Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘पोखरा सडक महोत्सव’ खाना, संस्कृति र उत्पादनको संगम
‘पोखरा सडक महोत्सव’ खाना, संस्कृति र उत्पादनको संगम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १३, २०८०

अन्नपूर्ण - रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । 

विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुन् । नेतृत्व सम्हालेपछि उनले केही नयाँ काम गर्ने सोच बनाइरहेका थिए । स्थापनाकालको उपाध्यक्ष गणेशबहादुर भट्टराई थिए। 

पचासको दशकतिर उहाँहरुले भारतको गोवा भ्रमणका समयमा सडकमै ‘फेस्ट’ मनाएको देख्नुभएको थियो । त्यही देखासिकी गर्दै रेवान पोखराले सन् १९९८ को अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरी लेकसाइड क्षेत्रमा पोखरा सडक महोत्सव आयोजना गर्‍यो । सो समयमा महोत्सवको संयोजक बन्नुभयो, तत्कालीन उपाध्यक्ष  भट्टराई । 

त्यो बेला पोखरा लेकसाइड क्षेत्रमा विदेशी पर्यटकहरुको लर्को देखिन लागिसकेको थियो । सोही कारण पनि विदेशी पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको तत्कालीन संयोजक गुरुङले बताए । उनले भने, “त्यो बेला हामीले पोखरा आउने पर्यटकहरुलाई लक्षित गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउँदै खाना, संस्कृति र उत्पादन जोगाउनका लागि महोत्सव गरिएको थियो ।” 

Hardik health

नेपालमा भएका विभिन्न जातजातिबीच सामाजिक सद्भाव कायम गर्दै संस्कृति साटासाट गर्न पनि मेलाले सहयोग गरेको उनले बताउनुभयो । “नेपालीमा भएको जातजातिबीच सामाजिक सद्भाव र संस्कृति साटासाट गर्न साथै उनीहरुले उत्पादन गरेका वस्तुहरु बजारीकरण गर्न महोत्सव गरिएको हो”, संस्थापक अध्यक्ष गुरुङले भने, “उहाँहरुको खाना पनि सडकमा देखाउने अकोे उद्देश्य हो । खाना, संस्कृति र उत्पादनको त्रिकोणात्मक सम्बन्ध पनि महोत्सवमा देखिन्छ ।”

संस्थापक अध्यक्ष  गुरुङले २५ वर्षअघि आफूहरुले सुरु गरेको सडक महोत्सव अहिलेसम्म निरन्तर चलिरहेकाले खुशी व्यक्त गर्नुभयो । आगामी दिन अझै परिस्कृत रुपमा अघि बढाउन उनको सुझाव थियो । 

रजत जयन्तीसहितको २५औँ पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे  । महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ । 

कार्यक्रममा प्रमुख  आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषण गर्ने क्रममा रहेको बताए । यसका लागि अध्ययन गर्न उच्चस्तरीय समिति बनाएर अघि बढेकाले एक महिनाभित्र पोखरालाई पर्यटनको राजधानी घोषण गर्ने उनको दाबी छ । 

पोखरा सडक महोत्सवले पोखरालाई थप पहिचान दिएको बताए । विदेशी पर्यटकहरुलाई नेपाली खाना चिनाउनका लागि महोत्सव सफल हुने उनले विश्वास व्यक्त गरे । महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, वेशभूषा झल्किने झाँकीसहित लेकसाइड हल्लनचोकदेखि कोमागाने पार्कसम्म र्‍याली निकालिएको थियो । र्‍याली तीन किलोमिटर दूरी पार गर्दै उद्घाटन समारोहमा परिणत भएको थियो । 

पच्चिसौँ सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्त, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’, विम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

महोत्सवमा मुख्य आकर्षकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शनी रहेको रेवानका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए। दोहोरी गीत प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता पनि मेलाको आकर्षण रहेका छन् ।  

पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक शो कार्यक्रम, स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको संयोजक विश्वराज पौडेलले बताए। करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहेका छन् । 

- रासस


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP