Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अदालत भन्छ– नागरिकता देऊ, सिडिओ भन्छ– मिल्दैन
नागरिकताविहीनको आँसुमा डुबुल्की अदालत भन्छ– नागरिकता देऊ, सिडिओ भन्छ– मिल्दैन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, मंसिर २८, २०८०

अदालतमा मुद्दा जितें । त्यसपछि आदेश लिएर गएँ (जिल्ला प्रशासन काठमाडौं) । हुँदैन अरे । बुबाको नागरिकता चाहिन्छ भनियो । ४५ वर्षदेखि बेपत्ता छन् । मेरो हकमा पनि बुबाआमाको नागरिकता मागियो तर घर नै मलाई थाहा छैन । 
सानुमाया क्षेत्री (६७)
चण्डोल, काठमाडौं

अदालतको नागरिकता दिनू भन्ने फैसला कार्यान्वयन नै भएन । मलाई एक दिन हामी आफैं थाहा दिने भनियो । भर्खरै फोन गरेर अदालतको आदेशको भरमा नागरिकता दिनु मिल्दैन भनियो । नागरिकता नहुँदा न पढ्न पाइयो । न रोजगारी गर्नै ।
नेहा थापा (२५)
गट्ठाघर, भक्तपुर

सिडिओ कार्यालयले बुवाआमा लिएर आउन भन्छ । म कहाँ जाने खोज्न ? बुबा म जन्मिएकै दिनदेखि बेपत्ता हुनुहुन्छ । आमाचाहिँ म चार–पाँच महिना भएको बेलादेखि । म हुर्केकै मावली घरमा हो ।
अविनाश थापा (३१) 
काठमाडौं
 


काठमाडौं– मुद्दा मामिलाको रोहमा अदालतले जारी गरेको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्ने प्रावधान संविधानमा छ । संविधानको धारा १२६ को (२) मा उल्लिखित यही प्रावधानको सरकारले नागरिकता वितरणको सन्दर्भमा भने बारम्बार खिल्ली उडाइरहेको छ ।

Hardik health


नागरिकताविहीनहरूले विभिन्न समयमा दायर गरेको रिटमा ‘नागरिकता पाउन योग्य देखिएको’ फैसला गर्दै ‘आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता दिनू’ भन्ने आदेश अदालतले गरेको छ । फैसला कार्यान्वयन निर्देशनालयले सोही फैसलाका आधारमा जिल्ला प्रशासन कार्यालयहरूलाई फैसला कार्यान्वयनका लागि निर्देशनसमेत दिएको छ ।


तर, जिल्ला प्रशासन कार्यालयहरू फैसलाअनुसार नागरिकता वितरण गर्न अटेर गर्छन् । जसले गर्दा नागरिकताविहीनहरू प्रभावित छिन् । त्यसमध्येमै पर्छिन्– काठमाडौंको चण्डोल बस्ने ६७ वर्षीया सानुमाया क्षेत्री । १७ फागुन २०७९ मा सर्वोेच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र डा. कुमार चुँडालको संयुक्त इजलासले सानुमाया र उनका छोराले नेपाली नागरिकताको प्रमाणपत्र पाउने फैसला गर्दै नागरिकता दिनू भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा आदेश दियो । तर, आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता अझैसम्म दिएन । सानुमायाका अनुसार नागरिकता नदिनका लागि आनाकानी गरिरहेको छ । यसप्रति सानुमाया दुःखी छिन् । सरकारले आफूलाई अनागरिक बनाएको भन्दै उनले दुःखेसो पोखिन् । 


‘अदालतमा मुद्दा जितें । त्यसपछि आदेश लिएर गएँ (जिल्ला प्रशासन काठमाडौं) । हुँदैन अरे,’ आँखा टिलपिल पार्दै सानुमायाले प्रभावसँग भनिन्, ‘बुबाको नागरिकता चाहिन्छ भनियो । ४५ वर्षदेखि बेपत्ता छन् । मेरो हकमा पनि बुबाआमाको नागरिकता मागियो । मलाई अझ घर नै थाहा छैन ।’ 


सर्वोच्चको आदेश बोकेर उनी पटक–पटक जिल्ला प्रशासन कार्यालय पुगिन् । यसबीचमा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर भए । तर, सबै प्रमुख जिल्ला अधिकारीहरूले बारम्बार भनिरहे– ‘छोराको हकमा जन्मदर्तामा बुबाको नाम रहेछ । बुबाको नागरिकता चाहिन्छ र तपाईंले नागरिकता पाउन पनि तपाईंको बुबाको नागरिकता चाहिन्छ ।’


सानुमायाको श्रीमान् ४२ वर्षदेखि बेपत्ता छन् । जीवित छन् कि मृत्यु भइसक्यो अत्तोपत्तो छैन । बुबा खोज्न गएका कान्छो छोरा सुविन पनि बेपत्ता नै छन् । नागरिकता नबनाइदिएको भन्दै गुनासो गर्ने जेठो छोरो र बुहारी पनि बेपत्ता छन् । नागरिकताकै कारण सानुमायाको परिवार तहसनहस भएको छ । 


सानुमाया भन्छिन्, ‘मेरो सम्पर्कमा कोही पनि छैन । म एक्लै छु । हिँड्न पनि त्यति सक्दिनँ ।’
सुनिएअनुसार उनी जन्मेको काभ्रेको धुमखर्क हो । तर, बालखैमा खै कसरी काठमाडौं छिरेको भन्ने उनी बाटो थाहा नपाएर घर फर्किनन् । काठमाडौंमै घरजम भयो । दुई छोरा र एक छोरी भए । छोराछोरी सानै छँदा श्रीमान् बेपत्ता भएपछि सानुमायाको दुःखको दिन सुरु भएको हो । अहिले उनी सर्वोच्चको आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता नदिँदा दुःखी छिन् । 


तर, यस्तो दुःख ब्यहोर्ने सानुमाया एक्ली भने हैनन् । भक्तपुरको गट्ठाघर बस्दै आएकी २४ वर्षीया नेहा थापा र उनकी बहिनी नीकिता थापाले पनि उस्तै सास्ती ब्यहोरिरहेका छन् । नागरिकता पाउन उनीहरूले गरेको संघर्ष कम दुःखदायी छैन । आँखा टिलपिल पार्दै नेहाले उच्च अदालत पाटनको फैसलाअनुसार नागरिकता नपाएकै कारण पढ्नदेखि रोजगारीसम्मै समस्या भएकाले जिन्दगी नै घाँडो लाग्न थालेको सुनाइन् ।


‘जिल्ला प्रशासन कार्यालय भक्तपुरले अदालतको नागरिकता दिनू भन्ने फैसला कार्यान्वयन नै गरेन । मलाई एक दिन हामी आफैं थाहा दिने भनियो । भर्खरै फोन गरेर अदालतको आदेशको भरमा नागरिकता दिनु मिल्दैन भनियो,’ उनले भनिन्, ‘नागरिकता नहुँदा न पढ्न पाइयो । न रोजगारी गर्नै । खै के भन्नु जिन्दगी...।’


नेहाका अनुसार कक्षा ८ मा विद्यालयले जन्मदर्ता चाहिने भनेको थियो । त्यसपछि बनाएको जन्मदर्तामा बुबाको नाम राजेन्द्र थापा उल्लेख गरियो । अहिले जन्मदर्तामा बुबाको नाम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनको नागरिकता जसरी पनि ल्याउनु  भन्ने गरेको छ । जबकि, राजेन्द्र भने दुई दशकअघि नै नागरिकतासहित बेपत्ता छन् । यसकारण राजेन्द्रको नागरिकता पेस गरेर नागरिकता प्राप्त गर्न नेहा र उनकी बहिनी नीकिता असमर्थ छन् । र, १७ असार २०७९ मा उच्च अदालत पाटनका न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र धीरबहादुर चन्दको संयुक्त इजलासले नेहा र निष्ठाको जन्मदर्तामा राजेन्द्र थापा बुबाको रूपमा रहेको र आमा रश्मीले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको देखिएकाले उनीहरूले नागरिकता पाउने फैसला गरेको थियो । 


फैसलामै जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई नागरिकता प्राप्तिका लागि निवेदन प्राप्त भए बुझ्नपर्ने केही भए बुझेर आवश्यक प्रक्रिया पु¥याइ नागरिकता दिन निर्देशनात्मक आदेश दिएको छ । तर, जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता प्राप्तिका लागि निवेदन दिँदा पनि नेहा र नीकितालाई दिएकै छैन । 


काठमाडौंका ३१ वर्षीय अविनाश थापाले पनि सर्वोच्च अदालतको फैसलालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यान्वयन गरेको भए नागरिकता पाइसक्थे । तर, फैसला कार्यान्वयन भएकै छैन । बरु, अनेक बहाना बनाएर दुःख दिइरहेको अविनाश बताउँछन् । 


‘अदातलको पूर्णपाठ लिएर सिडिओ कार्यालय पटक–पटक गएँ । मैले मुद्दा जितेको छु । सिडिओ कार्यालयले बुवाआमा लिएर आउन भन्छ । म कहाँ जाने खोज्न ?,’ उनले भने, ‘बुबा म जन्मिएकै दिनदेखि बेपत्ता हुनुहुन्छ । आमाचाहिँ म चार–पाँच महिना भएको बेलादेखि । म हुर्केकै मावली घरमा हो । बुबाआमा कस्तो हुनुहुन्छ ? थाहा छैन ।’


कानुनविद्हरुका अनुसार न्यायालयले गरेको हरेक फैसला र दिएको आदेशलाई सरकारको जुनसुकै निकायले बाध्यात्मक रूपमा कार्यान्वयन गर्नैपर्छ । नगरिए अदालतको अवहेलना हुन्छ । यद्यपि, बाध्यकारी हुने फैसलाको कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालयहरूले गम्भीरता नदेखाएको उल्लेखित तथ्यहरूबाट पुष्टि हुन्छ । 


नागरिकताकै सवालमा लामो समयदेखि वकालत गर्दै आएकी महिला, कानुन र विकास मञ्च आबद्ध अधिवक्ता सुष्मा गौतम जिल्ला प्रशासन कार्यालयहरूले न्यायालयको फैसला कार्यान्वयन गर्न आनाकानी गरेर नागरिकताविहीनहरूमाथि खेलबाड गरिरहेको बताउँछिन् । उनले संविधानको धारा १० ले हरेक नेपाली नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार भए पनि जिल्ला प्रशासन कार्यालयहरू बाधक बनेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन् । 


‘सिडिओले अदालतको फैसला कार्यान्वयन गर्नैपर्छ । तर, कार्यान्वयन गर्न आनाकानी गरिन्छ । यो राम्रो होइन । हरेक नागरिकले पहिचान पाउनुपर्दैन ?,’ गौतमको प्रश्न छ । 


सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मी जिल्ला प्रशासन कार्यालयहरूलाई फैसला कार्यान्वयनका लागि पटक–पटक पत्राचार गरेको बताउँछन् । तर, कार्यान्वयन गर्दै नागरिकता दिन जिल्ला प्रशासनका कर्मचारीहरूले हिम्मत नगरेको उनले बताए । 


‘हामीले फैसला कार्यान्वयन गर्न आग्रह गर्ने हो । पत्राचारमार्फत पटक–पटक आग्रह गरेका छौं,’ उनले भने, ‘नगरे पौंठीजोरी खेल्ने त होइन ।’


अदालतको फैसला कार्यान्वयन नहुँदा नागरिकताविहीनहरू कति छन् ? कुनै तथ्यांक सरकारसँग छैन । तर, नागरिकताविहीनहरू नागरिकताका लागि वर्षौंदेखि सरकारसँग याचना गरिरहेका छन् । सर्वोच्च र उच्च अदालतले नागरिकता दिनू भन्दा पनि जिल्ला प्रशासन कार्यालयले मानेको छैन । जसले गर्दा थुप्रै नागरिकहरू देशमै अनागरिक बनेका छन् ।

 


प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP