Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय उत्पादन नै महोत्सवको आकर्षण
स्थानीय उत्पादन नै महोत्सवको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १३, २०८०

गलकोट - पछिल्ला समय मेला र महोत्सव आयातीत उत्पादन बिक्रीवितरणमा प्रेरित भइरहेका सन्दर्भमा बुधबारदेखि बागलुङमा सुरु भएको बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवको मुख्य मञ्चतर्फ ‘मेड इन बागलुङ’ नाम दिएर स्टलमा स्थानीय उत्पादनअन्तर्गत अल्लोका कपडा, नेपाली कागज, भाँगो, गुन्द्रक र सिस्नोको धुलोलगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । 

कृषि ज्ञानकेन्द्रको व्यवस्थापनमा स्थानीय उत्पादन र कृषिउपजको प्रदर्शनी समेतको व्यवस्था मिलाएको छ । उत्कृष्ट कृषिउपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टल राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका–३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताए  ।

उनका अनुसार स्टलमा मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी र भाँगो बिक्रीका लागि राखिएका छन् । “नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्राण्ड बनाएर बिक्रीका लागि महोत्सवमा आएका छौँ । बिक्रीभन्दा हेर्नेको भीड छ । कम्तीमा प्रचारप्रसार होस् भन्ने हाम्रो चाहना छ”, छन्त्यालले भने, “महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएकामा धन्यवाद दिन चाहान्छौँ ।” मेलामा आउने धेरैले सिस्नोको पाउडर र बाँकोको गुन्द्रक लिने गरेका उहनले बताए  ।

Hardik health

अध्यक्ष छन्त्यालका अनुसार सहकारीमार्फत स्थानीय उत्पादनको बजारीकरण गर्दा दमेकका महिलालाई आयआर्जनमा सहयोग पुग्नेछ । महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टमुर लगायतका वस्तुलाई स्टलमा राखिएको छ । 

गाउँपालिकाको ताराखोला उद्यम विकासअन्तर्गत स्थानीयस्तरमा उत्पादन भएका अग्र्यानिक वस्तुको बजारीकरण गर्न बागलुङ बजार आएको उद्यम विकास सहजकर्ता निरु घर्तीले बताए । उनका अनुसार ताराखोलामा पाइने स्लेट ढुङ्गाको समेत प्रदर्शनीमा राखिएको छ ।

“कतिपयलाई यहाँको स्थानीय उत्पादनका बारेमा जानकारी नभएर बजार नपाएको हुनसक्छ । महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार मुख्य कुरा हो । यसले प्रदर्शनीमा राखिएका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नेछ । आगामी नौ दिनमा स्थानीय उत्पादनको बिक्री राम्रो हुनेछ भन्नेमा आशावादी छौँ”, घर्तीले भने, “मुख्य स्टल नै स्थानीय उत्पादनका भएकाले धेरैले चासो दिएर खरिद गर्ने र जानकारी लिने गर्नुभएको छ ।” 

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्त्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए ।

महोत्सवमा एक सय २० भन्दा बढी स्टल छन् । महोत्सव अवधिभर रू १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ भने करिब सात लाख दर्शक भित्रिने अपेक्षा गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP