Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो तयारी
भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ८, २०८०

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ।


भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) पनि राख्ने काम पनि गरिएको जानकारी दिए।

Hardik health

निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बताए।

मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेश द्धारलाई श्रंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वाटर कसरामा सरसफाई र रङ रोगनका कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ।

भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीब्रता दिएको उनको भनाइ छ । निकुञ्ज जीप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ।


यस्तै भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पुरा भएको निकुञ्जले जनाएको छ । 

उद्धार केन्द्रकै कम्पाण्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ। निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उदेश्यले चिडिया घर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो । निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्था वन्यजन्तु नदेखि सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा देख्न पाईयो भन्ने आभाष दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ । 
 
निकुञ्जले टिकटलाई अनलाईन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्रचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाईन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए।


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP