Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • घरेलु मदिराको ‘ब्राण्डिङ’, कुरा हुन्छ, पूरा हुँदैन
घरेलु मदिराको ‘ब्राण्डिङ’, कुरा हुन्छ, पूरा हुँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ८, २०८०

काठमाडौं– मुलुकको आदिवासी समुदायले सांस्कृतिक कार्यमा पवित्र जलको रूपमा प्रयोग गर्ने घरेलु मदिराको ‘ब्राण्डिङ’ गर्नेसम्बन्धी बहस वर्षौंदेखि चलिरहेको छ । बहस थालनी गर्ने कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राई हुन् ।

उनले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरे विदेशी मुद्रा आर्जन गर्न सकिने बताएकी थिइन् । तर, तत्कालीन प्रदेश संसद्बाट ब्राण्डिङबारे आवश्यक कानुन नै बनाउन सकिनन् । त्यससँगै उनको घरेलु मदिरा ब्राण्डिङको बहस र अभियान भाषणमै सीमित भयो । उनै पूर्वमन्त्री राईले जसरी बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने बताए ।

ब्राण्डिङका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत उल्लेख गरे । ‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन,’ नेपाल मगर संघले शनिबार दाङको देउखुरीमा गरेको बृहत् मगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘कोदो, मैवा, अनादीलगायतको रक्सीलाई ब्राण्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।’

थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन । कोदो, मैवा, अनादीलगायतको रक्सीलाई ब्राण्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।

डिल्ली चौधरी
मुख्यमन्त्री, लुम्बिनी प्रदेश


मुख्यमन्त्री चौधरीले रूपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै घरेलु मदिरा उत्पादन र ब्राण्डिङ गर्ने सरकारको योजना रहेको बताए ।तर, मदिरा ऐन २०३१ र ५ माघ २०७६ मा सर्वोच्च अदालतबाट भएको फैसलाले भने ब्राण्डिङ गरेर बेचविखन गर्न बन्देज लगाएको छ । पूर्वप्रधानन्यायाधीश (तत्कालीन न्यायाधीश) हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एक वर्षमा छ महिनामात्र घरेलु मदिरा उत्पादन गर्नुपर्ने, एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न पाइने उल्लेख छ ।

सर्वोच्चले चाडबाड, रीतिरिवाज र संस्कृतिका लागिमात्रै यस्तो प्रबन्ध गरेको हो ।सर्वोच्चको यो फैसलाले घरेलु मदिरा उत्पादन गर्ने वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउने व्यवस्था निश्चित गरेको छ । त्यसभन्दा बढी उत्पादन गरे उत्पादकलाई कारबाही हुने प्रावधान छ । सर्वोच्चको पछिल्लो फैसला घरेलु मदिराको ब्राण्डिङमा बाधक बन्ने देखिएको छ ।मदिरा ऐन २०३१ को दफा १३ ले घरेलु मदिराको उत्पादन, बिक्री वितरण र निकासी गर्न प्रतिबन्ध लगाएको छ ।

त्यही प्रतिबन्धित व्यवस्था उल्लंघन गरेको भए अन्तशुल्क अधिकृतले जफत गर्ने स्पष्ट व्यवस्था छ । यसरी कानुनीरूपमा अड्चन रहँदारहँदै कानुन संशोधन गरेर बाधा अड्काउ फुकाउ नगरी मुख्यमन्त्री चौधरीदेखि पूर्वमन्त्री राईले घरेलु मदिराको ब्राण्डिङ बहस सतहमा ल्याएका हुन् ।
 


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP