Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल- भारत सीमामा घरटहरा र खेती !
नेपाल- भारत सीमामा घरटहरा र खेती !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, माघ ७, २०८०

ठूला देशले साना देशको सीमामा हस्तक्षेप गर्छ । त्यसका लागि अनधिकृत संरचना बनाउँछ र त्यसकै माध्यमबाट अन्ततः सीमा मिच्ने काम हुन्छ । भारतले नेपालविरुद्ध ठ्याक्कै त्यसै गरिरहेको छ ।
बुद्धिनारायण श्रेष्ठ
सीमाविद्


दशगजामा त घरटहरा केही पनि बनाउन पाउँदैन । जुन अनधिकृत हुन्छ । तर, धेरै ठाउँमा बनाएको पाइयो । त्यस्ता संरचना हटाएका छौं । त्यसक्रममा भारतीय सीमा सुरक्षा बलसँग पनि ठाउँठाउँमा समन्वय भयो ।
राजेन्द्र खड्का
प्रवक्ता, सशस्त्र प्रहरी

 

  •  
  •  
  •  सीमा क्षेत्रमा अनधिकृत बनाइएका ५५६ घरटहरा हटाइयो 
  •  भारतीय पक्षबाट नेपालको १५ जिल्लामा खेतीपाती
  •  चीनतर्फ सात र भारततर्फ २४६ स्थानमा सशस्त्रको सीमा सुरक्षा युनिट

 
काठमाडौं– दुई देशबीचको सीमा क्षेत्र (दश गजा)मा कुनै पनि संरचना निर्माण गर्न पाइँदैन । निर्माण गरिए सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरीत हुन्छ । त्यस्ता संरचना भत्काइने गरिन्छ ।


पछिल्लो एक वर्षमा नेपाल–भारत सीमा क्षेत्रमा बनाइएका ५५६ घरटहरा सशस्त्र प्रहरीले हटाइदिएको छ । सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काका अनुसार देशको विभिन्न जिल्लाका ३८ स्थानमा ती संरचनाहरु निर्माण गरिएका थिए । अनधिकृत रुपमा त्यस्ता संरचना निर्माणमा भारतीय नागरिकमात्रै होइन, भारतीय सुरक्षाकर्मीले अधिक बनाएको पाइएको छ । केही ठाउँमा मात्रै नेपाली पक्षले दशगजा क्षेत्रमा संरचना बनाएको र ती संरचना पनि हटाइएको छ । 

Hardik health


सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीसहितका विभिन्न संयन्त्रबाट भएका अनुगमन र निरीक्षणका क्रममा दशगजा क्षेत्र मिचेर घर, टहरा र केही ठाउँमा स्थायी संरचना बनाएको भेटिएको र त्यस्ता संरचना हटाउने अभियानमा सशस्त्र प्रहरी छ । सीमा क्षेत्रको संरचना हटाउन केही ठाउँमा भारतीय सुरक्षाकर्मीसँग सशस्त्रले समन्वय गरेको थियो । धेरैजसो संरचना भने आफैंले हटाइदिएको प्रवक्ता खड्काले बताए । 


‘दशगजामा त घरटहरा केही पनि बनाउन पाउँदैन । जुन अनधिकृत हुन्छ । तर, धेरै ठाउँमा बनाएको पाइयो,’ उनले प्रभावसँग भने, ‘त्यस्ता संरचना हटाएका हौं । त्यसक्रममा भारतीय सीमा सुरक्षा बलसँग पनि ठाउँठाउँमा समन्वय भयो । धेरैमा हामीले नै हटायौं ।’


सीमा क्षेत्रमा अनधिकृत संरचना निर्माणबाहेक खेतीपातीसमेत गर्दै आएको खुलेको छ । धेरै ठाउँमा भारत र केही ठाउँमा नेपाली पक्षले पनि मिचेर खेतीपाती गर्दै आएका छन् । सशस्त्र प्रहरीका अनुसार १५ सीमा जोडिएको नेपालको १५ जिल्लामा हजारौं हेक्टर जमिनमा खेती गर्दै आएका छन् । २७४ वटा भारतीय ठाउँमा पनि नेपाली पक्षले खेती गर्दै आएको पाइएको छ । एक वर्षयता भने सीमा क्षेत्रमा घरटहरासहितको संरचनामात्रै नभई खेतीपाती गर्नसमेत दिइएको छैन । 
सीमाविद् बुद्धिनारायण श्रेष्ठ खेतीपाती र अवैध संरचना खडा गरेर शक्ति राष्ट्रले सिमाना मिच्ने गरेको बताउँछन् । पछिल्ला समस्या भारतले नेपालविरुद्ध ठ्याक्कै त्यसै गरिरहेको उनले बताएका छन् । श्रेष्ठका अनुसार स्वाभाविक रुपमा ठूला देशले साना देशको सीमामा हस्तक्षेप गर्छ । त्यसका लागि अनधिकृत संरचना बनाउँछ र त्यसकै माध्यमबाट अन्ततः सीमा मिच्ने काम हुन्छ ।
नेपाल–भारतबीच एक हजार ८८० किलोमिटरभन्दा बढी खुला सीमा छ । 

स्तम्भ चिटिक्क 
नेपाल–भारत सीमा क्षेत्रमा रहेका एक हजार ८०० सीमा स्तम्भको मर्मत र रङरोगन गरिएको छ । रङरोगनले स्तम्भ चिटिक्कको देखिन थालेको छ । यहीबेला भारतीय नागरिक र सीमा सुरक्षा बल (एसएसबी)बाट अनधिकृत संरचना बनाउने तयारीमा रहेका १८ ठाउँमा निर्माणमा रोक लागेको छ ।


भारतीय पक्षले नेपाल प्रवेश गरी खेतीपाती गर्दै आएका करिब १३ विघा जमिन पनि खाली गरेको छ । भारतीय पक्षले नेपालको इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, बर्दिया र कञ्चनपुर गरी १५ जिल्लाका नेपाली भूभागमा छिरेर खेतीपाती र भोगचलन गर्दै आएका थिए । 


भारतीय भूभागमा गएर खेतीपाती र भोगचलन कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी, मधेसका आठवटै जिल्ला, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कञ्चनपुरवासीले गर्दै आएको देखिएको छ । 


सोहीबेला १६१ ठाउँमा दशगजा क्षेत्र सरसफाइ गरेको सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए । नेपालको भारतसँग सीमा कायम गर्ने आठ हजार ५५३ वटा पिलर छन् । त्यसमध्ये ठूला पिलरको संख्या ९१६, मझौला दुई हजार ४८१ र साना स्तम्भ पाँच हजार १५६ वटा छन् । त्यसमध्ये दुई हजार २१६ वटा पिलर गायब छन् । 


सीमा सुरक्षाका लागि सशस्त्रले चीनतर्फ सात र भारततर्फ २४६ स्थानमा सीमा सुरक्षा युनिट तैनाथ गरेको छ । त्यसमध्ये डिएसपीको कमाण्डमा ४५ युनिट र बाँकीमा प्रहरी निरीक्षकको नेतृत्वमा बोर्डर आउट पोस्ट (बिओपी) मार्फत सशस्त्रको जनशक्ति तैनाथ छ । २०७७ मा तत्कालीन सरकारले चीन र भारततर्फ सीमा सुरक्षाका लागि बिओपी संख्या ५०० पु¥याउने लक्ष्य राखेको थियो ।

तर, त्यसअनुसार जनशक्ति र स्रोत साधन व्यवस्थापन नहुँदा काम अघि बढेको छैन । बिओपीलाई सीमा सुरक्षाको आधारबिन्दु मान्ने गरिएको छ । कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमिमा भारतको अतिक्रणमा भइरहेपछि सरकारले बिओपी निर्माणलाई अघि बढाएको हो । तर, केही ठाउँमा भने बिओपी निष्प्रभावी छ । 
 


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP