Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • अनुमोदनको पर्खाइ
सर्वोच्चमा न्यायाधीश नियुक्ति अनुमोदनको पर्खाइ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस ३, २०८०

 

  •  सर्वोच्चका प्रस्तावित न्यायाधीशहरू सारंगा सुवेदी, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ सकियो
  •  प्रस्तावित न्यायाधीशहरू अनुमोदन हुन बाँकी, भोलि (बुधबार) अनुमोदन हुने÷नहुनेबारे निर्णय
  • सुवेदी, ढुंगाना र मुसलमानविरुद्ध समितिमा उजुरी

 
काठमाडौं– न्याय परिषद्बाट करिब एक महिनाअघि सर्वोच्च अदालतमा प्रस्तावित छ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । प्रस्तावित न्यायाधीशहरुको अनुमोदन हुन भने बाँकी छ । अनुमोदन गर्ने कि नगर्ने ? यसबारे भोलि (बुधबार) निर्णय गरिने भएको छ । त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक डाकिएको छ ।  


समितिले सोमबार प्रस्तावित न्यायाधीशद्वय सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गरेको थियो । त्यसअघि आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र शुक्रबार भने सारंगा सुवेदीसँगै अब्दुल अजिज मुसलमानको समितिले सुनुवाइ गरेको थियो । पौडेल, ढुंगाना, सुवेदी र मुसलमान उच्चबाट सर्वोच्चमा प्रस्तावित न्यायाधीश हुन् ।


सुवेदी यसअघि उच्च अदालत विराटनगरकी कायममुकायम मुख्य न्यायाधीश थिइन् । उनीविरुद्ध समितिमा दाइजोका कारण हत्या गरिएकी आरती साहका दाजु प्रेम साहले उच्च अदालत जनकपुरमा रहँदा प्रमाणको मूल्यांकन नगरी कसुरदारलाई साधारण तारेखमा छोडेको भन्दै उजुरी दिएका छन् ।

Hardik health


उजुरीमा उनले न्यायाधीश सुवेदीविरुद्ध कार्यक्षमताको अभाव रहेको, निर्णय गर्दा आर्थिक लेनदेनमा संलग्न भएको र न्यायसम्पादन गर्ने क्रममा विवादैविवादले घेरिएको भनी आरोप लगाएका छन् । उनले न्यायाधीश सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन नगर्न समितिलाई आग्रह गरेका छन् । 


गत २० असोजमा सर्वोच्चले उच्च अदालत जनकपुरबाट सुवेदीसहितका न्यायाधीशले गरेको एउटा आदेश नै उल्टाएको थियो । यसबारे माओवादी सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश सुवेदीलाई शुक्रबार आत्मालोचनाका गर्न आग्रह गरेका थिए । सुवेदीले भने सीधै इन्कार गरिन् ।


‘आदेशलाई अन्यथा भयो भनेर क्षमायाचना गर्ने अवस्था रहँदैन । म न्यायिक मूल्यमान्यताअनुसार चलेको छु,’ प्रस्तावित न्यायाधीश सुवेदीको जिकिर थियो । 


उनीविरुद्ध सुनुवाइ समितिमा बहुचर्चित ३३ किलो सुनकाण्डमा दुुई जना प्रहरी अधिकारीलाई रिहा गर्न दिएको आदेश र बाराका राकेशभक्त पौडेल हत्याकाण्डमा जारी गरेको आदेशलाई लिएर थप दुईवटा उजुरी छन् । अन्य पनि दुई उजुरी उनीविरुद्धमै छन् । उजुरी धेरै परेका कारण उनी सर्वोच्चको न्यायाधीश अनुमोदन हुने/नहुने टुंगो छैन । 
स्रोतका अनुसार उनी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको चाहना र महिला कोटाबाट न्यायाधीशमा प्रस्तावित हुन् । उनी कांग्रेसनिकट मानिन्छन् । 


सर्वोच्चकै अर्का प्रस्तावित न्यायाधीश मुसलमानविरुद्ध पनि एउटा उजुरी परेको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासमा रहँदा सम्बन्धविच्छेद् भइसकेकी बुहारीलाई अंश मुद्दा जिताएको आरोपसँग उजुरी सम्बन्धित छ । उनी यसअघि विशेष अदालतका सदस्य थिए ।


शुक्रबार सुनुवाइ समितिमा सांसदहरूले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउने कसरी भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले कजलिस्ट फाइनल ग¥यो भने मुद्दाको चाप घट्ने बताएका थिए । ‘५० मुद्दा आयो भने पनि सक्नुपर्छ । यो त्यो भनेर टार्न हुँदैन र यसैमा जनताको भलो छ । न्यायाधीशले काम गर्ने हो, गफ गर्ने होइन,’ उनले भने, ‘कजलिस्टमा लाग्नुप¥यो ४ बजेसम्मै । अल्छी गर्नुभएन, कजलिस्ट हेर्नुप¥यो ।’


उनी सात वर्षअघि उच्च अदालतमा सिफारिस भएका ८० जना न्यायाधीशमध्ये एक हुन् । 
सुनुवाइ समितिमा उजुरी परेको प्रस्तावित न्यायाधीश ढुंगानाविरुद्ध पनि हो । उनीविरुद्ध उच्च अदालत पाटनमा रहँदा काठमाडौंको तीनकुनेमा रहेको अरुण बहुउद्देश्यीय सहकारी संस्थाको लिलामसँग सम्बन्धित मुद्दामा बढी कबोल गर्नेलाई हराइएको दाबीसहित उजुरी परेको छ ।

उनले दुई करोड ५० लाखको कबोललाई अस्वीकार गरी रद्द भएको पहिलेकै एक करोड ८२ लाख कबोल गर्नेलाई मुद्दा जिताएको दाबी उजुरीकर्ताको छ । योबाहेक अन्य दुई उजुरी उनीविरुद्धका छन् । उनी यसअघि उच्च अदालत पाटनका न्यायाधीश थिए । उनलाई प्रधानन्यायाधीशको रोलक्रममा अघि बढाउनेगरी न्यायाधीशमा प्रस्ताव गरेको न्यायिकवृत्तमा चर्चा भइरहेको छ । उनी एमालेनिकट मानिन्छन् । उनले आफूविरुद्ध उजुरी दिने पुष्प गुरागाईंमाथि नै प्रश्न गरेका थिए । 
सर्वोच्चकै प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल पाटन उच्च अदालतका तत्कालीन कायममुकायम न्यायाधीश हुन् । उनीविरुद्ध पनि समितिमा उजुरी परेका थिएन । सांसदहरूले आइतबार सोधेको प्रश्नको उनले हिंसाले राज्यलाई अपांग बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने बताएका थिए । 


‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ,’ उनले भनेका थिए, ‘मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।’ अन्य प्रस्तावित न्यायाधीशहरू पोखरेल र ढकालको सोमबार सुनुवाइ भएको हो । 


सुनुवाइको क्रममा सांसदहरूसँग पोखरेलले आफू सर्वोच्चको न्यायाधीशमा अनुमोदन भएको अवस्थामा अन्याय नहुनेगरी न्याय सम्पादन गर्ने वचन दिए । ‘न्यायाधीश भएँ भने मबाट अन्याय हुँदैन । न्यायाधीशका रुपमा हाम्रो भूमिका भनेको न्यायको नजिक पुग्नु हो,’ उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता भइसकेका उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट मानिन्छन् ।


अर्का प्रस्तावित न्यायाधीश ढकालले पनि सुनुवाइ समितिमा सांसदहरूसँग न्यायाधीश बन्न मानसिकरूपमा तयार भइसकेको बताएका थिए । उनको भनाइ थियो, ‘एकपक्षीय रूपमा ३० वर्ष हेरियो । अब बाँकी जीवन न्यायको दृष्टिबाट हेरौं, राज्यको तर्फबाट हेरौं भन्ने लागेको छ ।’ ढकाल सर्वोच्च बार एसोसिएसनका पूर्वसचिव हुन् । उनी एमालेनिकट मानिन्छन् । 
 


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP