BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #इयु_चीन
  • #गाथामग_चह्रे
  • #कृषि
  • #सिद्धार्थ बैंक
  • #आईपीओ
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीतिमा उथलपुथल, प्राकृतिक विपत्तिले पीर
सन् २०२३ लाई फर्केर हेर्दा राजनीतिमा उथलपुथल, प्राकृतिक विपत्तिले पीर
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस १६, २०८०
  • सत्ता गठबन्धन भत्किने र कायम हुने क्रम चल्यो
  • एमाले संघदेखि प्रदेशसम्मै सत्ताविहीन
  • संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन
  • नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनकाण्ड, एनसेल, टेरामक्सजस्ता काण्डको छानबिन
  • पोखरामा भएको विमान दुर्घटना ७२ जनाको मृत्यु
  • भूकम्पबाट १५७ जनाको मृत्यु
  • हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु, रुसी सेनामा गएका ६ नेपालीको मृत्यु


काठमाडौं– अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ । आइतबार राति १२ बजेपछि सन् २०२३ को बिदाइ गरिएको हो । नेपाली राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पर्यापर्यटनलगायत क्षेत्रमा सन् २०२३ उथलपुथलपूर्ण वर्ष भयो । प्राकृतिक विपद्ले पनि नेपालीजनलाई सताउनु सतायो । राजनीतिक क्षेत्रलाई हेर्दा गत वर्षको यही समय नेपाली राजनीतिमा नयाँ सत्ता समीकरण बनेको थियो । सत्ता गठबन्धन अदलबदल भएको थियो । बद्लिएको गठबन्धनमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दल थिए ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नछाड्ने अडान लिँदा अन्ततः नयाँ गठबन्धन बनेको हो ।दाहाल सरकारमा नयाँ दल रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए । तर, नागरिकता पुनः प्राप्त गर्दा प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चको आदेशपछि ३२ दिनमै पदमुक्त भए । उनी पदमुक्त भएको २७ जनवरी, २०२३ मा हो । सांसद पनि खारेज भयो । नागरिकताकै कारण उपप्रधान तथा गृहमन्त्री र सांसद पदमुक्त भएको यो नेपाली राजनीतिक इतिहासमा पहिलो हो ।

लामिछाने पदमुक्त भएपछि गठबन्धनमा उचारचढाव भयो । अर्कातिर उपनिर्वाचन भयो । लामिछानेको चितवन–२ सँगै बारा–२ र तनहुँ १ मा उपनिर्वाचन भए । उपनिर्वाचनबाट रवि लामिछाने, स्वर्णिम वाग्ले र उपेन्द्र यादव निर्वाचित भए ।यसपछि राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमालेसमेत रहेको गठबन्धनमा सहमति जुटेन । परिणामतः दुई महिनामै २४ फेब्रुअरी २०२३ मा एमाले र माओवादीको गठबन्धन भत्कियो । कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जसपा, नागरिक उन्मुक्ति र जनमोर्चा नेपाल रहेको गठबन्धन बन्यो । एमाले संघदेखि प्रदेशसम्मकै सत्ताबाट च्युत भयो । ९ मार्च २०२३ देखि एमाले प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो । तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले अन्तिम अवसरलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । 

सोही वर्षको ९ मार्चमा नेपालको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भए । उनले एमाले उपाध्यक्ष सुवासचन्द नेम्बाङलाई पराजित गरे । नेम्बाङ पूर्वसभामुख थिए । उनको यही वर्ष निधन भएको हो । १७ मार्चमा भने रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा विजयी भए ।यसबेलामा नेपाल–भारत र नेपाल–चीन सम्बन्धमा केही खटपट थियो । प्रधानमन्त्री दाहालले दुई छिमेकीसँग अझ प्रगाढ पार्न ३१ मेमा भारत र २२ सेम्टेम्बेरमा चीन भ्रमण गरे । भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सहमति दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भने । तर, नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे भारतसँग औपचारिक वार्ता गरेनन् । 

उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दाहालले राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ली खछियाङसँग उच्चस्तरीय वार्ता गरे । वार्तापछि कोरानाकालमा बन्द भएका उत्तरी नाका खुलाउनेलगायत केही समझदारी भयो ।छिमेकी दुई देशसँगको सम्बन्ध थप सुधार गरेका दाहाललाई गठबन्धन दलहरूबीच विश्वास कायम गर्न र मन्त्रिपरिषद् विस्तार गर्न आठ महिना लाग्यो । उनले १२ पटक मन्त्री थप्ने काम गरे । अर्थात् सरकार मन्त्री हटाउने र नियुक्त गर्नमै दाहालको झण्डै एक वर्ष बित्यो । जबकि उनले तेस्रो प्रधानमन्त्रीत्वकालमा सुशासन कायम गर्ने दृढता व्यक्त गरेका थिए । सोहीअनुसार नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गराए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर सरकारमै बसेकाहरूबाट ठगेको ठूलो काण्ड हो । 

यहाँ पूर्वकार्यवाहक प्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण, एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेलगायत ‘हाइप्रोफाइल’ नेतादेखि कर्मचारीसम्म पक्राउ परे । अझै रायमाझी, पाण्डेलगायत थुनामा छन् । खाण भने धरौटीमा रिहा भएका छन् । यसले दाहाल सरकार प्रशंसित बन्यो । 

दाहाल सरकार प्रशंसित भएको ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गर्दा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रकरणमा मुछिएका १८ जनालाई पक्राउ गरी अनुन्धान अघि बढायो । यो प्रकरणमा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंले १० सेप्टेम्बरमा धरौटीमा छाड्न आदेश दियो । यद्यपि, नीतिगत निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि सिआइबीले अनुसन्धान अघि बढाएन । यसप्रति नागरिक समाजका प्रतिनिधिले विरोध जनाए । 

गत वर्षको ३ जुलाईमा सिंगापुरबाट तस्करी गरेर तस्करहरूले ल्याएको करिब ६० किलो सुन बरामद भयो । राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको हो । ७ डिसेम्बरमा दुबईबाट तस्करी भएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बरामद भयो । नेपालीजनलाई दुखाउने सबैभन्दा ठूलो घटना पनि गत वर्ष नै भयो । २३ जनवरीमा यती एयरलाइन्सको एटिआर विमान पोखरामा दुर्घटना हुँदा नेपाली र विदेशी नागरिक गरी ७२ जनाको ज्यान गयो । पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ र संखुवासभामा गएको बाढीसहितको पहिरोले ३५ जनाभन्दा बढीको मृत्यु भयो । बैतडीको नौगाड नगरपालिका–१ मा गएको पहिरोले पनि १० जनाभन्दा बढीको ज्यान गयो ।

अक्टोबर महिना पनि नेपालीका लागि निकै दुःखद् रह्यो । हमास लडाकुको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गयो । सरकारले घाइते र देश फर्किन चाहने नेपालीको उद्धार ग¥यो । सैन्य सम्झौता नभएको रुस र युक्रेनमा पनि नेपाली युवाहरूको लर्को लाग्यो । रुसी सेनामा आबद्ध छ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् । घाइतेहरू थुप्रै छैन । केही युक्रेनी सेनाको नियन्त्रणमा रहेको विवरण परराष्ट्र मन्त्रालयसँग छ । सरकारले भने रुसी र युक्रेनी सेनामा भर्ती नहुन नेपालीहरूलाई आग्रह गरेको छ । भर्ती नलिन दुवै देशलाई सरकारले अनुरोध गरेको छ । 

यसबाहेक नेपालीजनका लागि गत वर्ष प्राकृतिक प्रकोप पनि निकै घातक बन्यो । ३ नोभेम्बरमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा १५७ जनाको ज्यान गयो, १९७ जना घाइते भए । भूकम्पले पाँच जिल्लामा गरी १६ हजार ८०० घर पूर्ण र ४३ हजार ९०० घरमा आंशिक क्षति पु¥यायो । डिसेम्बर २७ मा भने प्रहरीले ललितपुरको बालकुमारीमा भएको दंगामा प्रहरीको गोली लागेर २१ र २३ वर्षका दुई युवकको मृत्यु भयो । दक्षिण कोरियामा शिप बिल्डिङको परीक्षाका लागि आवेदन भर्न पाउँ भन्ने उनीहरूको माग थियो । तर, उनीहरूलाई प्रहरीले गोली र लाठी बर्साए ।

अन्ततः दुवै जनाको ज्यान गयो । ज्यान जानेहरू अछाम चौरपाटी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउत हुन् ।र, प्रविधि क्षेत्रमा दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्रकरणदेखि टेरामक्सजस्ता ठूला भ्रष्टाचार प्रकरण पनि बाहिरिएको छ । दुवै प्रकरण छानबिनको क्रममा छन् ।
 


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:५०
#२०२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’
प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’ बिहीबार, साउन ८, २०८२
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने बिहीबार, साउन ८, २०८२
‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार बिहीबार, साउन ८, २०८२
ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता बिहीबार, साउन ८, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक बिहीबार, साउन ८, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक बिहीबार, साउन ८, २०८२
बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP