Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखर गगन जोड्ने कसरतमा केसी
शेखर गगन जोड्ने कसरतमा केसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २६, २०८०

 

  • आजका लागि डाकिएको बैठकमा नजाने गगनको अड्डीपछि डा शेखर बैठक सार्न राजी
  • दुई नेताबीच बढेको टकराव मत्थर गराउन गगनका ससुरासमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रयास
  • पछिल्लो समय केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएपछि शेखरसँग गगन असन्तुष्ट बनेका थिए

काठमाडौं– डा शेखर कोइराला र महामन्त्री गगन थापाको टकरावका कारण कांग्रेस संस्थापनइतर कमजोर बन्दै गएपछि अर्जुन नरसिंह केसी यो समूह मिलाउन लागिपरेको छ । मंगलबारका लागि डा शेखरले डाकेको बैठकमा गगनले असन्तुष्टि जनाएपछि केसीले सोमबार साँझ दुबैलाई डाकेर टकराव मत्थर गराउने सुत्र खोजे ।


उक्त भेटपछि शेखरले बैठक बुधबारका लागि सारिएको छ । बैठकमा गगनसमेत आउने पक्का भएको सहमहामन्त्री जीवन परियारले बताए । ‘बैठक एक दिनका लागि सारिएको हो । महामन्त्री थापा पनि आउनुहुन्छ,’ परियारले भने । 
नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्, जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् ।


संघीय मन्त्रिपरिषद गठनबाटै संस्थापनइतरमा बेमेल शुरु भइसकेको थियो । कोशीमा केदार कार्की मुख्यमन्त्री बनेयता दुई नेताको दुरी झन बढ्न थालेको हो ।


पार्टीमा सभापति शेरबहादुर देउवाको मनपरी बढेको भन्दै एक भएर महाधिवेशन उत्रेका दुई नेताको अहिले बोलचाल नै बन्द थियो । देउवाले महासमिति बैठक पटक–पटक सारेपछि शेखर पक्षले मंगलबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक डाकेका थिए । उक्त बैठकमा गगनको उपस्थिति हुनुपर्ने माग संस्थापनइतरका युवा नेताहरूले गरेका थिए । देउवाको एकलौटीविरुद्ध १४औं महाधिवेशनमा डा. शेखर र गगन ‘टिम अप’ गरी भिडेका थिए ।


सभापतिमा देउवाले जित निकाल्दा महामन्त्रीमा गगन निर्वाचित भए । कोशी प्रदेशमा शेखर समूहका नेता केदार कार्की मुख्यमन्त्री भएसँगै शेखर गगनको दुरी झनै बढेको हो । कोशी प्रकरणमा असन्तुष्ट जनाएका गगनले आफूले महिना दिनयता नेता शेखरलाई नभेटेको भन्दै कात्तिक २ गते असन्तुष्टि पोखेका थिए । अनुपम फुडल्यान्डमा आयोजित एक कार्यक्रममा गगनले भनेका थिए, ‘वरिष्ठ नेताजीसँग एक महिना जति भयो भेट नभएको । पत्रपत्रिकामा पढिरहेको छु ।’ 
ठिक एक महिनाअघि असोज २ गते डा शेखरले आफ्नो सचिवालय बालुवाटारमा आफू इतरका नेताहरूको भेला डाकेका थिए । उक्त बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि निम्तो दिइएको थियो । दुबै जना अनुपस्थित हुँदा गगन भने बैठकमा पुगेका थिए । 


यही विषयमा कोशीका मुख्यमन्त्री कार्कीले ओखलढुंगा पुगेर गगनमाथि असन्तुष्टि पोखेका थिए । मंसिर १९ गते ओखलढुंगामा भएको कांग्रेसको जिल्ला सम्मेलनमा थापालाई लक्षित गर्दै कार्कीले भनेका थिए, ‘अरूले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन। बोमिट आयो ।’ कोशीमा एमालेसँग गठबन्धन गरी कांग्रेसले माओवादीबाट मुख्यमन्त्री आफ्नो पोल्टामा पारेको थियो । सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि शेखर पक्षले विद्रोह गरी कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । पछि कार्कीलाई गठबन्धनले नै मुख्यमन्त्री स्वीकारिसकेको छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP