Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • बाँसबारीको जग्गा फिर्ता गर्न अरुण चौधरीलाई मालपोतको पत्र 
बाँसबारीको जग्गा फिर्ता गर्न अरुण चौधरीलाई मालपोतको पत्र 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २६, २०८०

काठमाडौं– उद्योगी अरुण चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्न मालपोत कार्यालयले पत्र काटेको छ । मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरको नाममा उद्योगी चौधरीलाई चाँडो जग्गा फिर्ता गर्न पत्र काटेको हो ।

मालपोत कार्यालयले बुधबार काटेको पत्रमा चाँदबाग स्कुल, बाँसबारी सञ्चालक समितिका अध्यक्ष सञ्जय ठकुरलाई पनि उपस्थित हुन भनेको छ । डलर अर्बपति विनोद चौधरीका भाइ अरुणलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को माघ १८ गते पक्रेको थियो । उनीसहित सिआइबीले तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबागका अध्यक्ष ठाकुरलाई पक्रेको थियो ।

तीनै जनालाई जिल्ला अदालत काठमाडौंको आदेशपछि बुधबार नै जमानीमा रिहा गरेको थियो । अदालतको आदेशअनुसार रिहा भएपछि सीआईबीले २५ दिनभित्र अनुसन्धान सकेर मुद्दा बुझाउनुपर्ने बाध्यता नरहेको बताएको छ ।

Sonam Lhosar
Hardik health

किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको कसुरमा भइरहेको अनुसन्धानलाई थप गति दिने तयारी प्रहरीको छ । सीआईबीले अब एक वर्षसम्म यो प्रकरणको अनुसन्धान गर्न पाउँछ । यो बीचमा अन्य संलग्नको पनि खोजी हुने भएको हो । अहिले हिरासत मुक्त भएकाहरुले पनि अभियोगबाट उन्मुक्ति नपाउने सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

मालपोतले बाटोको म्यादबाहेक २१ दिनभित्र डिल्लीबजार आइपुग्न निर्देशन दिएको छ । ‘२०८० माघ २२ को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन २०८० माघ २४ को आदेश मबोमिज त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिलिे बाटोको म्याद बाहेक २१ दिनभित्र आफै वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थिति हुनु होला,’ डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले जारी गरेको पत्रमा भनिएको छ ।

पत्र बुझिसकेको चाँदबाग स्कुलले जनाएको छ । सीआईबीले बाँसबारीमा रहेको सरकारी जग्गा हड्पिएकोबारे डिल्लीबजार मालपोत कार्यालयलाई लिखित जानकारी गराएको थियो । सरकारको निर्णयविनै १० रोपनीमा चाँदबाग रेसिडेन्सीको नाममा व्यक्तिगत बनाएको भन्दै सीआईबीले जफतका लागि जानकारीसहित पत्राचार गरेको हो । उनीहरुमाथि २०४३ सालमा स्थापित च्याम्पियन फुटवेयरको नाममा सरकारी स्वामित्वको जमिन २०५१ सालका व्यक्तिको बनाएको आरोप छ । 

पक्राउ परेपछि अरुणले आफूहरुले सरकारी जग्गा हिनामिना गरेको स्विकारेको प्रहरीको दाबी छ । ‘हाम्रो लगानीअनुसार बाँसबारी छालाजुत्ता कारखानाले जग्गा दिएको थियो । तर, सो जग्गा अहिले च्याम्पियन फुटवेयर हुँदै अर्को कम्पनीको नाममा आएको हो । उक्त जग्गा फिर्ता गर्न म तयार छु,’ सिआइबीसँग हिरासत रहेका बेला चौधरीले भनेको प्रहरीको दाबी छ ।

चौधरी च्याम्पियन फुटवेयरको लगानीकर्ता हुन् । च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्ड हो । उक्त जग्गामा चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गरेको छ । बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:१८
#बाँसबारी_छालाजुत्ता_कारखाना #जग्गा प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा आइतबार, माघ ४, २०८२
निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड आइतबार, माघ ४, २०८२
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP