Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण छः वाग्ले
ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण छः वाग्ले
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २, २०८०

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् तनहुँ– १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन ।

 
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा संकट केही हदसम्म समाधान हुने बताएका हुन ।

कुलेखानी जलविद्युत् आयोजना बनेको ४० वर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको भन्दै वाग्लेले यस आयोजना ऊर्जा सुरक्षाको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण हुने उल्लेख गरे । आयोजना निर्माणका क्रममा स्थानीय जनसरोकारवाललाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वाग्लेले भने, ‘वर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत् उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत् उत्पादन पनि घट्दे जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनुपर्छ ।’

Sonam Lhosar
Hardik health

बूढीगण्डकी र नलसिंङगाड विद्युत् आयोजना जलाशययुक्त भएकाले त्यसको पनि चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र, मुआब्जा र विस्फोटक पदार्थको आयातमा मुख्य समस्या हुने हुँदा यी तीनवटै समस्या समाधानका लागि नीतिगत रुपमा नै सम्बोधन हुनुपर्ने वाग्लेको भनाइ थियो ।

तीन प्याकेजमा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज– १ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि २०७८ भदौ १४ मा ठेक्का सम्झौता भएर कार्यान्वयनमा आएको थियो ।

उक्त आयोजनाको बाँध निर्माणका लागि नदी डाईभर्सन कार्य सम्पन्न भई बाँध निर्माण सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम प्याकेज– २ मा परेका छन ।

यसका लागि २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् निर्माण कम्पनीले २०७५ माघ ६ गतेदेखि आयोजना स्थलमा परिचालित भई निर्माण जारी राखेको जनाएको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङिक्रटिङ तथा टर्वाइन लगायतका उपकरण जडान भइरहेका छन । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशत भन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

प्याकेज(३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किटप्रसारण लाइन निर्माणका लागि २०७५ पुस १० गते खरिद सम्झौता भई सोही वर्षको फागुन १० गतेदेखि कार्यान्वयनमा आएको थियो ।

३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९को जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका ४ र बन्दीपुर गाउँपालिका– ६ मा ३३र११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ ।

जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका छन ।


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग शुक्रबार, माघ २, २०८२
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र बिक्री गर्दै मंगलबार, पुस २९, २०८२
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई
भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई मंगलबार, पुस २९, २०८२
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै
नौ वर्षपछि भद्रपुरमा औद्योगिक महोत्सव हुँदै मंगलबार, पुस २२, २०८२
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य
स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँः मुख्यमन्त्री आचार्य आइतबार, पुस २०, २०८२
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित शुक्रबार, पुस १८, २०८२
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड मंगलबार, पुस १५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP