १२ मा अध्ययनरत सनम सुनारले बताए।

“पशु विज्ञानमा राम्रो सम्भावना देखेर म्याग्दीबाट अध्ययन गर्नका लागि यहाँका आएको थिएँ”, उनले भन्नुभयो, “प्राविधिक धारतर्फ रोजगारीको सुनिश्चितताका साथै स्वदेशमै सम्भावना हुन्छन् ।” बागलुङ नगरपालिका–३ रातामाटास्थित धौलागिरि वीरेन्द्र माविमा पशु विज्ञान अध्यापन सुरु भएसँगै प्राविधिक विषय पढ्न चाहनेलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको विद्यार्थी सचिन गौतमले जानकारी दिए ।

मुलुकमा रोजगारीको प्रशस्त सम्भावना हुनुका साथै दैनिकीमासमेत प्रयोगमा आउने भएकाले पशु विज्ञानमा आकर्षित भएको उनको भनाइ थियो । क्षमता भएर पनि प्राविधिक अध्ययन गर्न नसकेका विद्यार्थीलाई विद्यालयमा सञ्चालित पशु विज्ञान सङ्कालयले ठूलो राहत दिएको गौतमले बताए। विसं २०२१ मा स्थापना भएको विद्यालयमा कुनै समय एक हजार बढी विद्यार्थी हुने गर्दथे । विसं २०६८ मा कक्षा १ देखि १० सम्म ६८ जना विद्यार्थी थिए । समुदायको पहलमा पुनः विद्यालयलाई सुधार गर्न थालेपछि अहिले विद्यार्थी सङ्ख्या तीन सय ५० पुगेको छ ।

“विसं २०६८ देखि विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन थालेका हौँ । विस्तारै प्रयोगशाला, कम्प्युटर कक्षासँगै प्राविधिक धारतर्फ पशु विज्ञान अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ”, विद्यालयका प्रधानाध्यापक भूमिराज गौतमले भन्नुभयो । उनका अनुसार कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम, कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउन थालिएको छ । जिल्लामा धौलागिरि वीरेन्द्र माविपछि ताराखोला गाउँपालिकाको नेपाल माध्यामिक विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माध्यामिक विद्यालयमा पशु विज्ञानको पढाइ हुने थालेको छ । 


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन 
खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन  आइतबार, मंसिर २८, २०८२
राँगा पाल्ने किसानलाई अनुदान
राँगा पाल्ने किसानलाई अनुदान बिहीबार, मंसिर २५, २०८२
 सागसब्जी र फलफूलको थोक मूल्य
 सागसब्जी र फलफूलको थोक मूल्य बिहीबार, मंसिर २५, २०८२
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
किसानलाई दूधमा दश रुपैयाँ अनुदान बिहीबार, मंसिर २५, २०८२
रामेछापका जुनार किसानको सक्रियता बढ्यो
रामेछापका जुनार किसानको सक्रियता बढ्यो बुधबार, मंसिर २४, २०८२
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह बुधबार, मंसिर २४, २०८२
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु बुधबार, मंसिर २४, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP