Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपाको विवाद सतहमा
नेकपाको विवाद सतहमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १५, २०७६
Bamdev-gautam-UML
Hardik health
काठमाडौ–ं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय गरेसँगै पार्टीभित्रको विवाद सतहमा देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित गर्ने सर्वसम्मत निर्णय गरेको छ । तर, उक्त निर्णयसँगै नेकपाको विवाद सतहमा देखिएको छ । बुधबार सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने जानकारी गराउँदै उक्त पदमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी गराएका थिए । सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभामा लैजानअघि संविधान संशोधनको गृहकार्यका लागि बनाएको कार्यदल भंग गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पहिलो एजेन्डामै वामदेवलाई राष्ट्रियसभामा लाने सर्त अघि सारेका थिए । नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सारेको एजेन्डामाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाएका छन् । संविधान संशोधन कार्यदल बनाउने सचिवालयको समझदारी सार्वजनिक हुँदा गलत प्रभाव परेको भन्दै वामदेवलाई राष्ट्रियसभामा लानुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका छन् । दाहालले बाहिर सार्वजनिक नगर्ने भनिएको कार्यदलको प्रभाव नराम्रो भएको भन्दै आपत्ति जनाएका छन् । संविधान संशोधन कार्यदलको चौतर्फी आलोचना भएपछि बैठकले कार्यदल भंग गर्ने निर्णय समेत गरेको छ । बरिष्ठ नेता माधव नेपाल नेतृत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहने गरी बनेको कार्यदल बनाउने निर्णय गोप्य राख्न नसक्दा अध्यक्ष दाहालले बैठकमै आपत्ति जनाए । कार्यदलको आलोचना भएपछि बैठकमा संयोजक नेपालले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लाने तर संविधान संशोधनको शर्त बनाउनु नहुने धारणा राखेका थिए । सचिवालय सदस्यले गौतमलाई राष्ट्रियसभामा लाने विषयमा सहमति जनाएपनि त्यसका लागि संविधान संशोधन हुन नसक्ने उनीहरूको भनाइ थियो । संविधान संशोधन कार्यदल भंग गर्ने निर्णय भएपछि गौतमले आफ्नो विषयमा छलफल चल्दा विवाद भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । वामदेवको आक्रोशपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठकको अन्तिममा उल्टै आफूविरुद्ध पार्टीमा खेल भइरहेको बताए । प्रधानमन्त्री ओली वामदेवलाई राष्ट्रियसभामा लगेपनि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ । तर, त्यसका लागि राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने सदस्यको संख्या बढाउनुपर्ने ओलीको धारणा छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीनसदस्यमध्ये मनोनीत भएका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही २१ फागुनमा सकिँदै छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०५:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP