Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • चिसो छल्न बेँसी झर्दै भेडाका बथान
चिसो छल्न बेँसी झर्दै भेडाका बथान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १०, २०८०

लमजुङ– चिसो बढ्न थालेसँगै चैतरवैशाखको गर्मीमा लेक पुगेका दर्जनाँै भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन् । गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन् ।

जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेको भन्दै ती भेडीगोठका भेडा लेकबाट बेँसी आइपुगेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए । उनका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । 

ती भेडीगोठका बथान यतिबेला बेँसीका खेत तथा गर्हरामा रहेका छन् । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको स्थानीय दीर्घराज घलेले बताए । उनले घलेगाउँमा दुई भेडीगोठ रहेको जनाउँदै दुईवटै गाउँमा आइपुगेका जानकारी दिए । उनका अनुसार दुई भेडीगोठमा एक हजार बढी भेडाबाख्राका बथान रहेका छन् ।  

हिमालको काखमै रहेको ठूले लेकमा पुगेर फर्किएको र अब गर्मीयाम सुरु भएपछि मात्र उक्त स्थानतर्फ पुनः भेडीगोठ लैजाने भेडीगोठाला कमल अधिकारीले बताए। बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने उनको भनाइ थियो ।

त्यस्तै कास्कीको सिमानाडाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे हुँदै भेडीगोठ पस गाउँमै आइपुगेको छ । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी हुँदै गाउँसम्मै आइपुगको बताइएको छ ।  विषेश गरी गुरुङ समुदायको पूर्खौँली चलन तथा पेसाका रुपमा भेडीगोठलाई लिइन्छ ।

भेडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गर्दछन् । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेडी गोठालाको भनाइ थियो । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमानाडाँडा तिङ्जेमा पुग्ने गर्दछन् । 

उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेका छन् । बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गर्दछ भने, भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत सामग्री बनाउने गरिन्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रू तीन सय मूल्य पर्ने गर्दछ । 

वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने केन्द्रका प्रमुख डा न्यौपानेले जानकारी दिए । उनका अनुसार मासु बिक्रीबाट रू आठ करोड आम्दानी हुने गरेको छ । वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रू ६० करोड आम्दानी हुँदै आएको उनले जानकारी दिए ।  

जिल्लामा यतिका सङ्ख्यामा आम्दानी हुँदै आए तापनि पछिल्लो पुस्ताको बेवास्ता हुँदा परम्परागत रुपमा रहेको भेडीगोठ नै लोपहुने अवस्थामा पुग्न थालेको छ । जिल्लामा रहेको अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP