Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अनुमोदनको पर्खाइ
सर्वोच्चमा न्यायाधीश नियुक्ति अनुमोदनको पर्खाइ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस ३, २०८०

 

  •  सर्वोच्चका प्रस्तावित न्यायाधीशहरू सारंगा सुवेदी, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ सकियो
  •  प्रस्तावित न्यायाधीशहरू अनुमोदन हुन बाँकी, भोलि (बुधबार) अनुमोदन हुने÷नहुनेबारे निर्णय
  • सुवेदी, ढुंगाना र मुसलमानविरुद्ध समितिमा उजुरी

 
काठमाडौं– न्याय परिषद्बाट करिब एक महिनाअघि सर्वोच्च अदालतमा प्रस्तावित छ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । प्रस्तावित न्यायाधीशहरुको अनुमोदन हुन भने बाँकी छ । अनुमोदन गर्ने कि नगर्ने ? यसबारे भोलि (बुधबार) निर्णय गरिने भएको छ । त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक डाकिएको छ ।  


समितिले सोमबार प्रस्तावित न्यायाधीशद्वय सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गरेको थियो । त्यसअघि आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र शुक्रबार भने सारंगा सुवेदीसँगै अब्दुल अजिज मुसलमानको समितिले सुनुवाइ गरेको थियो । पौडेल, ढुंगाना, सुवेदी र मुसलमान उच्चबाट सर्वोच्चमा प्रस्तावित न्यायाधीश हुन् ।


सुवेदी यसअघि उच्च अदालत विराटनगरकी कायममुकायम मुख्य न्यायाधीश थिइन् । उनीविरुद्ध समितिमा दाइजोका कारण हत्या गरिएकी आरती साहका दाजु प्रेम साहले उच्च अदालत जनकपुरमा रहँदा प्रमाणको मूल्यांकन नगरी कसुरदारलाई साधारण तारेखमा छोडेको भन्दै उजुरी दिएका छन् ।

Hardik health


उजुरीमा उनले न्यायाधीश सुवेदीविरुद्ध कार्यक्षमताको अभाव रहेको, निर्णय गर्दा आर्थिक लेनदेनमा संलग्न भएको र न्यायसम्पादन गर्ने क्रममा विवादैविवादले घेरिएको भनी आरोप लगाएका छन् । उनले न्यायाधीश सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन नगर्न समितिलाई आग्रह गरेका छन् । 


गत २० असोजमा सर्वोच्चले उच्च अदालत जनकपुरबाट सुवेदीसहितका न्यायाधीशले गरेको एउटा आदेश नै उल्टाएको थियो । यसबारे माओवादी सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश सुवेदीलाई शुक्रबार आत्मालोचनाका गर्न आग्रह गरेका थिए । सुवेदीले भने सीधै इन्कार गरिन् ।


‘आदेशलाई अन्यथा भयो भनेर क्षमायाचना गर्ने अवस्था रहँदैन । म न्यायिक मूल्यमान्यताअनुसार चलेको छु,’ प्रस्तावित न्यायाधीश सुवेदीको जिकिर थियो । 


उनीविरुद्ध सुनुवाइ समितिमा बहुचर्चित ३३ किलो सुनकाण्डमा दुुई जना प्रहरी अधिकारीलाई रिहा गर्न दिएको आदेश र बाराका राकेशभक्त पौडेल हत्याकाण्डमा जारी गरेको आदेशलाई लिएर थप दुईवटा उजुरी छन् । अन्य पनि दुई उजुरी उनीविरुद्धमै छन् । उजुरी धेरै परेका कारण उनी सर्वोच्चको न्यायाधीश अनुमोदन हुने/नहुने टुंगो छैन । 
स्रोतका अनुसार उनी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको चाहना र महिला कोटाबाट न्यायाधीशमा प्रस्तावित हुन् । उनी कांग्रेसनिकट मानिन्छन् । 


सर्वोच्चकै अर्का प्रस्तावित न्यायाधीश मुसलमानविरुद्ध पनि एउटा उजुरी परेको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासमा रहँदा सम्बन्धविच्छेद् भइसकेकी बुहारीलाई अंश मुद्दा जिताएको आरोपसँग उजुरी सम्बन्धित छ । उनी यसअघि विशेष अदालतका सदस्य थिए ।


शुक्रबार सुनुवाइ समितिमा सांसदहरूले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउने कसरी भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले कजलिस्ट फाइनल ग¥यो भने मुद्दाको चाप घट्ने बताएका थिए । ‘५० मुद्दा आयो भने पनि सक्नुपर्छ । यो त्यो भनेर टार्न हुँदैन र यसैमा जनताको भलो छ । न्यायाधीशले काम गर्ने हो, गफ गर्ने होइन,’ उनले भने, ‘कजलिस्टमा लाग्नुप¥यो ४ बजेसम्मै । अल्छी गर्नुभएन, कजलिस्ट हेर्नुप¥यो ।’


उनी सात वर्षअघि उच्च अदालतमा सिफारिस भएका ८० जना न्यायाधीशमध्ये एक हुन् । 
सुनुवाइ समितिमा उजुरी परेको प्रस्तावित न्यायाधीश ढुंगानाविरुद्ध पनि हो । उनीविरुद्ध उच्च अदालत पाटनमा रहँदा काठमाडौंको तीनकुनेमा रहेको अरुण बहुउद्देश्यीय सहकारी संस्थाको लिलामसँग सम्बन्धित मुद्दामा बढी कबोल गर्नेलाई हराइएको दाबीसहित उजुरी परेको छ ।

उनले दुई करोड ५० लाखको कबोललाई अस्वीकार गरी रद्द भएको पहिलेकै एक करोड ८२ लाख कबोल गर्नेलाई मुद्दा जिताएको दाबी उजुरीकर्ताको छ । योबाहेक अन्य दुई उजुरी उनीविरुद्धका छन् । उनी यसअघि उच्च अदालत पाटनका न्यायाधीश थिए । उनलाई प्रधानन्यायाधीशको रोलक्रममा अघि बढाउनेगरी न्यायाधीशमा प्रस्ताव गरेको न्यायिकवृत्तमा चर्चा भइरहेको छ । उनी एमालेनिकट मानिन्छन् । उनले आफूविरुद्ध उजुरी दिने पुष्प गुरागाईंमाथि नै प्रश्न गरेका थिए । 
सर्वोच्चकै प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल पाटन उच्च अदालतका तत्कालीन कायममुकायम न्यायाधीश हुन् । उनीविरुद्ध पनि समितिमा उजुरी परेका थिएन । सांसदहरूले आइतबार सोधेको प्रश्नको उनले हिंसाले राज्यलाई अपांग बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने बताएका थिए । 


‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ,’ उनले भनेका थिए, ‘मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।’ अन्य प्रस्तावित न्यायाधीशहरू पोखरेल र ढकालको सोमबार सुनुवाइ भएको हो । 


सुनुवाइको क्रममा सांसदहरूसँग पोखरेलले आफू सर्वोच्चको न्यायाधीशमा अनुमोदन भएको अवस्थामा अन्याय नहुनेगरी न्याय सम्पादन गर्ने वचन दिए । ‘न्यायाधीश भएँ भने मबाट अन्याय हुँदैन । न्यायाधीशका रुपमा हाम्रो भूमिका भनेको न्यायको नजिक पुग्नु हो,’ उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता भइसकेका उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट मानिन्छन् ।


अर्का प्रस्तावित न्यायाधीश ढकालले पनि सुनुवाइ समितिमा सांसदहरूसँग न्यायाधीश बन्न मानसिकरूपमा तयार भइसकेको बताएका थिए । उनको भनाइ थियो, ‘एकपक्षीय रूपमा ३० वर्ष हेरियो । अब बाँकी जीवन न्यायको दृष्टिबाट हेरौं, राज्यको तर्फबाट हेरौं भन्ने लागेको छ ।’ ढकाल सर्वोच्च बार एसोसिएसनका पूर्वसचिव हुन् । उनी एमालेनिकट मानिन्छन् । 
 


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP