Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’
‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०

सल्लेरी– सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै  के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो?” उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन् । 
 
उनले भने, “ हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।” हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।
 
सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन । मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ । कार्यालयका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम अहिले सात डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।
 
पछिल्लो पाँच दिनदेखि यहाँको तापक्रम क्रमशः उकालो लाग्न थालेको उनले बताए । यस वर्षको हिउँदमा सोलुखुम्बुमा बितेका वर्षहरूमा झै चिसोको महसुस नभएको स्थानीय बताउँछन् । करिब चार वर्ष अघिसम्म पुस–माघमा अधिक चिसो हुने गरेकामा यस वर्षको त्यति धेरै चिसो नभएको गार्माका ल्हाक्पा शेर्पाको अनुभव छ ।
 
उनले भने, “मलाई थाहा हुँदासम्म पनि पुस–माघमा पूरै हिउँ पर्ने भएकाले असाध्यै चिसो हुन्थ्यो, हिउँ पग्लिन तीन–चार दिन समय लाग्थ्यो तर अहिले त्यस्तो छैन, चिसो भए पनि खासै पहिलाको जस्तो धेरै चिसो आभास नै भएन यो वर्ष ।” हिमपात नहुँदा सल्लेरीबाट देखिने डाँडा तथा हिमाल मरुभूमिजस्ता हुँदै गएका छन् भने मौसमले समेत तराईको झल्को दिन लागेको तामाखानीका शान्तमाया घिमिरेले बताइन् । 
 
हिमपात र वर्षात्को प्रतिक्षामा रहेका यहाँका किसान निराश बन्दै गएका छन् । मङ्सिर–पुसमा हिमपात नभए पनि माघमा पक्कै हिमपात तथा वर्षात् हुन्छ भन्ने आशामा बसेका जिल्लाका किसान फागुन लाग्दासमेत हिमपातको सम्भावना नदेखिँदा उनीहरूमा निराशा छाएको हो । फागुन लागेपछि मौसम तातिन थालेकाले अब हिउँ र पानी पर्ने आश मर्दै गएको बेनीका डम्बरबहादुर विश्वकर्माले बताए । 
 
हिमपात नहुँदा गहुँबाली बारीमै सुकेर सोतर भएको छ । उनले भने, “बारीको बालीनाली सुकेर सोतर भयो, पानी लगाउनलाई पनि पानीका मुहान सुकेर छैन, एक ठाउँमा मात्रै भए पो पानी लगाएर हुन्थ्यो सबैको त्यस्तै छ, खेती लगाउनेलाई यसवर्र्ष याम परेन, बीउ जोगाउनै मुस्किल पर्ने भो ।” खडेरीका कारण यहाँका किसानमा भोकमरीको चिन्ताले सताउन थालेको छ । 

 
लेकाली भोगमा लगाउने गहुँ, आलु, जौँ, उवाजस्ता बाली यस वर्ष सङ्कटमा परेको किसान बताउँछन् । साथै जिल्लाको पश्चिमी भेगमा उत्पादन हुने अलौँचीसमेत खडेरीको चपेटामा परेको लिखुपिकेका किसान लिखुपिके गाउँपालिका–४ का प्रेमकुमार बस्नेतको भनाइ छ । अलैँचीको बोटलाई ओसिलो ठाउँ आवश्यक पर्ने भए पनि खडेरीले रुखका छहारीसमेत सुक्खा हुँदा अलैँची मर्न थालेको उनी चिन्ता व्यक्त गर्छन्। जिल्लाको लिखुपिके, सोताङ, महाकुलुङ, माप्यदूधकोशी र नेचासल्यान क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा एक सय ५८ हेक्टर क्षेत्रफल जमिनमा अलैँचीखेती भएको थियो । यस वर्ष पनि सोही हेक्टर जमिनमा अलैँचीखेती गरिएको छ ।

 
पर्यटन व्यवसायी चिन्तित
जिल्लाको खुम्बुक्षेत्र जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । सो क्षेत्रमा पनि यस वर्ष हिमपात हुनसकेको छैन । खुम्बुको माथिल्लो भेगमा माघमध्यतिर हल्का हिमपात भए पनि त्यो पर्याप्त नभएको नाम्चेका लामाकाजी शेर्पाले बताउछन् । 

Hardik health

“यो वर्ष हिउँ परेकै छैन भन्दा पनि हुन्छ, अस्ति माघ दोस्रो सातातिर होला माथिल्लो क्षेत्रमा अलिअलि हिउँ पर्लाजस्तो भएको थियो, हल्का परेको पनि एकैछिनमा बिलाएर गइहाल्यो, अहिले त पूरै सुक्खा छ”, उनले भने । हिमपात नहुँदा खुम्बुक्षेत्र पर्यटनमा समेत असर गर्ने व्यवसायीको चिन्ता छ ।

हिउँले पूरै ढाकिनुपर्ने हिमाल तथा डाँडापाखा सुक्खा हुँदा पर्यटकीय क्षेत्रको सौन्दर्यता गुम्दै गएको लुक्लाका दामु शेर्पाले बताए । खुम्बुक्षेत्रमा हिउँ हेर्ने र भ्रमणका लागि नै विदेशी तथा स्वदेशी आउने भएकाले यो वर्ष खुम्बुमा पनि सुक्खा रहेको उनको भनाइ छ । शेर्पाले भने, “लुक्लाबाट देखिने डाँडा तथा हिमालमा हिउँ सकिँदै गएको छ, सबै सुक्खा छ, सगरमाथा क्षेत्र त यस्तो छ, झन् अरु ठाउँको अवस्था के होला ?”

वर्षात् र हिमपात नहुँदा मौसम सुक्खा हुँदै गएको छ भने वनजङ्गलमा आगलागीको जोखिम वृद्धि भएको छ । गत शनिबारमात्रै जिल्लाको माप्यदूधकोशी गाउँपालिका–५ काँकुस्थित खाम्दिङ मुलाबारी सामुदायिक वन र सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सास्थित मेन्दोपाके सामुदायिक वनमा डढेलो लाग्यो । कारण पत्ता लाग्न नसकेको उक्त डढेलोबाट हजारौँ बोटबिरुवा जलेर नष्ट भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रामजी शाहले बताए। डढेलोले वनक्षेत्रमा रहेका जीवजन्तुसमेत हताहत भएको हुनसक्ने स्थानीयको अनुमान छ ।
 
सुक्खा मौसम र पानीका मुहानसमेत सुक्दै गएकाले डढेलो नियन्त्रणमा सकस परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रले बताए । प्रहरी र स्थानीयको दिनभरको प्रयासपछि साँझतिरमात्रै आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । मौसममा देखिएको फेरबदलले सामुदायिक वन क्षेत्र डढेलोको जोखिममा परेको सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य पेम्बा शेर्पाले बताए ।

 सुक्खाग्रस्त हुँदै गएकाले यस्तो बेला आगोजन्य स्रोतहरूको ख्याल गर्न सकिएन भने डढेलोको जोखिम उच्च हुने उनको भनाइ छ । उनले भने, “यो समयमा फोहर जलाउँदा तथा आगो बाल्दा एकदमै ध्यान दिन सकिएन भने ठूलो जनधनको क्षति हुने सम्भावना हुन्छ, वनमा फैलिएको आगो नियन्त्रणमा लिनलाई पानीका मुहान सबै सुक्दै गएको छ, अनि माटोले निभाउन माटोसमेत चिसो छैन सबै सुक्खा हुँदै गएको छ, त्यसैले वन क्षेत्र जोखिममा देख्छु ।”

जिल्लाको कुल भू–भागको एक लाख पाँच हजार तीन सय ३० हेक्टर क्षेत्रफलमा सामुदायिक वनक्षेत्र फैलिएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा एक सय ७२  सामुदायिक वन छन् । वनमा लाग्ने डढेलोले बोटबिरुवामात्रै नभई त्यहाँ रहेका जीवजन्तु, मानवबस्तीदेखि पर्यवरणमा समेत गम्भीर असर पुर्याउने वातावरणविज्ञ राजन थापाले बताए । पानी नपरेको समयमा डढेलो लाग्दा त्यहाँबाट निस्कने धुँवाले अझ ठूलो असर गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता मंगलबार, कात्तिक १८, २०८२
समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम 
समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम  मंगलबार, कात्तिक १८, २०८२
पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला
पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला मंगलबार, कात्तिक १८, २०८२
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा सोमबार, कात्तिक १७, २०८२
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP