Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय सभा निर्वाचन आज
१९ सिटमा ५१ जना चुनावी मैदानमा राष्ट्रिय सभा निर्वाचन आज
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ ११, २०८०

कुन दलबाट को–को उम्मेदवार
नेकपा एमाले
रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, रोचकुमारी चौलागाई, विजेता झा, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा, सम्झना देवकोटा, चक्रबहादुर पराजुली, हेमन्द्र शेरचन, तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री, विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक, सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशी 

नेपाली कांग्रेस
कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, कृष्ण रोकाया, नारायणदत्त भट्ट, बलदेव बोहरा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ र विष्णुदेवी सापकोटा 

माओवादी केन्द्र
चम्पादेवी कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्द

राप्रपा
उद्धव पौडेल, हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी र  विजयलक्ष्मी सिंह 

Hardik health

नेमकिपा
हिमालयश्वर मूल, श्रीकृष्ण महर्जन, संगीता नेपाली र कृष्ण लक्ष्मी दुवाल

नेकपा एकीकृत समाजवादी
घनश्याम रिजाल र सावित्री मल्ल
जसपा
पूजा चौधरी

जनमत
रामशंकर महासेठ र बालगोविन्द चौधरी

तथ्यांकमा निर्वाचन
सिट – १९
उम्मेदवार – ५१
मतदाता – २०४७ जना
मतभार – ५७,५५९
मतदानस्थल – ७
मतदाना केन्द्र– १४
प्रदेश सांसद मतभार– ५३ 
स्थानीय तहका जनप्रतिनिधि मतभार– १९

 
काठमाडौं– राष्ट्रिय सभा निर्वाचन आज हुँदै छ । चुनावी मैदानमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टी छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि राष्ट्रिय सभा चुनावका प्रतिस्पर्धी दलहरु हुन् । चुनावअन्तर्गत मतदान आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा मतदाता प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ जना छन् । चुनावमा प्रदेश सांसदको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । यस आधारमा कूल दुई हजार ४७ मतदाताको मतभार ५७ हजार ५५९ छ । 

मतदानका लागि प्रत्येक प्रदेश राजधानीमा एक÷एक वटा मतदानस्थल छन् । सोही स्थानमा दुई÷दुई वटा मतदान केन्द्र पनि छन् । यसरी देशभरमा सातवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र छन् । 

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम र बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय, ‘एफ’ हेटौंडामा तोकिएको छ ।

गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीलाई मतदानस्थल तोकिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्रको व्यवस्था छ ।
चुनावमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहने छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्थाबमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न निर्देश गरेको छ ।

चुनावमा सबैभन्दा बढी नेकपा एमालेबाट १९ जना उम्मेदवार छन् । सत्तारुढ दल नेपाली कांग्रेसका १० जना उम्मेदवार छन् । सत्ता नेतृत्व दल माओवादी केन्द्रबाट राष्ट्रिय सभा चुनावमा छ जना उम्मेदवार छन् । उनीहरु सबै माओवादीका युद्धकालीन नेताहरु हुन् ।

राप्रपाबाट उद्धव पौडेल, हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ, रोमबहादुर भण्डार र विजयलक्ष्मी सिंह उम्मेदवार छन् । लुम्बिनीका उम्मेदवार निरञ्जन थापाले पनि उम्मेदवारी फिर्ता लिए । 
राप्रपाले अरु उम्मेदवार उठाउन चाहे पनि मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधि एक–एक जनामात्रै हुँदा प्रस्तावक र समर्थक नै पाएन । नेमकिपाबाट राष्ट्रिय सभा चुनावमा चार जना उम्मेदवार छन् । हिमालयश्वर मूल, श्रीकृष्ण महर्जन, संगीता नेपाली र कृष्ण लक्ष्मी दुवाल नेमकिपाका उम्मेदवार हुन् । 

नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्ल, जनता समाजवादी पार्टीबाट पूजा चौधरी र जनमतले नेता रामशंकर महासेठ तथा बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ । यस आधारमा चुनावी मैदानमा ५१ जना उम्मेदवार छन् । 

एमाले र राप्रपाबीच कोशीमा चुनावी गठबन्धन छ । अन्य प्रदेशमा भने छैन । नेपाल मजदुर किसान पार्टी चुनावी चुनाव लड्दै छ । जनमतले मधेस र लुम्बिनी प्रदेशमा एक्लै चुनाव लड्ने भएको छ । बाँकी प्रदेशहरुमा भने सत्तारुढ दलहरु कांग्रेस माओवादी केन्द्र, नेकपा एस, जसपा रहेको गठबन्धनसँग सहकार्य गर्ने भएको छ । 

प्रदेशगत मतदाता
देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा राष्ट्रिय सभा चुनावका लागि ३६७ जना मतदाता छन् । प्रदेश सांसद ९३ जना तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख २७४ छन् । 

जसअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार पाँच हजार २०६ गरी जम्मा १०१३५ मतभार छ । 

मधेस प्रदेशमा ३७४ जना मतदाता छन् । त्यसमध्ये प्रदेश सांसद १०७ जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २६७ जना छन् । प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार पाँच हजार ७३ गरी जम्मा १० हजार ७४४ मतभार रहेको आयोगले जनाएको छ ।

बागमती प्रदेशमा ३४७ जना मतदाता छन् । प्रदेश सांसद ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३७ जना छन् । प्रदेशसभा सदस्यको मतभार पाँच हजार ८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार छ ।

गण्डकी प्रदेशमा २३० जना मतदाता छन् । प्रदेश सांसद ६० जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १७० जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ३ हजार १८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार तीन हजार २३० गरी जम्मा छ हजार ४१० मतभार छ । 

लुम्बिनी प्रदेशमा मतदाता ३०५ जना छन् । प्रदेश सांसद ८७ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१८ जना छन् । यहाँ प्रदेशसभा सदस्यको मतभार चार हजार ६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार चार हजार १४२ गरी जम्मा आठ हजार ७५३ मतभार छ ।

कर्णाली प्रदेशमा १९६ जना मतदाता छन् । प्रदेश सांसद ४० जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १५६ जना छन् । यस आधारमा प्रदेश सदस्यको मतभार दुई हजार १२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार दुई हजार ९६४ गरी जम्मा पाँच हजार ८४ मतभार छ । 

यस्तै, सूदुरपश्चिम प्रदेशमा २२८ जना मतदाता छन् । त्यसमध्ये प्रदेश सांसद ५२ जना तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १७६ जना छन् । प्रदेश सांसदको मतभार दुई हजार ७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार तीन हजार ३४४ गरी जम्मा छ हजार १०० मतभार कायम रहेको आयोगले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP