Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
समाचार
  • Home
  • समाचार
  • बाँसबारीको जग्गा फिर्ता गर्न अरुण चौधरीलाई मालपोतको पत्र 
बाँसबारीको जग्गा फिर्ता गर्न अरुण चौधरीलाई मालपोतको पत्र 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २६, २०८०

काठमाडौं– उद्योगी अरुण चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्न मालपोत कार्यालयले पत्र काटेको छ । मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरको नाममा उद्योगी चौधरीलाई चाँडो जग्गा फिर्ता गर्न पत्र काटेको हो ।

मालपोत कार्यालयले बुधबार काटेको पत्रमा चाँदबाग स्कुल, बाँसबारी सञ्चालक समितिका अध्यक्ष सञ्जय ठकुरलाई पनि उपस्थित हुन भनेको छ । डलर अर्बपति विनोद चौधरीका भाइ अरुणलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को माघ १८ गते पक्रेको थियो । उनीसहित सिआइबीले तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबागका अध्यक्ष ठाकुरलाई पक्रेको थियो ।

तीनै जनालाई जिल्ला अदालत काठमाडौंको आदेशपछि बुधबार नै जमानीमा रिहा गरेको थियो । अदालतको आदेशअनुसार रिहा भएपछि सीआईबीले २५ दिनभित्र अनुसन्धान सकेर मुद्दा बुझाउनुपर्ने बाध्यता नरहेको बताएको छ ।

Hardik health

किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको कसुरमा भइरहेको अनुसन्धानलाई थप गति दिने तयारी प्रहरीको छ । सीआईबीले अब एक वर्षसम्म यो प्रकरणको अनुसन्धान गर्न पाउँछ । यो बीचमा अन्य संलग्नको पनि खोजी हुने भएको हो । अहिले हिरासत मुक्त भएकाहरुले पनि अभियोगबाट उन्मुक्ति नपाउने सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

मालपोतले बाटोको म्यादबाहेक २१ दिनभित्र डिल्लीबजार आइपुग्न निर्देशन दिएको छ । ‘२०८० माघ २२ को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन २०८० माघ २४ को आदेश मबोमिज त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिलिे बाटोको म्याद बाहेक २१ दिनभित्र आफै वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थिति हुनु होला,’ डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले जारी गरेको पत्रमा भनिएको छ ।

पत्र बुझिसकेको चाँदबाग स्कुलले जनाएको छ । सीआईबीले बाँसबारीमा रहेको सरकारी जग्गा हड्पिएकोबारे डिल्लीबजार मालपोत कार्यालयलाई लिखित जानकारी गराएको थियो । सरकारको निर्णयविनै १० रोपनीमा चाँदबाग रेसिडेन्सीको नाममा व्यक्तिगत बनाएको भन्दै सीआईबीले जफतका लागि जानकारीसहित पत्राचार गरेको हो । उनीहरुमाथि २०४३ सालमा स्थापित च्याम्पियन फुटवेयरको नाममा सरकारी स्वामित्वको जमिन २०५१ सालका व्यक्तिको बनाएको आरोप छ । 

पक्राउ परेपछि अरुणले आफूहरुले सरकारी जग्गा हिनामिना गरेको स्विकारेको प्रहरीको दाबी छ । ‘हाम्रो लगानीअनुसार बाँसबारी छालाजुत्ता कारखानाले जग्गा दिएको थियो । तर, सो जग्गा अहिले च्याम्पियन फुटवेयर हुँदै अर्को कम्पनीको नाममा आएको हो । उक्त जग्गा फिर्ता गर्न म तयार छु,’ सिआइबीसँग हिरासत रहेका बेला चौधरीले भनेको प्रहरीको दाबी छ ।

चौधरी च्याम्पियन फुटवेयरको लगानीकर्ता हुन् । च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्ड हो । उक्त जग्गामा चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गरेको छ । बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:१८
#बाँसबारी_छालाजुत्ता_कारखाना #जग्गा प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला
बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला सोमबार, फागुन २५, २०८२
नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा
नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा सोमबार, फागुन २५, २०८२
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना सोमबार, फागुन २५, २०८२
रास्वपाका सुदन गुरुङको जित नजिक
रास्वपाका सुदन गुरुङको जित नजिक सोमबार, फागुन २५, २०८२
नगर प्रमुखदेखि सांसदसम्मको यात्रा : हर्क साम्पाङ
नगर प्रमुखदेखि सांसदसम्मको यात्रा : हर्क साम्पाङ सोमबार, फागुन २५, २०८२
संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट
संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट सोमबार, फागुन २५, २०८२
जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म  : आरेन राई
जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म : आरेन राई सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP