Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनलाई गलाउने शेखरको प्रयास निरन्तर
गगनलाई गलाउने शेखरको प्रयास निरन्तर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २८, २०८०
  • अनुपम फुडल्याण्डमा उपत्यका प्रेस युनियनले आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा शेखरलाई वरिष्ठ नेता भनी व्यंग्य कस्दै एक महिनायता बोलचालै नभएको बताएका थिए गगनले
  • दुई नेताबीचको दरार सम्बन्ध आइतबार अर्थात् मंसिर २४ गते भने ‘क्लाइमेक्स’मा आयो
  • बुधबारको बैठकपछि गगन निराश देखिँदा शेखर भने हँसिलो देखिन्थे । कारण, गगनलाई गलाउन सफल भएकोमा हो कि ?


काठमाडौं– नेपाली कांग्रेसमा पार्टीगत मर्यादाक्रम हेर्दा पार्टी संस्थापनइतरमा महामन्त्री गगन थापा पहिलो नम्बरमा देखिने नेता हुन् । तर १४ औं महाधिवेशनमा यो खेमाको नेतृत्व दाबी डा. शेखर कोइरालाले गरेका थिए । यसकारण पनि यो समूहका धेरै नेताहरुको रोजाइ कोइराला नै हुने गर्छ । विद्रोही स्वभावका गगन भने यो मान्न तयार देखिँदैनन् ।


कांग्रेस संसदीय दलको निर्वाचनमा गगनले शेखरलाई रोकेर पार्टी सभापति शेरबहादुर देउवासँग भिड्दै विद्रोह गरे । देउवा संसदीय दलको नेतामा निर्वाचित हुँदा आफ्नो समूहको पूरा मत नआएको भन्दै गगनले असन्तुष्टि जनाए, त्यो पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मामार्फत । शर्मा उनै नेता हुन् जसले संसदीय दलको नेता बन्न गगनलाई उक्साएका थिए ।
त्यही बेलाबाटै शेखर भने गगनलाई गलाउने प्रयासमा लागे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसबाट शेखरपक्षलाई दुई मन्त्री पर्दा गगनसँग छलफलै नगरी धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई सरकारमा पठाए । कतिपयले मोहनबहादुर बस्नेत पनि शेखरकै समूहबाट मन्त्री बन्न पुगेको पनि बताइन्छ । त्यसपछि गगन झनै आक्रोशित बने । सार्वजनिक मञ्चहरुमा गगन आफ्नै टिम बनाउने भन्दै गर्जिन थाले । यद्यपि गगन फेरि मत्थर बने । असोज २ मा शेखरले बोलाएको भेलामा उपस्थित भए ।

भेला बालुवाटारस्थित शेखरको सचिवालयमा बसेको थियो । केन्द्रीय समितिमा आफ्नो समूहबाट खरोसाथ देउवाविरुद्ध उत्रने एजेण्डा तय भयो । तर गगनबाहेक केन्द्रीय समितिमा अरुले खासै देउवाविरुद्ध आवाज उठाएनन् । त्यतिबेला डा. शेखर वरिष्ठ नेता बन्ने लबिइङमा थिए । कांग्रेसमा रामचन्द्र पौडेल राष्ट्रपति बनेयता उक्त पद खाली नै छ । गगनले यसमा लबिइङ गर्छन् कि भन्ने आशा डा. शेखरमा थियो । तर महामन्त्री थापाले कुनै लबिइङ गरेनन् ।


त्यसपछि शेखर–गगनको दूरी थप लम्बियो । असोजमा कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनेपछि थप सशंकित बने, गगन । कात्तिक २ गते उनले आफ्नो असन्तुष्टि सार्वजनिक मञ्चमै पोखे । अनुपम फुडल्याण्डमा उपत्यका प्रेस युनियनले आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा शेखरलाई वरिष्ठ नेता भनी व्यंग्य कस्दै एक महिनायता बोलचालै नभएको बताए गगनले । ‘वरिष्ठ नेताजीसँग एक महिनाजति भयो भेट नभएको । पत्रपत्रिकामा पढिरहेको छु,’ गगनले त्यतिबेला भनेका थिए ।


दुई नेताबीचको सम्बन्ध आइतबार अर्थात् मंसिर २४ गते ‘क्लाइमेक्स’मा आयो । शेखर पक्षले बैठक मंगलबारका लागि बैठक डाके । गगनलाई निम्तो दिन खोज्दा फोन उठेन । गगनले आफू मधेसमा निस्कने भएकोले भेलामा सहभागी हुन नसक्ने जनाउ दिए । आफूलाई डा. शेखरलाई सीधा सम्पर्क नगरी सचिवालयबाट फोन गएकोमा गगनको असन्तुष्टि रहेको बताइन्छ । त्यसपछि दुई नेतालाई मिलाउन अर्जुननरसिंह केसीले प्रयास गरे । सोमबार दुवै नेतालाई डाकेर गगनका ससुरासमेत रहेको केसीले तीन घण्टा आफ्नो निवासमा छलफल गरे । भदौ १७ गते यसरी नै केसीले भेला राख्दा शेखर उनको घर गएका थिएनन् । यसपटक भने शेखर केसीनिवास बूढानीलकण्ठ पुगे । त्यसपछि मंगलबारका लागि राखिएको भेला बुधबारका लागि स¥यो ।


बुधबार १ बजेका लागि डाकिएको बैठकमा गगन सबैभन्दा ढिला पौने २ बजेतिर आइपुगे । उनी भेलास्थल अनुपम फुडल्याण्ड पुग्दा सञ्चारकर्मीले घेरेपछि उनले खुसीसाथ भने– माइती आएजस्तो लाग्यो । गगनको यही बोलीबाट प्रस्ट हुन्छ उनी शेखर समूहबाट अन्माइसकेका नेता हुन् । अन्माइसकेका अर्थात् बिदा गरिएका । यस्तो अवस्थामा पनि एक देखिन उनी शेखरले डाकेको बैठकमा आइपुगे ।


करिब साढे दुई घण्टा चलेको बैठकको अन्तिममा गगनले आफ्नो असन्तुष्टि पोखे । ‘समूहभित्र संवादको कमी भयो भन्ने कुरा पनि उठ्यो । यसलाई नियमित गरौं भन्नेमा पनि छलफल भयो । कम छलफल हुँदा असमझदारी बढ्यो,’ बाहिर सञ्चारकर्मीसँग गगनले भने । भित्र बैठकमा भने गगनले आफूलाई युज एण्ड थ्रोका लागिमात्र आफ्नो खोजी भएको भन्दै डा. शेखरलाई चेतावनी दिएका थिए । ‘समूह एकताबद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं,’ गगनको भनाइलाई उद्धृत गर्दै एक नेताले भने । यसो त गगनले अब एक भएर शेखरलाई नै संसदीय दलको नेता बनाउने प्रयासमा लागिपर्नुपर्ने बताएका थिए । ‘हामी एकताबद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन,’ गगनको भनाइ उद्धृत गर्दै ती नेताले भने ।


संसदीय दलको नेताबाट देउवालाई हटाउन सक्ने अवस्था नभएको पटक–पटक डा. शेखरले नै बताउँदै आएका छन् । किनभने देउवाको पक्षमा अधिकतम मत छ । गत पुसमा भएको निर्वाचनमा देउवाले ६४ मत पाउँदा थापाले २५ मतमात्र पाएका थिए । यस्तो अवस्थामा गगनले शेखरलाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको यात्रामा लाग्न आग्रह गरेका हुन् । बुधबारको बैठकबाट निस्कँदा गगन निराश देखिँदा शेखर भने हँसिलो देखिन्थे । कारण, गगनलाई गलाउन सफल भएकोमा हो कि ? यसको जवाफ भने आगामी राजनीतिक फेरबदलले बताउँला ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP