Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान
गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस २१, २०८०

इजरायल– संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन्। 
 
अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह ९हमास०ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उनले बताए

 
उनले भने, “हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।” 

 
“यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकताहरू पूरा गर्न र सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरू पूरा गर्ने समय हो,” उनले भने ।
 
अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दवाव दिने वेला आएको छ । 

युद्धभएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकाहरूसहित करिब २३ हजार मानिस मारिएका छन्, दशौँ हजार व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति यद्धका कारण विस्थापित र प्रभावित भएका छन् ।

Hardik health

तापक्रम घटेसँगै विस्थापित परिवारहरु खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्थाहरू निरन्तर आक्रमणमा परेका छन् ।

आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पतालहरू ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिहरूको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरूल हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भीडभाड हुने आश्रयस्थलहरूमा ढलहरू बग्दै जाँदा सङ्क्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बीच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् । 

मानिसहरूले अहिलेसम्मकै उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ । 

विशेष गरी बच्चाहरूको लागि, विगत १२ हप्ताहरू निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन ।

उनले भने, “युद्धको डरलाग्दो आवाजबाहेक दिनदिनै अरू केही सुनिँदैन”, ग्रिफिथ्सले भने, “त्यहाँका मानिसहरूले आफ्नो अस्तित्वका लागि दिनहुँ खतराहरू देखिरहेका छन् र संसारले हेरिरहेको छ ।”


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP