Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ६, २०८०

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन्  । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उनले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए ।
 
“देशभरीको सुकुमबासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु”, प्रधानमन्त्री दाहालले भने, “सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ ।” मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताए ।
    
किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताए । “उखु किसानको झन्डै रु ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ”, उनले भने, “दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु ।”
 
एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गरे । “मैले जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु”, उनले भने, “अब जनताका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।” सिंहदरबारमा विभिन्न मन्त्री र सचिवलाई बोलाएर मन्त्रालयका कामका बारेमा जानकारी लिँदै आएको उल्लेख गर्दै उनले लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताए ।
 
“अब ठीक ढङ्गले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु”, प्रधानमन्त्री दाहालले भने । प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उनले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने बताए ।

युद्धकालमा मिक्लाजुङ मोरङको आधार इलाकाका रुपमा रहेको स्मरण गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया प्रवेशका क्रममा ठूलो र ऐतिहासिक प्रशिक्षण यही क्षेत्रमा राखिएको बताए । मिक्लाजुङ क्षेत्रमा सडक, खानेपानीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP