Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा निरन्तर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको आग्रह
गाजामा निरन्तर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १४, २०८०

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गरका छन् । 

गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भने, “मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैं यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु । 

इजरायलले हमासको आक्रमणमा यूएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।

यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो भने  दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो । इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।

Hardik health

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो ।

गुटेर्रेसले भने, “यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ ।”

“तर यूएनआरडब्लूएमा काम गर्ने दशौं हजार पुरुष र महिलाहरू, धेरै मानवतावादी कामदारहरूको लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,”उनले थपे । 

“तिनीहरूले सेवा गर्ने निराश जनसङ्ख्याको आवश्यकताहरू पूरा गर्नैपर्छ,”उनले भने ।  

युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौ जनालाई बर्खास्त गरिएको, एक जनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेर्रेसले बताएका छन् । 

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्याण्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन् ।

हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको ‘धम्की’को निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई ‘धम्की र ब्ल्याकमेलिङमा नजान’ आग्रह गरेको छ ।

गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्याङ्कमाउल्लेख छ । 

लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदानप्रदान सम्झौता अन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा १०० बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब १३२ जना गाजामा रहेको बताइएको छ । 

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि शुरु भएको इजरायली सैन्य कारबाहीमा कम्तीमा २६ हजार २५७ जनाको मृत्यु भएको छ ।


प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP