Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्ता जोगाउन ब्युताउँदै पुरानै ऐन !
सत्ता जोगाउन ब्युताउँदै पुरानै ऐन !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, माघ ५, २०८०

 

दल विभाजनसम्बन्धी ऐन विपक्षी दलमाथि प्रहार गर्ने माध्यम भएको छ । विपक्षीलाई थप कमजोर बनाउने षड्यन्त्रको आधारशीला बनेको छ । जसबाट मात्रै सरकार टिकाउने बदनीयतपूर्ण खेल हुने गरेको छ ।
महेश नेपाल
वरिष्ठ अधिवक्ता

काठमाडौं– सरकारले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई विभाजन गरेको दुई वर्षपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई ब्युँताउने भएको छ । त्यसका लागि सरकारले विधेयक संसदमा पेस गरिने भएको छ । 
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार संसद्मा विधेयक पेस गर्न बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिसकेको छ ।

ब्युँताउने भनिएको ऐनमा राजनीतिक दल विभाजनसम्बन्धी कडा प्रावधान छ । ऐनको दफा ३३ को उपदफा २ मा केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्यहरु जुटाउनुपर्ने अनिवार्य प्रावधान छ । जुटाउन नसके कुनै पनि दलबाट अलग हुने पदाधिकारी वा सांसदहरुको पद गुम्न सक्ने व्यवस्था छ । 

Hardik health

 

दलहरु जति बलिया हुन्छन्, त्यति नै लोकतन्त्र मजबुत हुन्छ । त्यसकै लागि भनेर पहिले संसदीय दल र केन्द्रीय समित दुवैमा ४० प्रतिशत थियो । तर बदनियतपूर्ण तरिकाले दल फुटाउन २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दल जहाँ पु¥याए पनि हुने व्यवस्थासहित अध्यादेश ल्याए । 
शेरबहादुर तामाङ
स्थायी कमिटी सदस्य
नेकपा एमाले

तर, संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने गरिको प्रावधानयुक्त अध्यादेश २ भदौ २०७८ मा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको थियो । यति खुकुलो प्रावधान उल्लिखित अध्यादेश ल्याउनुको तात्कालिक उद्देश्य एमालेबाट माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)बाट महन्थ ठाकुर समूहलाई अलग पार्न सहज हुने आधार खडा गर्नु थियो । अन्ततः दल विभाजनको खुकुलो मानिने यही प्रावधानअनुसार नेपाल र ठाकुर समूह आ–आफ्ना दलबाट बाहिरिए । 

त्यसबेला एमालेका ३० जना सांसद र ५६ जना केन्द्रीय सदस्यसहित नेपालले नयाँ दल दर्ता गरे । जुन दल नेकपा एकीकृत समाजवादी हो । जसपाबाट नेता महन्थ ठाकुर पनि १४ सांसद र १७ जना केन्द्रीय सदस्य लिएर पार्टीबाट अलग भए । हाल ठाकुर नेतृत्वमै लोकतान्त्रिक समाजवादी पार्टी छ । एमाले र जसपा फुटेपछि मात्र तत्कालीन प्रधानमन्त्री देउवाको पक्षमा बहुमत निश्चित भएको थियो । उनी सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।

तर, नेपाल र ठाकुर आ–आफ्ना दलबाट अलग भएर नयाँ दल गठन भएको अवस्थामा ११ असोज २०७८ मा अध्यादेश फिर्ता लिएको थियो । त्यसबेला दल विभाजन हुन सक्ने खतराको विश्लेषण तत्कालीन गठबन्धन दलहरुको थियो । अहिले पनि गठबन्धनका कुनै दल विभाजन त हुने होइन ? गठबन्धन दलका शीर्षस्थ नेताहरु शंकित छन् । यहीबेला सरकारले प्रतिस्थापन विधेयक ल्याएर पुरानै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई ब्युँताउने भएको हो । 

यसप्रति प्रमुख विपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ । एमाले नेता शेरबहादुर तामाङले दल फुटाउन ४० प्रतिशत संसदीय दल र केन्द्रीय समितिमा पु¥याउनुपर्ने व्यवस्था अपरिवर्तनीय राखिए झन् उत्तम हुने बताए । ‘दलहरु लोकतन्त्रमा टुट्नुफुट्न राम्रो मानिँदैन । दलहरु जति बलिया हुन्छन्, त्यति नै लोकतन्त्र मजबुत हुन्छ । त्यसकै लागि भनेर पहिले संसदीय दल र केन्द्रीय समित दुवैमा ४० प्रतिशत थियो तर बदनियतपूर्ण तरिकाले दल फुटाउन २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दल जहाँ पु¥याए पनि हुने व्यवस्थासहित अध्यादेश ल्याए’, उनले प्रभावसँग भने, ‘तर, ४० प्रतिशत संसदीय दल र केन्द्रीय समितिमा आवश्यक हुने व्यवस्था हेरफेर गर्न नसकिने गरिको ल्यायो भने ठीक हुन्छ ।’

३ असोज २०७२ मा जारी संविधानमै राजनीतिक दल विभाजनमा कडाइ हुनेगरिको प्रावधान उल्लेख थियो । सोहीअनुसार संविधान जारी भएको एक वर्षपछि ऐन जारी भएको हो । उक्त ऐनमा टेकेर नयाँ दल खोल्नु सहज थिएन । जतिबेला उपेन्द्र यादव नेतृत्वको दल समाजवादी पार्टीबाट केही सांसदहरु अलग हुन चाहिरहेका थिए । तर, अलग हुन आवश्यक सांसद संख्या र केन्द्रीय समिति सदस्य संख्या पुग्ने अवस्था थिएन । त्यसपछि ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुगेको अवस्थामा दल विभाजन गर्न सकिनेगरिएको अध्यादेश ल्याए । तत्कालीन प्रमुख विपक्षी दल कांग्रेस, सत्तारुढ नै रहेको दल नेकपाको पुष्पकमल दाहाल पक्षसहितले विरोध जनाएका थिए । पछि ओलीले ल्याएको अध्यादेश स्वतः निश्क्रिय भयो । 

ओली र उनी नेतृत्वको सरकारलाई त्यसबेला कांग्रेस सभापति देउवासँगै दाहाललगायत नेताहरुले प्रतिगामी भनेका थिए । दलहरु विभाजन गराएर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको भन्दै विरोध जनाएका थिए । राजनीतिक विश्लेषकहरका अनुसार ओलीले त्यसबेला समाजवादी पार्टी विभाजन गरेर आफ्नो शक्ति थप मजबुत गर्न थाहेका थिए । जुन पूरा भएन । तर, देउवाले पनि आफू प्रधानमन्त्री भएपछि दल विभाजनकै लागि खुकुलो प्रावधानसहितको अध्यादेश जारी गरे । जस आधारमा नेपाल नेतृत्वमा नेकपा एस र ठाकुर नेतृत्वमा लोसपा गठन भएको छ । 

अझसम्म यी दलहरु कतै फुट्दैनन् ? आशंका छ । यहीबीच सरकारले दल विभाजनसम्बन्धी पुरानो व्यवस्थालाई कायम गर्न खोजेको हो । तर, यसलाई संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता महेश नेपाल दलविभाजन सम्बन्धी ऐन सत्तामा रहने दलका लागि विपक्षी दल फुटाउने र सरकार टिकाउने आधार बनेको छ । उनलाई यस्तो पटक्कै मन परेको छैन ।

‘एक तरिकाले भन्ने हो दल विभाजनसम्बन्धी ऐन विपक्षी दलमाथि प्रहार गर्ने माध्यम भएको छ । विपक्षीलाई थप कमजोर बनाउने षड्यन्त्रको आधारशीला बनेको छ’, उनले भने, ‘जसबाट मात्रै सरकार टिकाउने बदनीयतपूर्ण खेल हुने गरेको छ ।’
हाल भने राजनीतिक दल सम्बन्धी कानुनको रिक्तता छ । किनभने अध्यादेश फिर्तापछि त्यसलाई प्रतिस्थापन गरेर पुरानै ऐन जगाउन बाँकी छ । 


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP