Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • लयमा फर्कँदै लुम्बिनीको पर्यटन  
लयमा फर्कँदै लुम्बिनीको पर्यटन  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १८, २०८०

लुम्बिनी- कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ ।

कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन् । दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गरेका थिए । 

त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ । भारतीय पर्यटकमात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन पनि पछिल्लो समय बढेको छ ।

Hardik health

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२३ मा दुई लाख ६६ हजार ५१० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार आठ सय ४२ र नोभेम्बर महिनामा २८ हजार आठ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ । यसअघि सन् २०२२ मा दुई लाख ३० हजार आठ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार एक सय १५ र नोभेम्बर महिनामा ३८ हजार छ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ ।

जबकि दुई वर्षअघि सन् २०२१ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या जम्मा ४३ हजार सात सय ३२ र २०२० मा ३७ हजार २०६ जना भारतीय पर्यटक भ्रमणका लागि लुम्बिनी आएका थिए ।

‘यसअघि यति धेरै सङ्ख्यामा भारतीय पर्यटक लुम्बिनीको भ्रमणमा आएका थिएनन्’, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भने, ‘मोदीको भ्रमण लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सहयोगी बन्यो ।’ मोदीको लुम्बिनी भ्रमणबाट लुम्बिनीको भारतभरि प्रचारप्रसारमा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२२ मा जम्मा २३ हजार नौ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो सङ्ख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ ।

कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट सोह्र हजार एक सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।

त्यसपछि थाइल्याण्डबाट १५ हजार सात सय २१, भियतनामबाट १० हजार चार सय १४ र म्यानमारबाट १० हजार तीन सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ । यसबाहेक चीनबाट छ हजार एक सय १३, दक्षिण कोरियाबाट पाँच हजार तीन सय दुई, जर्मनीबाट दुई हजार एक सय ९८, कम्बोडियाबाट दुई हजार एक सय ४९ जनाले भ्रमण गरेका छन् ।

सन् २०२१ मा जम्मा एक हजार एक सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए । यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार नौ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार दुई सय १० पुगेको छ ।

विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् ।

आन्तरिक पर्यटक पनि बढे

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोभिड महामारीका कारण बर्सेनि लाखौंको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटक पनि ठप्पजस्तै रहेको थियो ।

कोभिड महामारी सुरु हुनु पहिले सन् २०१९ मा लुम्बिनी भ्रमणमा ११ लाख ७८ हजार एक सय ४० आन्तरिक पर्यटक आएका थिए । तर कोभिड सुरु भएपछि यो सङ्ख्या घटेर सन् २०२० मा दुई लाख १० हजार ३३ जना पुगेको थियो ।

कोभिडको सङ्क्रमणमा केही सुधार आएपछि भने लुम्बिनी भ्रमणमा आउने स्वदेशीको सङ्ख्यामा केही सुधार आएको देखिन्छ । यसअनुसार सन् २०२१ मा चार लाख ६३ हजार नौ सय ६३ जनाले भ्रमण गरेका थिए ।

यो सङ्ख्या क्रमशस् बढेर सन् २०२२ मा छ लाख ४९ हजार ७८ र सन् २०२३ मा आइपुग्दा लुम्बिनी भ्रमणमा आउने स्वदेशी पर्यटकको सङ्ख्या बढेर छ लाख ५६ हजार दुई सय १८ पुगेको विकास कोषका सूचना शाखाको तथ्याङ्क रहेको छ ।

कोरोनापछिको अवस्थामा आन्तरिक तथा भारतीय पर्यटकसँगै तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्ने क्रममा छ । तर अपेक्षाकृत बढ्न नसकेको विकास कोषको सूचना अधिकृत बस्नेतले बताउँछन् ।

‘पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन’, उनले भने, ‘तर कोरोना समयभन्दा अहिले केही सुधारोन्मुख देखिएको मात्र हो ।’ स्थलमार्गबाट लुम्बिनी आउने पर्यटकका लागि नेपाल–भारत सीमानाका सुनौलीमा नेपालतर्फको आगमनलाई केही व्यवस्थित गराउनुपर्ने उनको सुझाव छ ।

यसका साथै मुख्यराजमार्ग निर्माणाधीन अवस्थामा हुँदा आवागमनमा समस्या मानेर पनि लुम्बिनी आउने पर्यटक अपेक्षाकृत बढ्न नसकेको उहाँको भनाइ छ ।

पर्यटक बढे, बसाइ लम्ब्याउने योजना छैन

पर्यटकको आगमन केही बढे पनि उनीहरुको बसाइ लुम्बिनीमा हुने गरेको छैन । प्रायः सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन । वृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राममा अधिकांश पर्यटक पुग्नै पाउँदैनन् ।

‘भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजान्छन्’, कोषका सूचना अधिकारी बस्नेतले भने, ‘पर्यटकको लुम्बिनीमा मुख्य गन्तव्य मायादेवी मन्दिर जस्तो मात्र भएको छ, अनि कसरी पर्यटकको बसाइ अवधि लम्बिन्छ रु’, लुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुम्बिनीमा पर्यटकको आगमनमा सुधार भए पनि बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले पर्यटन व्यवसाय भने फाइदा लिन नसकेको बताउँछन् ।

यसका साथै बुटवल नारायणगढ सडकको कमजोर अवस्थाका कारण धेरै आन्तरिक पर्यटक आउन नचाहेको अध्यक्ष ज्ञवालीले बताए । लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौँ र पूर्वबाट हो । तर सडकको अवस्थाका कारण एकदमै कम आएको उनी बताउँछन् । यससँगै पर्यटकको लुम्बिनी बसाइ लम्ब्याउनेतिर योजना बनाउनु जरुरी भएको पर्यटन अध्यक्ष ज्ञवाली बताउँछन् ।

‘लुम्बिनी आउने पर्यटकलाई अर्को बुद्धस्थल तिलौराकोट र कपिलवस्तुका अन्य बौद्ध गन्तव्यमा पुर्या।उने कार्यक्रम बनाउनुपर्छ’, उनले भने, ‘रामग्राम, देवदहसम्म पुग्न त्यता पनि आकर्षण गर्ने प्याकेज बनाउनुपर्छ, लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रमको अभाव छ ।’


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP