Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा
पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ५, २०८०

गण्डकी- ढुंगले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुंगैढुुगाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको मनलाई लोभ्याउँछ । ।
    
रमणीय परिवेश भएर पनि विडम्बना नै भन्नुपर्छ यहाँका अधिकांश घर खाली छन् । विगतमा मानिसले भरिभराउ हुने गरेका २६/२७ घरमध्ये हाल नौ÷दश घरमा मात्रै मानिसको बसोबास छ ।

तीन दशकअघिसम्म गाउँमा राम्रै चहलपहल थियो । त्यसयता भने एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिएको छ । सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि केही स्थानीयले सक्रियता देखाउँदै २०७६ सालदेखि रिञ्जे नाशा होमस्टे सञ्चालनमा ल्याएका छन् । 

रञ्जित गाउँकारुपमा समेत चर्चित यो गाउँ मानिसविहीन बन्दै गएपछि स्थानीयवासीको पुनरागमन होस् भन्ने उद्देश्यका साथ घरबास सञ्चालन गरिएको रिञ्जेनाशाहोमस्टेका अध्यक्ष शमशेरबहादुर गुरुङले बताए । “सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ”, उनले भने, “धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीयरुपमा यसको प्रवर्द्धन तथा विकासका लागि होमस्टे सञ्चालनमा ल्याएका हौँ ।”
    
पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ । गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन् । 
    
गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुुगिसकेपछि देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमाली दृश्य अवर्णनीय भएको गुरुङले बताए । उनका अनुसार गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट समय लाग्दछ । त्यस्तै नागी डाँडा पुुग्न तीन घण्टा लाग्दछ । यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गरेको उनले बताए । गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य रहेको गुरुङले जानकारी दिए ।  

मनले चिताएको पुुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएको स्थानीय युवा सन्दीप गुुरुङले बताउनुुभयो । उहाँका अनुसार प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने गर्दछ । पछिल्ला समयमा गाउँ खाली भएका जग्गामा स्थानीयले बाहिरै बसेर भए पनि कफीखेती गरिरहेको उनले जानकारी दिए । 

Hardik health

 “बसाइँसराइका कारण सुनसान बनेका बस्तीमा आगामी दिनमा स्थानीयको पुनरागमन हुने आशा छ”, सन्दीपले भने, “बाँझिएका जग्गालाई पनि उत्पादनमूलक बनाउनुुका साथै होमस्टेको विकासमा माध्यमबाट आयआर्जनका विकल्प तयार गर्न सकेमा पूर्ववत् रुपमा गाउँ भरिने विश्वास छ ।”
    
प्राकृतिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय उपयोग हुनसकेमा गाउँमा आयआर्जनसमेत बढाउन सकिने स्थानीयवासी बताउँछन् । नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउने गर्दछ । यहाँ माघेसङ्क्रान्तिमा लाग्ने मेला भर्नका लागि आसपासका स्थानबाट सर्वसाधारण आउने गरेका छन् । 

    मन्दिरको नजिकै रहेको सुन्दर झरना, मौरी भिर, कलकल बग्ने खोलासँगै चराचुुरुंगीको चिरविराहटले जो कोहीलाई लोभ्याउने गरेको छ । मौरी भिरमा म्याग्दीदेखि आएर मह काड्ने गरेको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिए  । उनका अनुसार होमस्टेमा आउने पाहुनाका लागि प्रतिव्यक्ति रू एक हजार दुुई सयको प्याकेज निर्धारण गरिएको छ । उक्त प्याकेजमा बेलुका साँझ पुगेका पाहुनालाई गाउँकै उत्पादन मकै, चियाका साथै स्थानीय रक्सी स्वागतार्थ दिने गरिन्छ । बेलुका र बिहानको खानासँगै बिहानको नास्तासमेत प्याकेजअन्तर्गत पर्ने र त्यसका अतिरिक्त सुविधा लिन चाहेमा थप शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

करिब २५ वर्षअघिसम्म गाउँमा अधिकांश घर भरिएकामा पछि विस्तारै त्यहाँबाट सहरमुखी बन्दै जाँदा २०७४÷७५ सालतिर अधिकांशः खाली भएपछि गाउँमा नै केही गरी स्थानीयलाई पुनरागमन गराउने सोचसँगै २०७५ सालदेखि घरबास कार्यक्रम सुरु गरिएको अध्यक्ष गुरुङले बताए ।

पोखराको पृथ्वीचोकदेखि महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ । त्यहाँबाट करिब दुुई किलोमिटरको दूरीमा रिञ्जेनाशापुुगिन्छ । गाउँमा पुुग्नका लागि सडक पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने भएको पोखरा महानगरपालिका–१६ का वडा सदस्य रामचन्द्र आचार्यले बताए  ।

“प्राकृतिकरुपमा सुन्दर भएर पनि यो गाउँविकासका दृष्टिले दुुर्गम जस्तै बनेको छ”, उनले भने, “यहाँको अत्यावश्यकीय सडक पूर्वाधारलगायत विकासका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घ सरकारको सहयोग अपरिहार्य देखिन्छ ।”
    
यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाले पनि चासो देखाएका छन् । प्रेस क्लब गण्डकीले हालै यहाँको प्रवर्द्धनलाई जोड दिँदै रिञ्जे नाशामा पुुगी दोस्रो वार्षिक साधारणसभासहित आन्तरिक पर्यटन प्रवर्द्धनमा होमस्टे र सञ्चारकर्मीको भूमिका विषय अन्तक्र्रिया सम्पन्न गरेको छ ।
    
पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवर्द्धन गर्दै पर्यटकीय विकासका माध्यमबाट त्यहाँका स्थानीयको आयआर्जनका लागि सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ क्लबले यस्ता गाउँहरू र सञ्चालित घरबासको प्रवद्र्धनमा जोड दिएको प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले बताए।

“सुन्दर गाउँबस्तीविहीन बन्दै जानुु देशका लागि ठूलो चुनौती हो”, उनले भने, “गाउँका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई पर्यटकीयरुपमा उपयोग गर्नका लागि स्थानीयको जागरुकतासँगै प्रवर्द्धनको आवश्यकता पर्दछ ।” 


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP