Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभामा लगातार शक्ति गुमाउँदै एमाले
राष्ट्रिय सभामा लगातार शक्ति गुमाउँदै एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २२, २०८०
  • ५९ सदस्यीय राष्ट्रिय सभामा कुनै बेला ३० सदस्यसहित बहुमतमा रहेको एमालेको विस्तारै शक्ति क्षय हुँदै 
  • अहिलेको राजनीतिक समिकरणका कारण फागुन २० गते रिक्त हुने २० सिटमध्ये १९ जनाका लागि माघ ११ हुने चुनावबाट भने एमाले पहिलो दलबाट तेस्रो दल बन्ने निश्चित
  • ७ वटै प्रदेशका ५५० सदस्य र ७५३ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभारमा एमालेको मतभार १७ हजार २६ छ भने गठबन्धनको मतभार ३५ हजार ६३३ 

काठमाडौं– फागुन २० मा रिक्त हुने पदका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गतेका लागि तोकिएका छ । यदि सत्ता गठबन्धनमा तालमेल भए र मत क्रस नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकीकृत समाजवादी भन्दा कमजोर हुने पक्कापक्की भएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा कुनै बेला ३० सदस्यसहित बहुमतमा रहेको एमालेको विस्तारै शक्ति क्षय हुँदै गएको हो । २०७८ भदौमा नेकपा विभाजनबाट ७ र चुनावबाट ७ गरि १४ सांसद गुमाएर १६ सिटमा खुम्चदा पनि एमाले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल थियो । यतिमात्र हैन यहाँ मनोनित डा विमला राई पौडेल र वामदेव गौतम गरी १८ सदस्य एमालेको रहेको छ ।

तर, अहिलेको राजनीतिक समिकरणका कारण फागुन २० गते रिक्त हुने २० सिटमध्ये १९ जनाका लागि माघ ११ हुने चुनावबाट भने एमाले पहिलो दलबाट तेस्रो दल बन्ने निश्चित भएको छ । एक जना भने राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्नेछन् ।

अहिले कस्तो छ उपस्थिति ?
राष्ट्रिय सभामा अहिले एमाले १६ सिटसहित पहिलो दल हो । मनोनित २ जोड्दा १८ पुग्छ । त्यसपछि माओवादी केन्द्र १४ सिटसहित दोस्रो(मनोनित नारायणप्रसाद दाहाल जोड्दा १५), कांग्रेस १० सिटसहित तेस्रो दल रहेको छ । एकीकृत समाजवादी ८ सिटसहित चौथो रहेको छ ।

राष्ट्रिय सभाबाट को–को हुँदैछन् बिदा ?
एमालेका दिलकुमारी रावल थापा ‘पार्वती’, रामचन्द्र राई, अध्यक्ष गणेश तिमिल्सेना, दीपा गुरुङ, कुमार दसौदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र इन्दु कडरियाको पदावधि सकिँदै छ । यसैगरी मनोनित सांसद डा विमला राई पौडेलको पनि पदावधि सकिँदैछ ।

कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र अनिता देवकोटाको पदावधि सकिँदै छ  । यता माओवादीका बिना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुनेछन् भने एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र नन्दा चपाईको पदावधि सकिँदै छ ।जसपाका मधेस प्रदेशबाट प्रमीला कुमारी र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको फागुन २० गते बिदाई हुने छ । 

गठबन्धनको बाँडफाँड कस्तो होला ?
नेताहरुका अनुसार अब हुने निर्वाचनमा पार्टीको उपस्थितिअनुसार सिट संख्यामा सहमति गरिनेछ । जसअनुसार कांग्रेसले ११, माओवादीले ४, एकीकृत समाजवादीले ३, जनता समाजवादी पार्टीले १ पाउने सम्भावना छ । यसैगरी एक मनोनित सदस्य कांग्रेसबाटै लिने बताइएको छ । 

एमालेले यसरी गुमाउँदैछ सिट
राष्ट्रियसभा निर्वाचन प्रत्यक प्रदेशमा छुट्टाछुट्टै हुनेछ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष मतदाता हुन्छन् ।यसपटक स्थानीय प्रतिनिधिको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार तोकिएको छ ।
७ वटै प्रदेशका ५५० सदस्यको २९ हजार १५० र ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको २८ हजार ६१४ गरी जम्मा मतभार ५७ हजार ७६४ छ ।

जसमध्ये एमालेको मतभार १७ हजार २६ छ भने गठबन्धनको मतभार ३५ हजार ६३३ छ । यो मतभारका आधारामा एमाले गठबन्धनसँग राष्ट्रिय सभाको निर्वाचनमा जित निकाल्न मुस्किल छ ।एमाले कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । प्रदेशसभाको ठूलो दल भए पनि एमालेले राष्ट्रिय सभाका उम्मेदवारलाई जिताउन सक्ने देखिन्न । कोशीमा २ सिटका लागि चुनाव हुनेछ ।

कोशीमा एमालेको मतभार ४ हजार २१० छ । गठबन्धनसँग कोशीमा ५ हजार ४७४ मतभार छ । मधेशमा २ सिटका लागि चुनाव हुँदैछ । मधेशमा पनि एमालेलाई गठबन्धनले पराजित गर्ने देखिन्छ । गठबन्धनसँग ८ हजार १५८ मतभार छ भने एमालेसँग २ हजार ३०२ मात्रै छ । बागमतीमा रिक्त हुने ४ सिटका लागि चुनाव हुनेछ । यहाँ पनि अरु प्रदेश जस्तै एमालेको मतभार गठबन्धनको भन्दा निकै कम भएकाले एमाले जित्ने देखिन्न । गठबन्धनको ६ हजार ७८९ र एमालेको २ हजार ५७१ मतभार छ । 

गण्डकी प्रदेशमा ३ सिटका लागि चुनाव हुनेछ । एमाले गण्डकीमा पनि कमजोर अवस्थामा छ । यहाँ गठबन्धनको ३ हजार ७७० र एमालेको २ हजार ४५८ मतभार छ ।लुम्बिनीमा २ सिटका लागि चुनाव हुनेछ । यहाँ गठबन्धनको ५ हजार ४५४ र एमालेको २८१० मतभार छ । कर्णालीमा ३ सिटका लागि मतदान हुँदैछ । यहाँ गठबन्धनको ३ हजार ७०७ र एमालेको १ हजार १९५ मतभार छ । एमाले र गठबन्धन बाहेकको मतभार २२० छ । सुदूरपश्चिममा ३ सिटका लागि मतदान हुनेछ । एमालेको अवस्था सूदूरपश्चिममा पनि कमजोर छ । एमालेको १ हजार ४८० र गठबन्धनको ४ हजार २४५ मतभार छ । 

राष्ट्रिय सभामा कुन दलको उपस्थिति कस्तो रहला ?
दल    अहिले     फागुन २० पछि
नेकपा एमाले    १८    ९
माओवादी केन्द्र    १५    १६
नेपाली कांग्रेस    १०    १८
एकीकृत समाजवादी    ८    ८
जनता समाजवादी    ३    ३


 


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP