Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लाचार बन्दै संसदीय समिति
लाचार बन्दै संसदीय समिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको संक्रमणकालीन न्यायसम्बन्धी छलफलमा सहभागी नेताहरु । तस्बिरः रासस
  • एमाले अध्यक्ष केपी शर्मा ओली तत्काल टिआरसी विधेयक पारित गर्ने पक्षमा देखिँदैनन् 
  • संसदीय समितिले पनि आफ्नो काम आफैं गर्न नसकेर टिआरसी विधेयकमा पटक–पटक शीर्ष नेताको सहमति खोजेको छ  
  • उसो त यो विधेयकमा जस लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच प्रतिस्पर्धा नै रहेको नेताहरु बताउँछन् 


काठमाडौं– प्रतिनिधिसभाको संसदीय समिति अधिकारसम्पन्न निकाय हो । यही समिति कानुनको प्रशोधनशाला हो भने सार्वजनिक महŒवका विषयमा सरकार प्रमुखदेखि प्रधानन्यायाधीशसम्मलाई बोलाएर ¥याख¥याख्ती पार्ने र जवाफदेही बनाउने गरिन्छ ।


तर संसद्का कानुन, न्याय तथा मानवअधिकार समितिको निष्कर्ष हेर्दा यो संसदीय समिति राजनीतिक शक्तिको सामु लाचार बनेको छ । संसदीय समितिमा संक्रमणकालीन न्याय (टिआरसी) विधेयक टुंगोमा पु¥याउन संसद्ले छलफलमा पठाएको थियो । तर उक्त संसदीय समितिले आफ्नो काम आफैं गर्न नसकेर टिआरसी विधेयकमा पटक–पटक शीर्ष नेताको सहमति खोजेको छ ।


टिआरसी विधेयकबारे अन्तिम निष्कर्ष बुझाउन समितिले उपसमिति गठन गरेको थियो । पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधानको नेतृत्वमा बनेको उपसमितिले असोज २३ गते चारवटा विषयमा शीर्ष नेताको सहमति चाहिने भन्दै प्रतिवेदन बुझाएको थियो । त्यही उपसमितिको प्रतिवेदनलाई शुक्रबार समितिले अनुमोदन गर्दै आफ्नो असक्षमता देखाएको हो ।
समितिमा एमाले सांसदसमेत रहेकी विमला सुवेदी सभापति छिन् । एमाले अध्यक्ष केपी शर्मा ओली तत्काल टिआरसी विधेयक पारित गर्ने पक्षमा देखिँदैनन् । उसो त शान्ति प्रक्रिया नै टुंगोमा पु¥याउने यो विधेयक आफ्नो नेतृत्वमामात्र पास गर्ने प्रतिस्पर्धामा तीन शीर्ष नेता देखिन्छन् । जस लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच प्रतिस्पर्धा नै रहेको नेताहरु बताउँछन् । 


तर शुक्रबारको बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले नटुंगिएको विषय टुंग्याउन समिति सभापतिले आवश्यक पहल लिनुपर्ने धारणा राखे । यता एमाले सचेतक महेश बर्तौलाले पनि विधेयकका विषयवस्तु राजनीतिक प्रकृतिको हुँदा छलफल खुला राख्नुपर्ने धारणा राखे । 


माओवादी सांसद पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिकै बाटोबाट हल गर्नुपर्ने बताए । संसदीय समितिका सदस्यहरुको भनाइबाट के प्रस्टिन्छ भने आफूले पाएको अधिकार सदुपयोग गर्न उनीहरु सक्षम छैनन् । कानुनमन्त्री धनराज गुरुङले टिआरसीमा सहमति खोज्न शीर्ष तहमा पटक–पटक छलफल भए पनि निष्कर्षमा नपुगेको बताए । ‘शीर्ष तहमा पटक–पटक गम्भीर छलफल भएको छ । तर, फेरि छलफल गर्ने सहमतिबाहेक यो विषय टुंगोमा पुगेको छैन,’ गुरुङले भने ।
बैठकपछि समिति सभापति सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा शीर्ष राजनीतिक तहबाट सहमति जुटाएर टुंगोमा पु¥याउन प्रयास गरिने बताइन् । 


आइतबारमात्र तीन शीर्ष नेताबीच बालुवाटारमा यस विषयमा छलफल भएको थियो । सोमबार संविधानविद्हरुलाईसमेत बोलाएर दाहालले शीर्ष नेतासँग यस विषयमा छलफल गरेका छन् । 

आगामी अधिवेशनमा प्रमुख एजेण्डा बनाउने
तीन दलका शीर्ष नेताहरु टिआरसी विधेयकलाई संसद्को आगामी अधिवेशनको पहिलो एजेण्डा बनाउन सहमत भएको बुझिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । विधेयकका अधिकांंश विषयमा सहमति जुटाएको उपसमितिले चार विषयमा तीन दलको शीर्ष तहमा सहमति खोजेको थियो ।


सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा चारवटै विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।


आइतबार प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । तीन नेताले विधेयकबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकसँग ‘ब्रिफिङ’ लिएका थिए ।


आइतबार भएको सहमतिअनुसार सोमबारको छलफलमा तीन दलबाट अरु नेता पनि सहभागी भएका थिए । कांग्रेसबाट उपसभापतिद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री धनराज गुरुङका साथै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी भएका थिए ।


एमालेबाट सचेतक महेश बर्तौला र पूर्वकानुनमन्त्री अग्नि खरेल र माओवादी केन्द्रबाट उपसमहासचिव वर्षमान पुन र खिमलाल देवकोटा सहभागी भएका थिए ।


शीर्ष नेताबीच आगामी संसद्मा टिआरसीलाई प्रमुख एजेण्डा बनाउने सहमति भए पनि अधिवेशन कहिले बोलाउने कुनै टुंगो छैन । संसद् र संसदीय समितिको लाचारीपनका कारण अहिले सरकार लगभग कामविहीन अवस्थामा रहेको छ ।


संसदीय समितिले शीर्ष सहमति खोजेको विषय

  •  मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको– स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने ।
  • सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने
  • मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?
  • घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने ।



 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP