Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण
रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १८, २०८०

काठमाडौं– एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो । 

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ र प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुङ्गामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् । राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुङ्गा अवतरण भएको पुष्टि गरे । उनले शरणार्थीहरूको यकिन सङ्ख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीहरूले एक सय ३७ शरणार्थी आएको अनुमान गरेको बताए। 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार सात सय ५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । 

Hardik health

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रहरूमा अल्पसङ्ख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुङ्गालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनीहरू आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।
    
यद्यपि अरुले भने आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरूको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दाहरूसँग झगडा गर्ने उनीहरूले दावी गरेका छन् । डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए । 

इन्डोनेसिया संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यान्माबाट शरणार्थीहरू लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ । 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार पाँच सयभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिङ्ग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP