Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : मन्त्री डा महत
देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : मन्त्री डा महत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ३, २०८०

मनहरी - अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उहाँले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे । 

मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताए  । कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले  तिर्न थालिसकेको उनको भनाइ थियो ।

सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताए । जलविद्युत्, प्रविधिमैत्री कृषि,  पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उनले उल्लेख गरे ।   

Sonam Lhosar
Hardik health

“देशको अर्थतन्त्र सुधार हुँदैछ, मौद्रित नीति ल्याएर सहज वातावरण सिर्जना गरेका छौँ”, मन्त्री महतले भने– “सहज अवस्थामा धेरै ऋण प्रवाह भयो । तर जुन बेला कोभिड–१९ ले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो, ऋण जति शेयर मार्केट र जग्गामा लगानी गर्ने काम भयो, त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हो ।”  

मन्त्री डा महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै उनले एकताभाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्ने जोड दिए । सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, पार्टीका चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ, मकवानपुर सभापति बुद्ध लामालगायतले आ–आफ्नो धारणा राखेका थिए  ।


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग शुक्रबार, माघ २, २०८२
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै मंगलबार, पुस २९, २०८२
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई मंगलबार, पुस २९, २०८२
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै मंगलबार, पुस २२, २०८२
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य आइतबार, पुस २०, २०८२
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित शुक्रबार, पुस १८, २०८२
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड मंगलबार, पुस १५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP