Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • धाननाच पुस्तान्तरण गर्न प्रतियोगिता
धाननाच पुस्तान्तरण गर्न प्रतियोगिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ६, २०८०

फुङ्लिङ - लिम्बू समुदायको लोकप्रिय धाननाच लोप हँुदै गएपछि पछिल्लो युवापुस्ता संरक्षणमा जुट्न थालेका छन् । आफ्नो मौलिक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नाच प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

आगामी चासोक ताङनाम पर्वको अवसरमा ताप्लेजुङमा धाननाच प्रतियोगिता हुने भएको छ । आउँदो पुस १० गते प्रतियोगिता हुने आयोेजक समितिले जनाएको छ । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो ।  विगतमा गाउँमा मेला पर्वहरुमा धाननाच विस्तारै हराउँदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्न लागिएको चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेपेले बताए । उनका अनुसार यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाई सामूहिकरूपमा नाच्ने गरिन्छ । 
    
लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । साइनो सम्बन्ध नभएका युवायुवती धाननाचमा सरिक हुने भए पनि वृद्धवृद्धा पनि उत्तिकै सौहार्दताका साथ नाचमा सरिक हुन्छन् ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु दश हजार र तेस्रोलाई रु पाँच हजार दिइने आयोजक समितिका सचिव दिनेश लिङखिमले बताए । लिम्बू जातिको साँझा संस्था याक्थुङचुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धाननाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गरिन्छ । 
    
नाच्नुभन्दा अघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उनले भन्नुभयो, “धाननाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।”

धाननाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धाननाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुन पुगेको  समितिका सहसचिव अनिता पन्दाकले बताए । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा हराउँदै गएकाले धाननाचको प्रवद्र्धन तथा संरक्षण गर्दै पुस्तान्तरण गर्नका लागि प्रतियोगिता गर्नुपरेको उनको भनाइ थियो । 
    
नाच्दा पालाम ९एक प्रकारको छन्दबद्ध गीत० गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरणमा गाइन्छ । पालाममा सृष्टिको उत्पत्ति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । धाननाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको कुरा उल्लेख छ ।

मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसले नयाँ जुक्ति निकालेर पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा  हा ।’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । यसरी धाननाच हुन गएको यसका जानकार भनाइ थियो । 

पूर्वका लिम्बू बाहुल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा लिम्बू समुदायको बसोबास भएको स्थानमा धाननाच गरिन्छ । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवापुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचिका कारण धाननाच पनि लोप हुँदै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिता गर्नुपरेको जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:३४
#धाननाच
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP