Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘हाम्रा कोही शत्रु छैनन्’ : ओली
‘हाम्रा कोही शत्रु छैनन्’ : ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २४, २०८०

त्रिशूली  - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्  । शनिबार राति नुवाकोट पुगेका अध्यक्ष ओलीले आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा  साे बताएका हुन् । 

‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा आइतबार नुवाकोटमा अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताएका छन् ।  “हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”

अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गरे  ।

पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहेका अध्यक्ष ओलीले ‘अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाए । “काम गरेको केही देखिएन । उनले भने, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पश्चिम नेपालको बैतडीस्थित झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्याङसम्मको भ्रमणमार्फत ‘सम्बन्ध स्थानीय: सन्देश राष्ट्रिय’ दिन नेकपा (एमाले) केन्द्रित रहेको छ । बैतडीस्थित झुलाघाटबाट सुरु भएको यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्षसहितको केन्द्रीय पदाधिकारीको समूहले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पुर्‍याए पश्चात पुनःनिर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकनसहित आजै सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP