कपिलवस्तु- कपिलवस्तुमा पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सव हुने भएकाे छ । बुधबार यहि पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको महोत्सव प्रांग्रणमा भएको पत्रकार सम्मेलनमा आयाेजकले बताएकाे हाे ।
महोत्सवलाई भब्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था चन्द्रोटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समिति संयोजक इश्वरी प्रसाद पाण्डेले बताएका छन् उनकाअनुसार बुधबारसम्म करिब ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । याे महाेत्सव पुस १३ देखि सुरु भई २४ गतेसम्म हुने जनाइएकाे छ। महोत्सवमा हरेक दिन १/१ राष्ट्रिय कलाकारलाई बोलाउने र स्थानिय कलाकारहरुलाई विशेष प्राथमिकता दिने संयोजक पाण्डेले बताए । उक्त महोत्सवकाे उद्घाटन गर्न लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राण) ले गर्ने बताइएकाे छ ।
“विकासको पुर्वाधार, आन्तरिक उत्पादन र उद्योग व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अहिले करिब १ लाख दर्शकहरुको उपस्थिती गराई करिब ५ करोडको आर्थिक कारेवार हुने लक्ष्य रहेको संयोजक पाण्डेले बताए । उनका अनुसार महोत्सव प्रवेश शुल्क विद्यार्थीहरुको लागि ५० र अन्य सर्वसाधारणहरुको लागि ८० रुपैँया कायम गरिएको छ । त्यस बाहेक क र ख वर्गका फरक क्षमता भएका र ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई प्रवेश शुल्क नलाग्ने पनि उनले बताए ।
महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सव स्थलनमा राखिने जनाइएको छ । स्थानिय उत्पादनलाई प्राथमिकता दिँदै कृषि प्रदर्शनीका स्टलहरुलाई निशुल्क गरिने पनि उनले बताए ।
महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलि मियाको प्रमुख आतिथ्यतामा सुरु भएको हो । कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य , अकोराब लुम्बिनि प्रदेस अध्यक्ष राजु खराल लगायतले मेला सफल बनाउन संचार क्षेत्रको उल्लेखनीय भुमिका रहने प्रतिबद्वता व्यक्त गरेका छन् ।