Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै
चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ३, २०८०

सर्लाही– पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् ।

विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन् । हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन् ।

एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरिप्रसाद दाहालले बताए । उनका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकामा मौसम थप प्रतिकूल बनेपछि माघ ४ गतेसम्म बिदा थप गरेको हो । 

जिल्लाका अन्य पालिकाले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका दाहालले जानकारी दिए । उनका अनुसार केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सञ्चालन गर्दा समस्या हुने भएपछि बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी बिदा थप गरिएको हो ।

Hardik health

चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् । एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चलिरहँदा जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामी बढेका नगर अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामविश्वास रायले बताउ । उनले अनुसार चिसोका कारण अपाङ्गता भएका मानिस, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् । 

लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन् । शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन् ।

सुनसरीका विद्यालयमा पनि बिदा  
    
केही दिनदेखि बढेको अत्यधिक चिसोका कारणले सुनसरीका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको देवानगन्ज, इटहरी उपमहानगरपालिकाले आजदेखि माघ ५ गतेसम्मका लागि विद्यालयमा बिदा दिएका इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए । चिसोका कारण बालबालिकाको स्थास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसलाई माध्यनजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । 

इटहरी उपमहानगरले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिनका लागि बिदा दिने  निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई हुनुका साथै विद्यार्थीको स्वास्थ्यमासमेत प्रतिकूल असर भन्दै उपमहानगरले माघ ३, ४ र ५ गते बिदा दिने निर्णय गरेको नगरका शैक्षिक प्रशासन शाखा अधिकृत दोर्ण दाहालले जानकारी दिए । 

देवानगन्ज गाउँपालिका तथा इनरुवा नगरपालिकाले माघ ३, ४ र ५ गतेसम्मका लागि विद्यालयमा बन्द गर्ने निर्णय गरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP