Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपामा पनि आर्थिक विचलन !
रास्वपामा पनि आर्थिक विचलन !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २२, २०८०
  •  प्राप्त उजुरीहरूको छानबिनपछि आयोगले नेताहरू आर्थिक विचलन र दुव्र्यबहारका घटनामा मुछिएको तथ्य सार्वजनिक
  •  प्रोटोकलमा रही पार्टी नेतृत्वको आदेश र निर्देशनलाई तहगतरूपमा गम्भीरतापूर्वक पालन कम गरेको पाइएको उल्लेख

काठमाडौं– गत निर्वाचनबाट जनमतको आधारमा वैकल्पिक शक्तिको रूपमा देखिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू आर्थिक विचलन र दुव्र्यवहारका घटनामा जोडिएको तथ्य सार्वजनिक भएको छ । डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण आयोगले प्राप्त उजुरीहरूको छानबिन गरेर सार्वजनिक गरेको निष्कर्ष प्रतिवेदनमा यस्तो विवरण उल्लेख छ ।

आयोगले प्राप्त ६० वटाभन्दा बढी उजुरीहरूको छानबिन गरेको जनाएको छ । त्यसमध्येमै पर्छ,  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको चर्चित अडियो टेप प्रकरण ।गत वर्षको १० पुसमा गठित माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बन्न पार्टीको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै श्रेष्ठले प्रसाईंसँग दुई करोड मागेको अडियोमा सुनिएको थियो । अनुशासन आयोगले यो घटनालाई आर्थिक विचलनयुक्त घटना भनेको छ ।

अडियो टेप सार्वजनिक भएकै कारण तत्कालीन सांसद श्रेष्ठ पदमुक्त भए । रिक्त पदमा विन्ध्यावासिनी कंसाकार सांसद भइसकेकी छिन् । आर्थिक विचलन र अनुशासनहीनतासँग जोडिएको यो प्रकरणबाहेक अन्य थुप्रै उजुरी आयोगमा परेको आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले बताए । उजुरीको छानबिन भइसकेको छ । जसबारेको निष्कर्ष प्रतिवेदन मधेसको जलेश्वरमा हालै सम्पन्न केन्द्रीय समिति र संसदीय समितिको बैठकमा आयोगले सार्वजनिक गरिएको थियो । 

उपप्रमुख न्यौपानेका अनुसार कोर टिमका कसले पैसा मागेका हुन् भन्ने तथ्य फेला परेको छैन । तर, बयानका क्रममा श्रेष्ठले केन्द्रीय सदस्य मोहनबहादुर थापाको नाम कोर टिमका सदस्यको रूपमा लिएका थिए । न्यौपानले चाहिँ श्रेष्ठले भने जसरी पैसा माग्न लगाएको भन्ने पुष्टि नभएको दाबी गरेका छन् । यसपछि थापालाई नियमित जिम्मेवारीमा फर्किन पत्राचार गरिएको उनको भनाइ छ ।  

‘हामीले गरेको छानबिनका क्रममा ढाकालाई रकम माग्न भनेको कहीँ कतैबाट पुष्टि र प्रमाणित भएन । स्वतन्त्र रूपमा उहाँमाथिका आरोप पुष्टि नभएपछि नियमित काममा फर्कन पत्राचार गरेका छौं’, न्यौपानले भने । थापा हाल जिम्मेवारीमा निष्क्रिय छन् । पार्टी केन्द्रीय सदस्य पद भने यथावत छ । तर, जलेश्वर बैठकमा केही केन्द्रीय सदस्यले थापालाई कारबाही गर्नुपर्ने माग गरेका थिए । हालसम्म उनी कारबाहीमा परेका छैनन् ।

उनको संरक्षण सभापति रवि लामिछानेले गरिरहेको भन्दै घरिघरी आलोचनासमेत हुँदै आएको छ । पार्टीका एक जना पदाधिकारीका अनुसार थापालाई राजीनामा दिन लगाए पार्टी र नेतृत्व (रवि)विरोधी माहोल बन्न सक्ने र विरोधी शक्तिहरूलाई मसला पनि बन्ने बुझाइका आधारमा कारबाही नगरिएको एक जना पदाधिकारीले बताए । तर, पनि आयोगले पार्टीमा गम्भीर आर्थिक अनुशासनहीता देखा परेको भन्दै चिन्ता प्रकट गरेको छ । सभापति लामिछानको निर्देशनको समेत पालना नभएको आयोगले जनाएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक अनियमितता खासै भएको देखिएन । तथापि, आर्थिक मितव्ययिता कायम नगरेको हदसम्मको अवस्थासम्म देखियो । प्रोटोकलमा रही पार्टी नेतृत्वको आदेश र निर्देशनलाई तहगतरूपमा गम्भीरतापूर्वक पालन गरेको कम पाइयो ।’पार्टीकै नेताबाट दुव्र्यबहार भएको भन्दै एक जना नेतृले आयोगमा उजुरी गरेकी थिइन् । यीबाहेक आयोगमा अन्य उजुरी पनि परेको थियो । तीमध्ये धेरै उजुरी रकम लेनदेनसँग सम्बन्धित रहेको पनि आयोगले जनाएको छ । 

पार्टी महामन्त्री डा. मुकुल ढकालले उजुरी परेका नेताहरूमध्ये केहीलाई कारबाही गरेको र कतिपयलाई पार्टी जिम्मेवारीमा पुनः सक्रिय बनाएको बताएका छन् ।  ‘उजुरीका आधारमा कसैलाई १५ दिनको समय दिएर कारबाही गरिएको र पछि चालचलन राम्रो भएपछि फेरि पार्टी जिम्मेवारीमै फर्काइएको पनि छ । गम्भीर प्रकृतिको देखिएकोले ढाकाकुमार श्रेष्ठजीलाई तत्काल निलम्बन गरियो’, उनले प्रभावसँग भने । 

गत वर्षको ८ माघमा देवकोटाको नेतृत्वमा आयोग गठन भएको हो । आयोगलाई पार्टी सदस्यहरूको अनुशासन र आचरणलाई सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरी परेका उजुरीहरू टुंगोमा पु¥याउने कार्यादेश दिइएको थियो । सोहीअनुसार उजुरीहरूको अध्ययन अनुसन्धान गरेको आयोगले नेताहरू आर्थिक विचलन र दुव्र्यबहारमा मुछिएको तथ्य सार्वजनिक गरेको हो । 

देशका ठाउँठाउँमा नेता कार्यकर्ताबीच यसअघि कुटाकुटसमेत भएको थियो । नैतिकतामाथि प्रश्न उठ्नेगरिका गतिविधिमा संलग्न भएको विषय पनि सार्वजनिक भएको थियो । पार्टी भने गत वर्षको ७ असारमा स्थापना भएको हो । स्थापनाको पाँचौं महिनामै चुनाव लडेको पार्टीले जनताको अभूतपूर्व मत पायो । अन्ततः हाल २१ सिटसहित संसद्मा चौंथो दलको रूपमा रास्वपा छ । 

यस दलमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न दलहरू त्याग्दै मानिसहरू आबद्ध भइरहेका छन् । रास्वपाप्रतिको आकर्षण जारी छ । तर, नेताहरू भने सार्वजनिक नैतिकताको समेत प्रश्न उठ्ने गतिविधिमा संलग्न हुुँदै आएको पुष्टि भएको छ ।  
 


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP