Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • बजेट अभावमा सडक निर्माण अलपत्र
बजेट अभावमा सडक निर्माण अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ८, २०८०

जाजरकोट– अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो । 

जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ । अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ । 

कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएकोे छ । 

सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् । मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ । वर्षायाममा सबै सडक भत्किँने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बताए । पश्चिम जाजरकोटको महत्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ । लामो समयदेखि धुलाम्ये सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गरे । उनले भने, “हामीले पटकपटक बजेट माग गरेका छौँ तर सुनुवाइ भएको छैन । पश्चिम जाजरकोटलाई राज्यले नहेरेको अवस्था छ ।”  

छेडा–चाँदे हुँदै जुम्ला सडकखण्डभित्र रहेको यो सडकमा शिवालय गाउँपालिका–१ देखि नै कालोपत्र नहुँदा कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हिउँद याममा ठिकै भए पनि वर्षायाममा यो सडकमा हिँड्न मुस्किल हुने गरेको उनको भनाइ छ । पूरै कच्चीे यो सडकमा मुस्किलले एकतर्फी यातायाताका साधन सञ्चालन भइरहेका छन् । दोहोरो यातायातका साधन बाटो क्रस गर्न फराकिलो भएको ठाउँ खोज्दै समय बित्ने गरेको छ । यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ । 
 
ठाउँठाउँमा पुल निर्माण गर्नुुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उनले जानकारी दिए। पश्चिम जाजरकोटका शिवालय, छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिकाको आधा भाग हुँदै जुम्ला जोड्ने महत्वपूर्ण सडक भए पनि राज्यको नजरमा नपरेको महताराको गुनासो थियो । पश्चिम जाजरकोटका जनप्रतिनिधिदेखि सर्वसाधाणले धेरैपटक सडकमा कालोपत्र गराउन माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको उउनले बताए ।

पश्चिम जाजरकोटमा सडकको दूरावस्थाले निर्माण सामग्री ल्याउन र बिरामी हुँदा अस्पताल लैजानसमेत समस्या हुँदै आएको छ । सडकको स्तरोन्नति नहुँदा मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र लुम्बिनी रारा सडकसँग यो सडक जोडिएको छैन ।


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ सोमबार, साउन १२, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP