Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १६, २०८०

लमजुङ– विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । 

यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए । गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरुको आम्दानीसमेत नहुने उनको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् ।

यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ । अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेका छन् । पर्यटक घट्दा आम्दानीसमेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या हुने उनीहरूको गुनासो थियो ।     

Hardik health

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भने,  “पर्यटकको चाप हुँदा दैनिक रु ३०÷४० हजारसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित बनाएको उनको भनाइ थियो । 

अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङको पनि उस्तै पीडा छ । लामो समयपछि लयमा फर्किरहेको पर्यटन व्यवसाय यतिबेला पर्यटक आगमन घटेसँगै आम्दानी पनि कम हुन पुगेको छ । दैनिक रु ३०÷३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको उनको भनाइ थियो । 

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्नाका साथै मनाङबाट थुम्रापास भएर मुस्ताङ वा पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्ग प्रयोग  गर्छन् । सो पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकाहरुलाई समेत समस्या पर्न थालेको छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP