Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा सुनिन छाड्यो दुई महामन्त्री
कांग्रेसमा सुनिन छाड्यो दुई महामन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, मंसिर ३०, २०८०
बिहीबार राजनीतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रुप दिन एलिस रिसेप्सनमा भेटेका दुई महामन्त्री ।
  •  बिहीबारमात्र दुई महामन्त्री काठमाडौंको एलिस रिसेप्सनमा बसेर दुई प्रस्तावलाई अन्तिम रुप दिएका थिए पुस १६ गते महासमिति बैठक हुनैपर्छ भन्दै
  • देशको आर्थिक स्थिति कमजोर भएको भन्दै महामन्त्री थापाको प्रस्तावमा हुन लागेको ‘इकोनोमिक कन्क्लेभ’को अहिले पार्टीमा नामोनिशान छैन
  • देउवा १३औं महाधिवेशनपछिकै अवस्थामा फर्कंदा पार्टी रुपान्तरणको नारा घन्काउने दुई महामन्त्री अहिले निरीह देखिन थालेका छन्

काठमाडौं– नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको माग र प्रस्तावमाथि पछिल्लो समय कांग्रेसले ‘कु’ गर्दै आएको छ । दुई महामन्त्रीले पार्टीलाई चलायमान बनाउन दुई–दुई महिनामा केन्द्रीय समिति राख्नुपर्ने प्रस्ताव गत साउनमै गरेका थिए । साउनपछि असोज पहिलो हप्ता केन्द्रीय समिति बैठक बस्यो । तर त्यसपछि केन्द्रीय समिति फेरि सुस्त हुन थालेको छ । कांग्रेसले अधिकांश निर्णय विधानमै नभएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबाट गर्दै आएको छ । 


यस्ता बैठकमा दुई महामन्त्रीको पनि सहभागिता रहँदै आएको छ । पदाधिकारी तहबाट बैठकबाट गरेका निर्णयलाई कार्यान्वयनमा ल्याउन कांग्रेसले कार्यसम्पादन समितिको व्यवस्था गरेको छ । शुक्रबार कांग्रेसले यही कार्यसम्पादनको बैठक डाकेर विभिन्न निर्णय गरेको छ । यो बैठकबाट अबको केन्द्रीय समिति पुस १२ गते गर्ने निर्णय भएको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । ‘केन्द्रीय समितिको बैठक पुस १२ गते बस्ने भएको छ,’ कार्यसम्पादन समितिको निर्णय सुनाउँदै विश्वकर्माले भने । पछिल्लोपटक कांग्रेसको केन्द्रीय समिति असोज ५ गते बसेको थियो । उक्त बैठकले केन्द्रीय समिति दुई÷दुई महिनाको पहिलो हप्ता बस्ने दुई महामन्त्रीको प्रस्तावमा सहमति जनाएको थियो । तर यसपटक तीन महिनापछि त्यो पनि तेस्रो हप्ताका लागि धकेलिएको छ केन्द्रीय समिति ।


महासमिति बैठक पनि सरेको स¥यै
कांग्रेस महामन्त्री थापा र शर्मा यसअघि नै जुटेर पटक–पटक सरेको महासमिति बैठक सार्न नहुने निष्कर्षमा पुगेका थिए । उनीहरुमात्र हैन संस्थापनइतरको पूरै जोड थियो– महासमितिको बैठक सार्न हुन्न । तर पार्टी सभापति शेरबहादुर देउवाले पुस १६ का लागि तय भएको महासमिति बैठक फागुन ७ गतेसम्म धकेलिदिएका छन् । ‘नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७–१० गते, ललितपुरमा गर्ने,’ कांग्रेसको शुक्रबारको निर्णयमा भनिएको छ । जबकि बिहीबारमात्र दुई महामन्त्री काठमाडौंको एलिस रिसेप्सनमा बसेर दुई प्रस्तावलाई अन्तिम रुप दिएका थिए । पुस १६ गते तय भएको महासमितिका लागि दुई महामन्त्रीलाई राजनीतिक र सांगठनिक प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको थियो ।
असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक मंसिर १३, १४ र १५ गते गर्ने निर्णय गरेकामा त्यसपछि विभिन्न कारण देखाएर दुईपटक सारिएको थियो । सुरुमा जाजरकोट भूकम्पलाई देखाउँदै सारिएको बैठक अहिले राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएको छ । माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । १९ रिक्त स्थानमा हुन लागेको निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गर्दै छ ।


समुदायमा कांग्रेस बल्ल
कांग्रेसले साउन पहिलो हप्ता बसेको बैठकले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्नका लागि भदौ महिना तोकेको थियो । भदौ १० देखि २४ गतेसम्मका लागि तोकेको यो अभियान कांग्रेसले वर्षाको कारण देखाउँदै स्थगित ग¥यो । उक्त अभियानलाई बल्ल पुसबाट सञ्चालन गर्ने निर्णय कांग्रेसले गरेको छ । ‘पुस १६ गतेदेखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘उक्त अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने ।’


कता पुग्यो ‘इकोनोमिक कन्क्लेभ’
देशको आर्थिक स्थिति कमजोर भएको भन्दै महामन्त्री थापाको प्रस्तावमा हुन लागेको ‘इकोनोमिक कन्क्लेभ’को अहिले पार्टीमा नामोनिशान सुनिएको छैन । पार्टीको कुनै निर्णयमा नलेखिए पनि कात्तिक २४ गते उक्त बैठक हुने तय भएको थियो । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्ने भनिएको थियो ।
कांग्रेसका पहिलो अर्थमन्त्रीसमेत रहेका सुवर्णको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको जनाएको थियो । ‘इकोनोमिक कन्क्लेभ’ मा अर्थविद्ले आर्थिक नीतिका बारेमा विभिन्न आयामबारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको थियो । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडिको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ त्यतिबेला थापाले भनेका थिए । जाजरकोट भूकम्प देखाउँदै पार्टीका सम्पूर्ण कार्यक्रम रद्द भएसँगै यो कार्यक्रम पनि अनिश्चित बनेको छ ।

पार्टी रुपान्तरणको अपेक्षा गरिएका महामन्त्री शशांककै लयमा
तितरबितर भएको संस्थापनइतरलाई सम्हाल्न नसकेपछि पौडेलले १४औं महाधिवेशनअघि नै ‘वाकओभर’ दिए । महाधिवेशन लगभग शेरबहादुर देउवाको कब्जामै गयो पौडेलले भनेझैं । पौडेलको वाकओभरपछि देउवाले कन्फिडेन्स बढाए । र भने, ‘डर त्रासबाट मुक्त समाज, फेरि कुनै किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा आउँदो सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो ।’


यतिमात्र होइन, देउवाले त्रासमुक्त समाज बनाइ छाड्ने वाचासमेत गरे । ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस्,’ उनले भनेका थिए, ‘मलाई धेरै कुरा भन्नु छैन, म कुनै पनि हालतमा डर त्रासबाट मुक्त शासन ल्याएरै छोड्छु । डर त्रासबाट मुक्त समाज बनाएर नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु । बनाइन्छ, बनाइन्छ, बनाइन्छ । तपाइँहरू मलाई साथ दिनुहोस् ।’


देउवाको अनुरोधलाई २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले अनुमोदन ग¥यो । दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवा कांग्रेसको पक्षमा माहोल बनाउन लागे । माओवादी केन्द्रलगायत दलसँग गठबन्धन गरी तीनवटै तहको निर्वाचनमा देउवाले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए ।


तर सरकार बनाउने बेला भने माओवादी केन्द्रलाई एमालेले फकायो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू ‘किङमेकर’ बनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाए । दाहाललाई गठबन्धनमा राख्न नसकेको भनेर देउवामाथि आलोचना सुरु भयो ।


आलोचना पार्टी महामन्त्रीबाटै भयो । महामन्त्री थापा र शर्मा दुवै देउवा गुटका होइनन् । थापाले शेखर कोइराला समूहबाट र शर्माले प्रकाशमान सिंह गुटबाट उम्मेदवार बनेर जितेका हुन् ।


महामन्त्रीमा थापा र शर्माको जितले कांग्रेसमा रुपान्तरणको आशा गरिएको थियो । निकै कमजोर सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेका शर्माको जितलाई कांग्रेस कार्यकर्ताले पार्टी रुपान्तरणको मत भनेका थिए ।


जसरी १३औं महाधिवेशनपछि धेरैले शशांकलाई पार्टीभित्रको प्रतिपक्षका रुपमा लिएका थिए, त्यसैगरी थापा र शर्माले देउवालाई मनोमानी गर्नबाट रोक्न सक्ने नेताको रुपमा लिए ।


थापा र शर्मा दुवैले कांग्रेसलाई रुपान्तरणको वाचा गरे । उनीहरुले अहिले पनि त्यसो भन्न छोडेका छैनन् । तर गर्नचाहिँ केही सकेका छैनन् । उनीहरु सभापति देउवासामु कति कमजोर छन् माथिका केही कार्यक्रम हेर्दा पुग्छ । कतिसम्म भने सत्ता गठबन्धनको बैठकमा देउवाले पार्टीका तर्फबाट उपस्थित गराउन नचाहँदा पनि थापा र शर्मा दुवै निरीह देखिँदै आएका छन् ।


देउवालाई चुनौती दिन नसकेको र पार्टीप्रति आकर्षण बढाउन देखिने किसिमको भूमिका निर्वाह गर्न नसकेको आरोप थापा र शर्माले खेप्नुपरिरहेको छ । अहिले यी दुई नेतामाथि शशांकलाई जस्तै देउवाको बचाउमा लागेको आरोप लाग्न थालेको छ ।


केन्द्रीय समितिमा देउवाको पकड छ । झण्डै ८० प्रतिशत सदस्य देउवाको पक्षमा छन् । उनले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गरेर आफ्नो शक्ति प्रदर्शन गरिसकेका छन् । त्यतिमात्र होइन, विरोधमा बोल्न चाहनेको मुखसमेत थुनिदिएका छन् ।


‘देउवा पुरानै निरंकुश फर्ममा प्रस्तुत भएका छन् । पार्टी विधानविपरीत चल्दा पनि प्रतिपक्षी देखिएको छैन,’ एक केन्द्रीय सदस्यले भने । पुरानै फर्म अर्थात् निरंकुशताको शैली उनले सरकारमा मन्त्री पठाउनेदेखि भ्रातृ संगठनका विस्तारसम्म अपनाएका छन् ।


विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बस्नुपर्ने हो । तर देउवाले २०७९ भदौपछि एकैचोटि गत साउनमा मात्र बैठक राखे । महामन्त्री थापा र शर्माले यसैमा खुसी हुनुप¥यो ।


महाधिवेशन भएको २ वर्ष हुन लाग्दा पनि कांग्रेसले कोषाध्यक्ष चयन गर्न सकेको छैन । केन्द्रीय सदस्य किस्ताकिस्तामा मनोनीत गर्ने काम भइरहेको छ । केन्द्रीय समितिमा मनोनीत सदस्यबारे थापा र शर्माले अरु नेताले जस्तै पछि मात्र थाहा पाउने गरेका छन् । कार्यसमितिले पूर्णता पाएको छैन । 


जेठ १९ गते बानेश्वरको एक कार्यक्रममा थापाले विभाग गठनबारे सभापतिकै ‘दादागिरी’ हाबी भइरहेको बताएका थिए । ‘केन्द्रीय समिति सभापतिले बोलाउने हो । विभाग बनाउने काम पनि सभापतिको हो,’ थापाले भनेका थिए । प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई उदाहरण दिंदै गगनले प्रश्न सोधेका थिए, ‘शिव लम्सालले प्रेस युनियनको केन्द्रीय समिति बोलाउने हो कि महासचिव दिलिप पौडेलले ?’
कांग्रेसमा पार्टीको केन्द्रीय समिति बोलाउनेदेखि विभाग गठन गर्ने विषयमा महामन्त्रीले सभापतिलाई सहयोग गर्न सक्ने व्यवस्था छ ।

‘महामन्त्रीले उपनिर्वाचनमै हैसियत देखाइसके’
कांग्रेसमा ७० वटा विभाग गठनको व्यवस्था छ । ती विभागको काम के हो ? अहिलेसम्म यसको महत्व नेतृत्वले देखाउन सकेको छैन । विधानअनुसार महाधिवेशनको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने हो । तर विभाग गठन कहिले हुन्छ ? थापा र शर्मासँग नै जवाफ छैन । १६ विभागमा संयोजक तोकिए पनि बाँकी सदस्यको अत्तोपत्तो छैन । ५४ विभागले त्यही संयोजक पनि पाउन सकेका छैनन् ।


भ्रातृ संस्थाहरु मनपरी ढंगले चलेका छन् । नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत भएका छन् । तरुण दलमा ४०० केन्द्रीय सदस्य थपिएका छन् । लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन तदर्थवादमा चल्दा कार्यकर्ता खुसी छैनन् । कांग्रेसकै केन्द्रीय सदस्यहरु भ्रातृ संगठनको बैठक टुँडिखलमा राख्नुपर्ने अवस्था आएको बताउँछन् ।


देउवाले पार्टीलाई भद्रगोल बनारहँदा दुई महामन्त्रीको रुपान्तरण नीति भने फेल खाएको देखिन्छ । उपनिर्वाचनमा डा. स्वर्णिम वाग्ले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा आउँदा दुई महामन्त्री देउवाको बचाऊमा उत्रिए ।
वाग्लेले पार्टी छोड्ने स्थिति किन आयो भनेर उनीहरुले देउवासँग जवाफ माग्न सकेनन् । त्यसैले केन्द्रीय सदस्यहरुले थापा र शर्माले पनि शशांकको लय समातेको भन्न थालेका छन् । ‘दुई महामन्त्रीले उपनिर्वाचनमै आफ्नो हैसियत देखाइसकेका छन्,’ एक केन्द्रीय सदस्यले भने ।

 

 


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP