Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
  • #गाथामग_चह्रे
  • #कृषि
Search Here
समाचार
  • Home
  • समाचार
  • हात्ती लघार्न दलबल जङ्गलमा
हात्ती लघार्न दलबल जङ्गलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ११, २०८०

महोत्तरी– चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन् । रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो ।

 अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले सुरु गरेका हुन् ।

 रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ । चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा हात्तीको आतङ्क बढेपछि धपाउन खोज अभियान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

 
“जङ्गली हात्तीले लगातार उपद्रो मच्चाएको गुनासो बस्तीबस्तीबाट बढेपछि धपाउन खोजी थालिएको हो”, प्रनाउ यादव भन्छन् । यसपालि गएको दसैँयता बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीमा हात्तीको आतङ्क बढेको हो । बर्दिबास–१, २, ३, ४, ५, ८, १० र ११ मा यसपालि हात्तीले नोक्सान गरेको छ । यी वडाका बस्ती वनक्षेत्रसँग जोडिएका बस्ती हुन् ।

 
हात्ती दिउँसोभरि मानव चहलपहल कम हुने सघन झाडीमा लुक्ने र धेरैजसो मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । जङ्गली हात्तीले बर्दिबास–१, २ र ८ मा बालीनाली नोक्सान गर्ने गरेको छ । बर्दिबास–३, ४, ५, १० र ११ सहितका चुरे फेदका बस्तीमा भने काठेघर र गोठ लडाउने, घरआँगनका भकारी भत्काउनेसम्मका आतङ्क स्थानीयले भोग्दै आएका छन् ।

बर्सेनिजसो हिउँद लाग्न थालेपछि हात्ती बस्ती पस्दै आएका छन् । विगत वर्षहरुमा तीन–चारको सङ्ख्या देखिएका भए पनि यसपालि भने एक जोडा देखिएका बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामाले बताए । यसपालि बस्ती पस्न पल्केका जोडा हात्तीले दसैँयता बर्दिबास–२ र ८ मा करिब २० बिघा क्षेत्रफलका धान, उखु र तरकारीसहितका बाली नोक्सान गरेका लामाको भनाइ छ ।

हात्तीको आतङ्क बढेपछि यसलाई नियन्त्रण गर्न खोज गरी धपाउने उद्देश्यले अभियान थालिएको बर्दिबास नगरप्रमुख क्षत्री बताउँछन् । नगरक्षेत्रका वनसँग जोडिएका बस्तीमा सर्वसाधारण हात्तीको त्रासले राम्ररी सुत्न नपाएका बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाको गुनासो छ ।  

करिब एक दशकयता हात्ती, नीलगाई र बँदेल बस्ती पस्ने क्रम बढेको हो । हात्ती वनसँग जोडिएका बस्तीबाट तल नझरे पनि नीलगाई र बँदेलको आतङ्क भने भारतीय सीमाक्षेत्रका बस्तीसम्मै बढेको छ ।  “वनक्षेत्रमा बाक्लो मान्छेको चहलपहल, पातलिँदो वन तथा पानी एवं चरीचरनको बढ्दो अभावले यी तल झर्दैछन्”, डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झा भन्छन्( “पछिल्ला वर्षहरुमा वनक्षेत्र चिर्दै बनाइएका विकास संरचना (विद्युत् लाइन विस्तार, रेल्वे ट्र्याक, सडक आदि) वन्यजन्तु मैत्री भएनन्, यसले वन्यजन्तुको नियमित आहारव्यवहार खलबलिएर यी बस्ती पस्ने क्रम बढेको हो ।” वनभित्र बासस्थान उजाडिँदै जानु र सहज आवागमनमा समेत अवरोध भएपछि वन्यजन्तु बस्ती पस्ने गरेका झाको निष्कर्ष छ ।

मान्छे र वन्यजन्तुबीच पछिल्ला वर्षहरुमा बढेको द्वन्द्व वन्यजन्तु मैत्री विकास पूर्वाधार निर्माण नगर्दा भएको झा बताउँछन् । अब वनभित्र काम गर्दा वनयजन्तुको पक्षलाई ध्यान दिएर गरिनुपर्ने र ठाउँठाउँमा वनभित्र पानी पोखरी निर्माण तथा संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता सोमबार, साउन १२, २०८२
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण सोमबार, साउन १२, २०८२
मूल सडकमा गाडी गुडाउनै कठिन
मूल सडकमा गाडी गुडाउनै कठिन सोमबार, साउन १२, २०८२
‘वाइडबडी’ किन्दा भएको भ्रष्टाचारको छानबिनमा अख्तियार प्रमुख राईमाथि प्रश्नैप्रश्न
‘वाइडबडी’ किन्दा भएको भ्रष्टाचारको छानबिनमा अख्तियार प्रमुख राईमाथि प्रश्नैप्रश्न सोमबार, साउन १२, २०८२
द ब्ल्यू लाइट’को पहिलो झलक र पोस्टरसँगै रिलिज मिति घोषणा
द ब्ल्यू लाइट’को पहिलो झलक र पोस्टरसँगै रिलिज मिति घोषणा आइतबार, साउन ११, २०८२
मधेस प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा आइतबार, साउन ११, २०८२
हुम्ला–मुगु लिंक रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान
हुम्ला–मुगु लिंक रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान आइतबार, साउन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP