Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सामुदायिक ‘होमस्टे’ मारुनी नाच संरक्षणमा
सामुदायिक ‘होमस्टे’ मारुनी नाच संरक्षणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २५, २०८०

वालिङ -  गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए ।  उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो ।

गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरेका यहाँका बासिन्दाले आफ्नो भाषाशैली तथा संस्कृतिलाई जोगाइराख्नका लागि नयाँ पुस्तालाई अभिप्रेरित गर्दै आएको घरबास (होमस्टे) का अध्यक्ष भुपेन गुरुङले बताए  ।

“हाम्रो संस्कार संस्कृतिको संरक्षण त्यतिबेलामात्रै हुन्छ जतिबेला नयाँपुस्तालाई हस्तान्तरण गर्न सकिन्छ”, उनले भने, “नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नका लागि गाउँमै रहेका ज्येष्ठ बुवाआमाले आफ्ना नातिनातीनालाई प्रशिक्षण दिए, जसको फलस्वरुप ससाना भाइबहिनी नाचगान तथा वाद्यवादन गर्नसक्ने भएका छन् ।”

विशेषगरी गुरुङ समुदायमा प्रचलित रहेको मारुनी तथा ख्याली नाँच र त्यसमा प्रयोग हुने बाजा बजाउन युवा पुस्तालाई सिकाउने गरी प्रशिक्षण दिइएको अध्यक्ष गुरुङले बताए । उमेरले चार बीस पुग्नुभएका स्थानीय नैनाबहादुर गुरुङ तथा ७१ वर्षीय बौबहादुर गुरुङ आफँै सहभागी भई नातिनातीनालाई मारुनी, ख्याली तथा वाद्यवादन सिकाएका हुन्  ।

Hardik health

गाउँमा आउने पाहुनाहरुलाई अन्य गीत सङ्गीतभन्दा पनि आफ्नै मौलिक कलासंस्कृति प्रदर्शन गर्नसकेमा संस्कृति संरक्षण हुने देखेर प्रशिक्षण गरिएको घरबासका सचिव तिलक गुरुङले बताए ।हजुरबुवा, हजुरआमा तथा नातिनातीनाहरु एउटै मञ्चमा उपस्थित भई नाच गान गर्दाको क्षण साँच्चिकै त्यहाँ पुग्ने पाहुनाका लागि निकै मनमोहक र रोमाञ्चक देखिन्थ्यो ।

एकहत्तर वर्षीय बौबहादुर गुरुङ आफँै मादल बजाउँदै बडो फुर्तिलो तरिकाले नाँच्दै नयाँ पुस्तालाई सिकाउँदै गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि संस्कृति संरक्षणमा अन्तरमनैदेखि चासो छ । आफ्ना बाउबाजेबाट सिकेको सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिएन भने कुनै दिन हाम्रो संस्कृति लोप भएर जानसक्ने भएकाले नयाँ पुस्तालाई मारुनी नाँच संरक्षणमा सहभागी गराइएको बौबहादुर गुरुङले बताए ।

“मारुनी नाच रामायण र कृष्ण चरित्र कथामा आधारित रहेर नाँच्ने गरिन्छ”, उनले भने, “नयाँ पुस्ताले पनि सक्रियताकासाथ सिकिरहेका छन्, अहिले पाहुनालाई तिनै नाच सांस्कृतिक कार्यक्रममा देखाउने गर्छौं ।” आफ्ना हजुर बुवा हजुरआमाहरुसित सँगै एउटै मञ्चमा सिक्दै नाँच्न पाउनु आफूहरुका लागि गौरवको कुरा भएको रोजिना रानाले बताए । हजुरबुवा, हजुरआमाहरुसित नाँच्दै गाउँदै गर्दा मारुनी र ख्यालीसम्बन्धी गाउन र नाच्नसक्ने भएको उनको भनाइ थियो  ।

यहाँ २०६८ सालदेखि पाहुना राख्न थाले पनि २०७६ सालमा विधिवत्रुपमा दर्ता गरी घरबास सञ्चालनमा आएको रोजिनाको भनाइ थियो । स्याङ्जाको वालिङ बजारबाट झण्डै सात किलोमिटरको दूरीमा पर्ने पित्लेक डाँडामा अवस्थित छ पित्लेक देउराली सामुदायिक घरबास (होमस्टे) । अधिकांश गुरुङ र केही मगर समुदायको बसोबास रहेको पित्लेक वालिङ बजारबाट सबैभन्दा नजिकको दूरीमा रहेको घरबास हो । पहाडको टाकुरामा रहेको पित्लेक सांस्कृतिक, पर्यटकीय एवं कृषिका लागि प्रचुर सम्भावना भएको गाउँ पनि हो ।

गुरुङ तथा मगर समुदायको पोशाकमा लामबद्ध भई गाउँमा आएका पाहुनालाई फूलमाला तथा अबिरद्वारा स्वागत गर्न त्यहाँका आमाहरुलाई भ्याइनभ्याइ हुन्छ । पाहुनाहरुलाई पारिवारिक वातावरणमा स्वागत सत्कार तथा बसोबासको व्यवस्था मिलाइने भएकाले पनि कतिपय बिदाइका क्षण नरमाइला हुने गरेको स्मरण स्थानीय ज्येष्ठ नागरिक महेश गुरुङले बताए ।  ।

“देश तथा विदेशबाट आएर यहाँ बस्ने पाहुना घरपरिवारकै सदस्य जस्तै भएर बस्ने गर्नुहुन्छ”, उनले भने, “बिदाइ गर्ने दिन घरकै सदस्यलाई पठाएजस्तो हुँदा नरमाइलो पनि हुनेरहेछ ।” यो घरबासमा साठी जनासम्मको आवास सुविधा रहेको छ । पहाडको टाकुरामा रहेकाले पनि यहाँबाट अन्यत्रका धेरै ठाउँसहित मनमोहक हिमदृश्य सजिलै देख्न सकिन्छ । वालिङ बजारबाट केही कालोपत्रै र केही कच्ची सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । यहाँसम्म पुग्ने कच्ची सडक कठिन र ग्रेडिङ नमिलेको उकालो भएकाले यसको स्तरोन्नतिका लागि स्थानीयले माग गरेका छन् ।
 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP