Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सामुदायिक ‘होमस्टे’ मारुनी नाच संरक्षणमा
सामुदायिक ‘होमस्टे’ मारुनी नाच संरक्षणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २५, २०८०

वालिङ -  गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए ।  उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो ।

गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरेका यहाँका बासिन्दाले आफ्नो भाषाशैली तथा संस्कृतिलाई जोगाइराख्नका लागि नयाँ पुस्तालाई अभिप्रेरित गर्दै आएको घरबास (होमस्टे) का अध्यक्ष भुपेन गुरुङले बताए  ।

“हाम्रो संस्कार संस्कृतिको संरक्षण त्यतिबेलामात्रै हुन्छ जतिबेला नयाँपुस्तालाई हस्तान्तरण गर्न सकिन्छ”, उनले भने, “नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नका लागि गाउँमै रहेका ज्येष्ठ बुवाआमाले आफ्ना नातिनातीनालाई प्रशिक्षण दिए, जसको फलस्वरुप ससाना भाइबहिनी नाचगान तथा वाद्यवादन गर्नसक्ने भएका छन् ।”

विशेषगरी गुरुङ समुदायमा प्रचलित रहेको मारुनी तथा ख्याली नाँच र त्यसमा प्रयोग हुने बाजा बजाउन युवा पुस्तालाई सिकाउने गरी प्रशिक्षण दिइएको अध्यक्ष गुरुङले बताए । उमेरले चार बीस पुग्नुभएका स्थानीय नैनाबहादुर गुरुङ तथा ७१ वर्षीय बौबहादुर गुरुङ आफँै सहभागी भई नातिनातीनालाई मारुनी, ख्याली तथा वाद्यवादन सिकाएका हुन्  ।

Hardik health

गाउँमा आउने पाहुनाहरुलाई अन्य गीत सङ्गीतभन्दा पनि आफ्नै मौलिक कलासंस्कृति प्रदर्शन गर्नसकेमा संस्कृति संरक्षण हुने देखेर प्रशिक्षण गरिएको घरबासका सचिव तिलक गुरुङले बताए ।हजुरबुवा, हजुरआमा तथा नातिनातीनाहरु एउटै मञ्चमा उपस्थित भई नाच गान गर्दाको क्षण साँच्चिकै त्यहाँ पुग्ने पाहुनाका लागि निकै मनमोहक र रोमाञ्चक देखिन्थ्यो ।

एकहत्तर वर्षीय बौबहादुर गुरुङ आफँै मादल बजाउँदै बडो फुर्तिलो तरिकाले नाँच्दै नयाँ पुस्तालाई सिकाउँदै गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि संस्कृति संरक्षणमा अन्तरमनैदेखि चासो छ । आफ्ना बाउबाजेबाट सिकेको सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिएन भने कुनै दिन हाम्रो संस्कृति लोप भएर जानसक्ने भएकाले नयाँ पुस्तालाई मारुनी नाँच संरक्षणमा सहभागी गराइएको बौबहादुर गुरुङले बताए ।

“मारुनी नाच रामायण र कृष्ण चरित्र कथामा आधारित रहेर नाँच्ने गरिन्छ”, उनले भने, “नयाँ पुस्ताले पनि सक्रियताकासाथ सिकिरहेका छन्, अहिले पाहुनालाई तिनै नाच सांस्कृतिक कार्यक्रममा देखाउने गर्छौं ।” आफ्ना हजुर बुवा हजुरआमाहरुसित सँगै एउटै मञ्चमा सिक्दै नाँच्न पाउनु आफूहरुका लागि गौरवको कुरा भएको रोजिना रानाले बताए । हजुरबुवा, हजुरआमाहरुसित नाँच्दै गाउँदै गर्दा मारुनी र ख्यालीसम्बन्धी गाउन र नाच्नसक्ने भएको उनको भनाइ थियो  ।

यहाँ २०६८ सालदेखि पाहुना राख्न थाले पनि २०७६ सालमा विधिवत्रुपमा दर्ता गरी घरबास सञ्चालनमा आएको रोजिनाको भनाइ थियो । स्याङ्जाको वालिङ बजारबाट झण्डै सात किलोमिटरको दूरीमा पर्ने पित्लेक डाँडामा अवस्थित छ पित्लेक देउराली सामुदायिक घरबास (होमस्टे) । अधिकांश गुरुङ र केही मगर समुदायको बसोबास रहेको पित्लेक वालिङ बजारबाट सबैभन्दा नजिकको दूरीमा रहेको घरबास हो । पहाडको टाकुरामा रहेको पित्लेक सांस्कृतिक, पर्यटकीय एवं कृषिका लागि प्रचुर सम्भावना भएको गाउँ पनि हो ।

गुरुङ तथा मगर समुदायको पोशाकमा लामबद्ध भई गाउँमा आएका पाहुनालाई फूलमाला तथा अबिरद्वारा स्वागत गर्न त्यहाँका आमाहरुलाई भ्याइनभ्याइ हुन्छ । पाहुनाहरुलाई पारिवारिक वातावरणमा स्वागत सत्कार तथा बसोबासको व्यवस्था मिलाइने भएकाले पनि कतिपय बिदाइका क्षण नरमाइला हुने गरेको स्मरण स्थानीय ज्येष्ठ नागरिक महेश गुरुङले बताए ।  ।

“देश तथा विदेशबाट आएर यहाँ बस्ने पाहुना घरपरिवारकै सदस्य जस्तै भएर बस्ने गर्नुहुन्छ”, उनले भने, “बिदाइ गर्ने दिन घरकै सदस्यलाई पठाएजस्तो हुँदा नरमाइलो पनि हुनेरहेछ ।” यो घरबासमा साठी जनासम्मको आवास सुविधा रहेको छ । पहाडको टाकुरामा रहेकाले पनि यहाँबाट अन्यत्रका धेरै ठाउँसहित मनमोहक हिमदृश्य सजिलै देख्न सकिन्छ । वालिङ बजारबाट केही कालोपत्रै र केही कच्ची सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । यहाँसम्म पुग्ने कच्ची सडक कठिन र ग्रेडिङ नमिलेको उकालो भएकाले यसको स्तरोन्नतिका लागि स्थानीयले माग गरेका छन् ।
 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP