Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अभिभावक बन्न सकेन सरकार 
पीडामा लैंगिक तथा यौनिक अल्पसंख्यक ज्येष्ठ नागरिक अभिभावक बन्न सकेन सरकार 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शनिबार, मंसिर ३०, २०८०

केटीजस्तो र हिजडा कसैलाई पनि नभनियोस् । त्यसो भन्दा त आँसु झर्छ ।
प्रेम लामा
चितवन

आफन्तहरूले मलाई वास्ता गरेनन् । मैले आफ्नो पहिचान खोल्नासाथ एक किसिमले सामाजिक बहिष्कार खेप्नु परिरहेको छ । 
मनोरञ्जनकुमार वैद्य
काठमाडौं

समाज र परिवारबाट टाढा छौं । हाम्रो अवस्था नाजुक छ । परिवार बसाउने अधिकार हामीलाई कानुनतः छैन । 
लक्ष्मी घलान
अध्यक्ष, मितिनी नेपाल

काठमाडौं– केटीजस्तो भनेर प्रेम लामालाई कतिपय गाउँलेहरू खिसी गर्छन् । कतिले त ‘हिजडा’ भन्दै घृणा नै गर्छन् । उनलाई ‘केटीजस्तो’ र ‘हिजडा’ शब्दले साह्रै चित्त दुख्छ ।

Hardik health

चितवनको राप्ती नगरपालिका–९ घर भएका उनीसँग अस्पतालमासमेत चिकित्सकहरूले त्यस्तै शब्द प्रयोग गरेर अपमान गरेको तीतो अनुभव छ । प्रभावसँग उनले भने, ‘यस्तो कसैलाई पनि नभनियोस् । त्यसो भन्दा त आँसु झर्छ ।’
काठमाडौंका ६४ वर्षीय मनोरञ्जनकुमार वैद्य त आफन्तजनबाट हेलामा छन् । उनीबाट आफन्तहरू धेरै वर्षदेखि टाढा छन् । आफू बहिष्करणमा परेको भन्दै उनलाई बुढ्यौली उमेरमा दुःख लागेको छ । 

‘आफन्तहरूले मलाई वास्ता गरेनन् । मैले आफ्नो पहिचान खोल्नासाथ एक किसिमले सामाजिक बहिष्कार खेप्नुप¥यो, खेपिरहेको छु,’ उनले भने, ‘मुखले होइन कि व्यवहारले बहिष्कार खेप्नुपरेको छ । यस्तो कसैलाई नहोस् ।’
लामा र वैद्यजस्तै लैंगिक तथा यौनिक अल्पसंख्यक ज्येष्ठ नागरिकहरूले वर्षौंदेखि समाज र परिवारमा भेदभावसँगै हिंसासमेत भोग्दै आएका छन् ।

मितिनी नेपाल नामक संस्थाले गरेको एक अध्ययनअनुसार त्यस्तो हिंसा भोग्नेहरू ३१ प्रतिशत छन् । उनीहरूलाई साथी र सरकारी प्रतिनिधिहरूले समेत हिंसा गर्ने गरेको अध्ययनमा उल्लेख छ । ६५ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरू जीवन भोगाइका कारण शारीरिक र भावनात्मक रूपमा असुरक्षित ठान्छन् । तेस्रोलिंगी पहिचान र लैंगिक अभिव्यक्तिका कारण घर र घरधनीबाट २३ प्रतिशत निकालिएको प्रतिवेदनमा छ ।

यस्तै, २७ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूसँग कार्यस्थलमा भेदभावको सामनासँगै तलब वृद्धि र बढुवा गर्न अस्वीकार गरेको अनुभव छ । २४ प्रतिशतले भने सहकर्मीहरूबाटै शारीरिक दुव्र्यवहार र हिंसा सहेको बताएका छन् । 


जबकि, अधिकांश लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको अपांगता छ । पक्षघात र पुरानो ढाड दुखाइबाट पाँच प्रतिशत अपांगता छँदा १२ प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक अशक्त छन् । एक प्रतिशत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको दृष्टि कमजोर छ । 
यस्तो पीडादायी अवस्थामा रहँदा सरकार उनीहरूको संरक्षक बन्न नसकेको गुनासो छ । यसप्रति लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको अधिकारको पक्षमा वर्षौंदेखि बहस र पैरवीको क्षेत्रमा क्रियाशील संस्था मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानको असन्तुष्टि छ ।

‘समाज र परिवारबाट टाढा छौं । हाम्रो अवस्था नाजुक छ । परिवार बसाउने अधिकार हामीलाई कानुनतः छैन,’ उनले भनिन्, ‘कानुन बनाएर व्यवस्थापन गर्न सरकारले सकेको छैन । हामी दुःखी छौं ।’

जीवनको उत्तराद्ध निकै कष्टकर बनेको गुनोसो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकहरूको छ । मानव अधिकारको उपभोग गर्नबाट समेत वञ्चित भएको भन्दै जीवन जिउने क्रममा विकराल परिस्थितिको सामना गरिरहनुपरेको पीडा पोखेका छन् । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३१ प्रतिशत जेष्ठ नागरिक त विवाहबाटै वञ्चित छन् । यस समुदायका ३३ प्रतिशत जेष्ठ नागरिक परिवारले अलग्याइएपछि एक्लै बस्दै आएका छन् । ५३ प्रतिशत भने आफ्नो परिवारसँग बस्दै आएका छन् । 

यस समुदायका धेरै ज्येष्ठ नागरिकहरू पूर्णरूपमा बेरोजगार छन् । केही भने ढल्किँदो उमेरमा समेत यौन पेसामा छन् । नगण्य मात्रामा पूर्णकालीन रोजगारी प्राप्त गर्नेहरू रहेको अध्ययनले देखाएको छ ।

आयआर्जनको आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूको यस्तो स्थिति देखिँदा अर्कोतिर उनीहरू लामो समयदेखि लैंगिक पहिचानको लडाइँमा छन् । परिवार र समाजबाट हुने घृणा र अपमानजनक व्यवहारविरुद्ध पनि उनीहरू संघर्षरत छन् । तर, जीवनको उत्तरार्धमा यस समुदायका ज्येष्ठ नागरिकहरूले एक्लोपन र खाद्यसँगै स्वास्थ्य सुरक्षामा समस्याको महसुस गरिरहेका छन् ।  

जुन समस्याको समाधानका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूको छुट्टै वृद्धाश्रम खाँचोबारे बहस भइरहेको छ । यसबारे घरपरिवार र आफन्तबाट अन्ततः टाढिएका ६४ वर्षीय मनोरञ्जनकुमार वैद्य ‘लैंगिकमैत्री वृद्धाश्रम’ तात्कालिक आवश्यकता भएको बताउँछन् । 

‘बिरामी हुँदा गाह्रो हुन्छ । संरक्षक छैन । त्यसले गर्दा लैंगिकमैत्री वृद्धाश्रम चाहिन्छ,’ उनले भने, ‘किनभने हामी अरु (पुरुष÷महिला)सँग समायोजन हुन सक्दैनौं र हामीमाथि घृणा हुन्छ ।’

संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यकलगायतका सम्पूर्ण व्यक्तिलाई समान अधिकार र संरक्षण प्रदान गरेको छ । कुनै पनि अवसरबाट वञ्चित नगरिने पनि भनिएको छ । किनभने विभेद, अपमान, घृणासँगै अवसरबाट वञ्चित गर्नु कानुनविरोधी कृत्य हो । तर, पनि लैंगिक तथा अल्पसंख्यक ज्येष्ठ नागरिकहरू यी सबै कृत्य भोग्न विवश छन् ।
 


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP