Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दुर्घटनामा तीन जनाको मृत्यु
दुर्घटनामा तीन जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
विराटनगर– मोरङमा शनिबार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । करिब बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जनाए । दुर्घटनामा चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक नवलपरासीबाट ७ सय ५० कार्टुन गोर्खा स्ट्रङ वियर लिएर झापातर्फ जाँदै गरेको थियो । पथरीका डीएसपी दीलिप गिरीका अनुसार ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । लामो रुटमा एक जनामात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको दावी छ । रोकेर राखेको ट्रकमा भने जीवित र मृत गरेर २८ वटा गोरु भेटिएका छन् । जसमा चारवटा मरेका र २४ वटा जीवितै थिए । ‘वियर लोड गरेको ट्रकले अर्कोलाई ठक्कर दिँदा भएको दुर्घटनामै गोरु मरेका हुन सक्छन्,’ उनले भने, ‘२४ वटा जीवितै भेटिएका पनि सबै घाइते अवस्थामा छन् ।’ गोरु सर्लाहीको लालबन्दीस्थित पशु हाटबजारबाट खरिद गरेर ल्याइएको खुलेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट प्रक्रिया पूरा गरेरै झापाको घैलाडुब्बातर्फ गोरु लिएर गएको खुलेको प्रहरीको भनाइ छ । डीएसपी गिरीले सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको जानकारी दिए । पाँच हजारका दरले एक लाख ४० हजार रूपैयाँमा सबै गोरु खरिद गरेको बिल पनि साथमै रहेको उनको भनाइ छ । गोरु लोड गरिएको ट्रक र त्यसका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा बाँकी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, शनिबार नै विराटनगर महानगरपालिका– १ बुद्धचौकमा को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीया रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुर्घटनामा झापा गौरीगञ्ज घर भइ विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०५:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP