Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु
प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस ७, २०८०

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या, मन्त्रालय सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु भएको छ । 

 सम्मेलनमा देशभरिका सम्पूर्ण प्रत्यारोपण सम्बन्धी विज्ञहरू एकै थलोमा जमघट भएका छन् । नेपालका प्रत्यारोपण विज्ञहरू, समाजसेवी, पत्रकार, कालाकार, कानुनविद् तथा प्रत्यारोपण तथा मस्तिष्क मृत्यु पश्चात् अंगदान हुन सक्ने अस्पतालका आइसीयू इन्चार्ज, ट्रान्सप्लान्ट कोर्डिनेटर,  प्रत्यारोपण हुन  भई रहेका र  हुन सक्ने अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखका साथै विदेशी प्रत्यारोपण विज्ञहरूको पनि सहभागिता रहेको छ । 

 प्रत्यारोपण सम्बन्धी सम्मेलनले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरी मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धी  कार्यले अझै प्रभावकारी रूपमा गति लिने विश्वास लिइएको छ ।

 सम्मेलनमा नेपाली विज्ञहरूबाट ११ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट ९ वटा कार्यपत्रहरू प्रस्तुत हुने कुरा मूल आयोजक कमिटीका संरक्षक डा पुकार चन्द्र श्रेष्ठले बताए  ।

उक्त सम्मेलनको नारा मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट देशमा अंगदान सम्बन्धी समस्या र सोको समाधान तथा  मृत्यु पश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै  मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपण कार्य सुचारु हुने विश्वास गरिएको छ । 

एक दिने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरू लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष डा कल्पना कुमारी श्रेष्ठले बताइन्  ।

उक्त सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको थियो । सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता माननीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गरेका थिए ।  उक्त सम्मेलनमा राजेन्द्र पाण्डे, रञ्जु झा, डा। चन्दा कार्की, पूर्व मन्त्री महेश बस्नेत, भारतीय विषेशज्ञ, र नेपालका चिकित्सा क्षेत्रमा ख्याती प्राप्त विज्ञ, पूर्व मुख्य सचिव, सचिवज्यूहरु, पत्रकार, समाजसेवी, कलाकार,  लगायतको उपस्थिति थियो । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले यस केन्द्रलाई विशिष्टकृत जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नेपाल सरकारले घोषणा गरिसकेको हुँदा जति सक्दो छिटो कार्यान्वयन हुन सके देशलाई आवश्यक जनशक्ति देशमै उत्पादन कुरा उल्लेख गरेका थिए । उनले नेपाल सरकारकै स्वामित्वमा रहेको सूर्य विनायक स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहको ९हाल चाइनिज इँटा भट्टा  भएको स्थान० जग्गा सबै भन्दा उपयोगी भएको हुँदा प्रत्यारोपण केन्द्रलाई करिब १०० रोपनी जग्गा अवश्य हस्तान्तरण गरिदिन सम्पूर्ण अङ्ग फेल भएका व्यक्तिहरू र प्रत्यारोपण केन्द्र परिवारको तर्फबाट आह्वान गरे ।

जग्गा हस्तान्तरण भएमा केन्द्रलाई  ५०० बेड क्षमतामा पुर्‍याउने लक्ष्य पुरा हुने उनको भनाई थियो । साथै शैक्षिक भवन, बिरामी र कुरुवा परिवारको लागि होस्टेल तथा अत्यावश्यक कर्मचारीहरूको लागि आवास सुविधा हुन सक्नेछ  र केन्द्रले दिने सेवा ५००५ सम्म वृद्धि गर्न सम्भव हुने र प्रत्यारोपण सीप हस्तान्तरण गरी देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तारको लागि आवश्यक जनशक्ति उत्पादन गरी बढीभन्दा बढी सेवा दिन केन्द्र आतुर रहेको कुरा समेत उनले बताए ।


प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP