Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली र रविकै शैलीमा गगनको ‘संवाद यात्रा’
ओली र रविकै शैलीमा गगनको ‘संवाद यात्रा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ११, २०८०
  •  मंसिर १४ गतेबाट एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा पुस १ गते सकाएको थियो 
  •  रास्वपाले पुस ९ गतेदेखि तीन दिनसम्म नारायणगढ–बुटवल दबाब यात्रामा ११३ किलोमिटर यात्रा तय गरेको थियो
  •   यही शैलीमा कांग्रेस महामन्त्री गगन थापाले माघ १३ गतेबाट ‘मेची–महाकाली संवाद यात्रा’ गर्ने गरी प्रचार थालेका छन्

 
काठमाडौं– सरकार कार्यसम्पादनमा असफल छ । तर न त प्रमुख प्रतिपक्षीको विरोध छ न सत्तापक्षभित्रको असन्तुष्ट पक्षको । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारमा ढुक्कले सरकार हाँकिरहेका छन् ।
दाहाल कहिले निर्देशनको चाङ लगाउँछन् त कहिले प्रतिबद्धता नै बिर्सेर दर्जनौं कार्यक्रम उद्घाटन गर्न पुग्छन् । यही मौकामा विरोध गर्ने कुनै मेलोमेसो नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले झुलाघाट–चिवाभाञ्ज्याङ यात्रामा निस्कियो । 


मंसिर १४ गतेबाट सुरू भएको यात्रा पुस १ गते सकिएको थियो । उक्त यात्रापछि एमालेले सरकारको आलस्यताबारे खासै केही भन्न सकेनन् । बरु पछिल्ला दिनहरुमा एमाले अध्यक्ष ओलीले आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । अघिल्लो बिहीबारमात्र ओलीले सरकार बुख्याचा जस्तो भएको आरोप लगाउँदै कार्याकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए । यद्यपि राष्ट्रिय सभा निर्वाचनका कारण ओलीको बोली सेलाएको छ ।


ठ्याक्कै ओलीलेझैँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि नारायणगढ–बुटवल यात्रा पूरा गरेको छ । यहाँको सडक समयमा बनोस् भनेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले दबाब यात्रा तय गरेका थिए । पुस ९ गतेदेखि तीन दिनसम्म भएको उक्त यात्राका क्रममा रास्वपाले ११३ किलोमिटर यात्रा तय गरेको थियो । सो यात्रापछि रास्वपाले विभिन्न आयोजनामा पनि यसरी नै दबाब यात्रा आयोजना गर्ने जनाएको छ । रास्वपाले पनि सुस्त सरकारको विषयमा खासै विरोध गर्न सकेको छैन । हुन त आफैं चोखिनका लागि हर प्रयास गरिरहेको पार्टीले सरकारको विरोध गर्नु निकै परको कुरा भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

ओली र रविको सिको गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि देश दर्शन गर्ने भएको छन् । ‘मेची–महाकाली संवाद यात्रा’ नाम दिइएको उक्त यात्रामा कांग्रेसबाट गगन एक्लै हिँड्ने तयारीमा छन् । यो यात्रा माघ १३ गते झापाबाट सुरू हुने गगनको सचिवालयले जनाएको छ । ‘जनताका कुरा सुन्ने मेची–महाकाली संवाद यात्रा माघ १३ गते झापा भद्रपुर मेचीपुलबाट सुरू भएर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली हुँदै कञ्चनपुरसम्म पुग्ने छ,’ गगनको सचिवालयले भन्यो ।
कांग्रेसले यसअघि नै तय गरेको समुदायमा कांग्रेस अभियान माघ १२ बाट सुरू हुँदै छ ।

यो अभियान हुँदाहुँदै गगनले भने आफ्नै अभियान सुरू गर्नु अचम्मको विषय भएको कांग्रेसकै नेताहरु बताउँछन् । यसो त कांग्रेसमा प्रतिपक्षी बन्ने लाइनमा छन् गगन । १४औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा भिडेका उनले भागबण्डा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । यही मेसोमा गगनले संवाद यात्राको डिजाइन गरेको बताइएको छ ।

महामन्त्री थापाले भने कांग्रेसकै कार्यक्रमअन्तर्गत आफूले यो संवाद यात्राको थालनी गर्न लागेको बताएका छन् । ‘माघ १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दै छ । त्यही अभियानअन्तर्गत हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको हो,’ थापाले भने । थापाले पनि बेलाबेला सरकारको मन्त्रीहरुको काम राम्रो नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP