Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली किन चिढिए सरकारसँग ?    
ओली किन चिढिए सरकारसँग ?    
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ५, २०८०
  • छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ 
  • अहिलेको सरकारमा भएका दलहरु एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचारी वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो 
  • देश बर्बाद हुन लाग्यो भने कहाँ मिसन २०८४ ? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै प¥यो भने यो गठबन्धन भत्काएर..!

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको बागडोर सम्हालेको वर्ष दिन पुगिसकेको छ । सरकार चौतर्फी रुपमा असफल भएको सत्तारुढ दलभित्रै आरोप लागे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने यो अवधिभर लगभग मौन नै रह्यो । 
बरु प्रधानमन्त्री दाहाल आफैले प्रत्येक मन्त्रीको कार्यसम्पादन प्रतिवेदन खोजिरहेका छन् । आफूले केही गर्न नसकेको भन्दै आत्मसमीक्षा गरिरहेका छन् । प्रधानमन्त्रीले दिएको निर्देशन कतै पालना नभएपछि आफ्नै सचिवालयका १३ सदस्य हटाएर पुनसंरचनाको उदाहरण देखाएका छन् । तर यो बीचमा एमाले न त संसदीय समितिमा कडा रुपमा देखिए, न त सरकारका विभिन्न भ्रष्टाचार काण्डमा । प्रमुख प्रतिपक्षको मौनता बुझिनसक्नु भएको भन्दै आलोचना बढ्न थालेपछि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध आक्रामक सुनिएका छन् ।

ओलीले अहिलेको सरकार तरकारी बारीको बुख्याचा जस्तो भएको तर्क पेश गर्दै निकम्मा भन्न भ्याए । ‘केही गर्ने होइन त्यसले । अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ । त्यसका टाउकामा काग पनि बस्छ । सबै बस्छ,’ ओलीले भने, ‘किनभने, चिनिसके यो बुख्याचा हो । यो खासै केही होइन । यसले केही गर्न सक्दैन भन्ने चिनिसके । त्यसका टाउकामा बस्छ । त्यस्तो बुख्याचा, निकम्मा सरकार छ ।’पार्टी मुख्यालय बल्खुमा आयोजित नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारविरुद्ध धेरैपछि यस्तो प्रहार गरेका हुन् । 


आन्दोलनको तयारीमा रहन निर्देशन
अब सरकारविरुद्ध जतिसुकै बेला आन्दोलन गर्न पर्ने अवस्था रहेकोले कर्याकर्तालाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिए । ‘हामीले आफूलाई आन्दोलनका निम्ति तयार राख्नुपर्छ । पार्टीले जतिबेला सिट्ठी बजाउँछ, खेलाडीहरू छरिएका हुनसक्छन्, सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्छन्, हामी त्यस्तै हो । पार्टीले सिट्ठी बजायो भने आन्दोलनको मैदानमा दौडने गरी, हामीलाई धेरै दिनको तयारी नहुनसक्छ,’ ओलीले भने, ‘छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ ।’

अध्यक्ष ओलीले समानुपातिक मत नहुने हो भने गठबन्धन दलको बिजोग भइसक्ने तर्कसमेत गरे । ‘अहिले एउटा निर्णायक लडाइँ हामी लडिरहेका छौं, उनीहरू आतंकित किन छन् भने एक्लै त कोही लड्न सक्दैन, हामी एक्लै ८० सिट ल्याउँछौं । उनीहरू एक्लै भए भने २०, ३०, ४० सिट पु¥याउने कोही हुँदैन,’ ओलीले भने, ‘समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ, हामीसँग एक्लै लड्ने हो भने । त्यसैअनुसारको मानसिक तयारीमा रहन आग्रह गर्छु ।’

दाहाल सरकारको जात नै देशद्रोही
ओलीले देशको अवस्था अहिलेजस्तो खराब कहिल्यै नरहेको तर्क गरे । ‘देशको अवस्था अहिलेजस्तो खराब कहिले थिएन । नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेकाले आन्दोलनमा उत्रनुपर्ने हुनसक्छ,’ ओलीको निर्देशन थियो । 

ओलीले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई देशद्रोहीको संज्ञासमेत दिए । ‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ । यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर । यी एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचारी वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो ।’

ओलीले यो गठबन्धन भत्काएर भए पनि चुनावमा जानुपर्ने अवस्था आउन सक्नेसमेत बताए । ‘देश बर्बाद हुन लाग्यो भने कहाँ मिसन २०८४ ? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै प¥यो भने यो गठबन्धन भत्काएर..!,’ उनले भने, ‘यी लोभिपापीहरू नभत्कन सक्छन् !’

केमा बुझेन चित्त ?
माओवादीका एक पदाधिकारीका अनुसार पछिल्लोपटक ओली प्रधानमन्त्री दाहालसँग नजिकिएका थिए । कांग्रेसलाई जसरी पनि सरकारबाट हटाउने प्रयास ओलीको थियो । तर प्रधानमन्त्री दाहालले ओलीको सुझावको सुनुवाई गरेका छैनन् । जसले गर्दा पनि ओली दाहाल सरकारसँग चिढिएको हुनसक्ने ती पदाधिकारीको दाबी रह्यो ।

राष्ट्रिय सभामा सिट नपाएपछि ओली गठबन्धनसँग थप रुष्ट भएको बताइएको छ । माघ ११ गते १९ रिक्त पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । फागुन २० गते राष्ट्रिय सभा अध्यक्षसहित एमालेकामात्र १० जना सदस्य बिदा हुँदैछन् । सबै क्षेत्रमा सत्ता गठबन्धनले तालमेल गरेका कारण एमाले राष्ट्रिय सभामा पहिलो दलबाट तेस्रो दलमा खुम्चँदैछ ।  


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे 
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे  मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह सोमबार, साउन ५, २०८२
आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर
आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP