Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावमा पराजितहरु राष्ट्रिय सभामा छिर्ने दाउमा
चुनावमा पराजितहरु राष्ट्रिय सभामा छिर्ने दाउमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २७, २०८०
  •  निर्वाचन आयोगले हालै निर्वाचनमा पराजित कुनै पनि उम्मेदवार पाँच वर्षका लागि कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रस्ताव ल्याएको थियो
  • नेपाली कांग्रेसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राष्ट्रिय सभा छिर्ने दाउमा छन् 
  • लगातार चुनाव र पार्टी निर्वाचन पनि हारेर कमजोर बनेका सिटौलालाई गगन थापा र प्रदीप पौडेलले पनि छाडेपछि राष्ट्रिय सभा अध्यक्ष जसरी बनिछाड्ने लबिइङमा छन्


काठमाडौं– राष्ट्रिय सभा निर्वाचन नजिकिएसँगै उम्मेदवार छनोटबारे चर्चा सुरु भएको छ । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको बिदाइ हुँदै छ । रिक्त स्थानका लागि निर्वाचन आयोगले माघ ११ गते चुनावको मिति तोकिसकेको छ ।
दलहरु यतिबेला कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले लगभग स्वीप गर्ने भएकोले एमालेलाई हाइसञ्चो देखिन्छ, यो विषयमा । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीमा भने उम्मेदवारको विषयमा रस्साकस्सी नै छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामालाई कतिपयले राष्ट्रिय सभाको निर्वाचनसँग जोडेका छन् । यता नेपाली कांग्रेसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राष्ट्रिय सभा छिर्ने दाउमा छन् ।


निर्वाचनमार्फत १९ जना आउने भएकोले कांग्रेसका श्रेष्ठ र सिटौला दुवै यही कोटामा उत्रन चाहेको बताइन्छ । सिटौला कोशीबाट उम्मेदवार बन्ने छन् भने श्रेष्ठ गण्डकीबाट । गठबन्धनको मतभार हेर्दा दुवै नेता सोझै निर्वाचित हुने देखिन्छ । 
कोशीमा एमालेको मतभार चार हजार २१० छ । गठबन्धनसँग पाँच हजार ४७४ मतभार छ । गण्डकीमा गठबन्धनको तीन हजार ७७० र एमालेको दुई हजार ४५८ मतभार छ । यसरी हेर्दा सिटौला र श्रेष्ठ दुवैजना निर्वाचित हुने देखिन्छ ।

जनमतको अटेर
कांग्रेसबाट चर्चामा आएका सिटौला सदस्य हुँदै राष्ट्रिय सभाको अध्यक्ष बन्ने दाउमा छन् । निर्वाचन आयोगले हालै निर्वाचनमा पराजित कुनै पनि उम्मेदवार पाँच वर्षका लागि कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रस्ताव ल्याएको थियो । निर्वाचन आयोगले एकपटक चुनाव हारेको व्यक्तिले पाँच वर्षसम्म अर्को चुनाव लड्न नपाउनेगरी कानुनमा संशोधनसहित संसद्मा पेस गरेको छ । ‘एकपटक चुनाव हारेको व्यक्ति फेरि उही पदका लागि उपचुनाव लड्नु भनेको जनादेशलाई अटेर गर्नु हो,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले त्यतिबेला भनेका थिए, ‘जसरी पनि संसद्मा पुग्नैपर्ने रोगले राजनीति विकृत भएको छ, त्यसको उपचारार्थ कानुनमै पाँच वर्षमा एकपटकमात्रै चुनाव लड्ने व्यवस्था ल्याउनुपरेको हो ।’ यसअघि उपेन्द्र यादव उपचुनाव लडेर प्रतिनिधिसभामा छिर्दा यो विषयले राजनीतिक बजार तताएको थियो ।


यद्यपि उक्त विधेयक ऐन बनेर आएको छैन । जसकारण पनि सिटौलालाई राष्ट्रिय सभाको सदस्य बन्न कुनै छेकबार नहुने बताइन्छ । यता कांग्रेसकै श्रेष्ठ पनि समानुपातिक सूचीको बन्द सूचीमा परेका नेता हुन् । पार्टीले डा. प्रकाशशरण महतलाई समानुपातिकबाट सांसद बनाएपछि श्रेष्ठ आउट भएका थिए । राष्ट्रिय सभा सदस्य बनेर अध्यक्ष बन्न श्रेष्ठ पनि तीव्र लबिइङमा लागेका छन् । उनले यसका लागि समानुपातिक बन्दसूचीबाट आफ्नो नाम हटाइसकेको राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

 

सिटौलाले देउवाबाट पाउलान् बक्सिस् ?
कुनैबेला गिरिजाप्रसाद कोइरालाले काखी च्यापेका सिटौला पछिल्लोपटक पार्टीमा भूमिकाविहीन छन् । लगातार चुनाव हार्दा र पार्टी निर्वाचन पनि हारेका उनको गुटमा पनि क्षयीकरण जारी छ । १३औं महाधिवशेनमा गगन थापा च्यापेका सिटौलालाई १४औंमा आइपुग्दा गगनले साथ छाडे । १४औंमा सिटौलाले प्रदीप पौडेललाई काखी च्यापेका थिए । तर केही समय नबित्दै प्रदीप शेखर खेमातिर ढल्किसकेका छन् । यसरी कमजोर बन्दै गएका सिटौलाले महाधिवेशनमा भने लगातार देउवालाई साथ दिँदै आएका छन् । 


कतै पनि अवसर नपाएका सिटौला यसपटक राष्ट्रपति बन्ने दाउमा थिए । तर उनका लागि रामचन्द्र पौडेल भारी बन्दा अब राष्ट्रिय सभाको अध्यक्ष पद पनि नछाड्ने अवस्थामा सिटौला पुगेको बताइन्छ । खासै भूमिका नभए पनि संवैधानिक परिषद्मा एक मत हुने भएकोले सिटौला जसरी पनि यो पदमा आउन रुचाएका छन् । सिटौला आफैं बोल्ने नेता भने होइनन् । अहिले कमजोर भन्दै गएपछि केही युवा नेताहरु बटुलेर टक सेन्टरमार्फत देशका विभिन्न स्थानमा पार्टीका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले आफू राष्ट्रिय सभामा आउन चाहने विषयमा कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापालाई बोल्न लगाएका छन् । 


कांग्रेसले राष्ट्रिय सभा सदस्यका उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा मंसिर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । उक्त बैठकमा देउवाले उम्मेदवारको नाम प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ । पार्टीमा लगातार असफल सिटौलाले यसपटक देउवाबाट ‘बक्सिस्’ पाउने आश गरेको बताइन्छ । 
राष्ट्रिय सभाबाट को–को हुँदै छन् बिदा ?
एमालेका दिलकुमारी रावल थापा ‘पार्वती’, रामचन्द्र राई, अध्यक्ष गणेश तिमिल्सेना, दीपा गुरुङ, कुमार दसौदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र इन्दु कडरियाको पदावधि सकिँदै छ । यसैगरी मनोनीत सांसद डा. विमला राई पौडेलको पनि पदावधि सकिँदै छ । उनी एमाले नेतृ हुन् ।


कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र अनिता देवकोटाको पदावधि सकिँदै छ  । यता माओवादीका बिना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुने छन् भने एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र नन्दा चपाईंको पदावधि सकिँदै छ । मधेस प्रदेशबाट जसपाका प्रमिला कुमारी र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको फागुन २० गते बिदाइ हुने छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP