Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएले परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र
एनआरएनएले परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २१, २०८०

काठमाडौं -  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापनपत्र बिहिबार परराष्ट्रमन्त्री एनपी साउदलाई  बुझाएका छन् । संघको तर्फबाट निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैर आवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव बुद्धिसागर सुवेदीले बताए । उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन  भएको अवस्थामा उनको रिहाईका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ ।

यस्तै अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरु मध्य केही नेपालीको निधन भएका समाचारहरु अहिले सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ ।

Hardik health

यसैगरी मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ ।  यसको लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरु बस्दै आएकोमा अहिले त्यहाँ ६ सय भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं । अझै सम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।

यस्तै गैर आवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुसी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरुमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठेरो परेको कुराहरु हामीसँग आइरहेका छन । यस विषयमा पनि परराष्ट्र मन्त्रीज्यूको ध्यानाकर्षण गराएको कोषाध्यक्ष ढुङ्गानाले बताए ।

यस्तै हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया,टर्की लगायत अन्य मुलुकहरुमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ ।

यस्तै माल्टा, रोमानिया,टर्की  लगायतका देशमा नेपालीहरूको संख्या बढ्दै गएको र दूतावास नहुँदा राहदानी नवीकरण लगायतका कुराहरु अप्ठेरो परेको पनि जानकारी गराइएको छ । ती देशमा नेपाल सरकारले राजदूतावास स्थापना गर्ने निर्णय पनि गरिसकेको अवस्थामा कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन पनि अनुरोध गरिएको छ ।आफुहरुले प्रवासमा रहेका नेपालीहरुको समसामयिक मागहरु लिएर पररास्ट्रमन्त्रीसँग भेट्दै ज्ञापनपत्र बुझाएको निबर्तमान अध्यक्ष रविना थापाले बताईन ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP