Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १४, २०८०

काठमाडौं–  उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ । 

प्रक्षेपणहरू गत साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणहरूको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो । यी परीक्षणहरूले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यहरूलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारहरूको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्दछन् । 

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ । 

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको सङ्ख्या, कति टाढा उडेका थिए र जमीन वा नौसैनिक सम्पत्तिहरूबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन । 

Hardik health

किमले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहनुभएको र उहाँले एसियाली सहयोगीहरूसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरकाले हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । 

यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गर्नुभएको छ र आणविकसक्षम अमेरिकी सम्पत्तिहरू वरपर निर्मित प्रतिरोध रणनीतिहरूलाई तीव्रता दिइरहेका छन् ।   

गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल–३–३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ । उसले उक्त क्षेप्यास्त्रलाई ‘रणनीतिक’ भने। यसले आणविक हतियारहरूले सशस्त्र बनाउने सम्भावित उद्देश्यलाई सङ्केत गर्दछ । 

उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका लागि डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् । 

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र गतिविधिहरूमाथि प्रत्यक्षरूपमा प्रतिबन्ध नभए पनि विशेषज्ञहरूले यी हतियारले सम्भावितरूपमा दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने बताएका छन् । तिनीहरूलाई साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ र राडारहरूले पत्ता लगाउन कठिन हुनसक्ने परिदृश्यमा यिनीहरू उड्छन् । 

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्ना हतियार आणविकसक्षम रहेको र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो । 


प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP