Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • वडाध्यक्षसहित २४ जनालाई जन्मकैद
नवराज विकसहितको हत्या प्रकरण वडाध्यक्षसहित २४ जनालाई जन्मकैद
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर २०, २०८०
  • वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोतीका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा, दाजु र भाइ गरी २४ जनालाई जन्मकैद
  • उनीहरूलाई जातीय छुवाछूत मुद्दामा दुई वर्ष कैद र ५० हजार जरिवाना तथा नवराजकी प्रेमिका र उनकी आमालाई पनि त्यति नै कैद र जरिवानाको फैसला 

काठमाडौं– हत्या र जातीय छुवाछूतका मुद्दामा नेपालको इतिहासमै सर्वाधिक २४ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा नवराज विकसहित छ जनाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार यति धेरै संख्याका प्रतिवादीलाई हत्या र जातीय छुवाछूतमा दोषी ठह¥याएको हो ।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार न्यायाधीश खडकबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि यसअघि थुनामा रहेका २३ जना र साधारण तारेखमा छाडिएका एक जनालाई जन्मकैदको फैसला सुनाएको हो । नवराजकी प्रेमिका र उनकी आमा जातीय छुवाछूत मुद्दामा दोषी ठहरिएकी छन् । ‘३४ जना प्रतिवादी थिए । २४ जना जन्मकैद ठहरिएका छन् र बाँकी दुई जना आमा छोरी पनि जातीय छुवाछूतमा दोषी ठहरिए,’ कोइरालाले प्रभावसँग भने ।

अदालतले हत्या घटनामा जन्मकैद सुनाएकाहरूमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोतीका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु र भाइ छन् । 

उनीहरूविरुद्ध जातीय छुवाछूतका मुद्दामा थप दुई वर्ष कैद सजाय र जनही ५० हजार जरिवानाको फैसला पनि सुनाइएको छ । सोही मुद्दामा त्यति नै कैद र जरिवाना नवराजकी प्रेमिका र प्रेमिकाको आमालाई पनि भएको छ । १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । गाउँलेहरूले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव भेरी नदीमा फेला परेको थियो । १२ जना घाइते भएका थिए । 

Hardik health

घटनापछि पीडिततर्फबाट नवराजका बुबा मुनलालले ३४ जनालाई विपक्षी बनाउँदै जिल्ला अदालत रुकुम पश्चिममा रिट दायर गरेका थिए । रिटमाथि गत आइतबारदेखि निरन्तर सुनुवाइ भएको थियो । मंगलबार पीडित पक्षका वकिलहरूको जवाफी बहसपछि न्यायाधीश केसीको इजलासबाट फैसला आएको हो ।पीडिततर्फबाट बहस गर्नेमध्येका एक जना वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको फैसलापछि भनेका छन्, ‘आज न्याय जितेको दिन ।’

सीमान्तकृत समुदायका पीडितहरूले न्याय पाउनेमा अन्तर्राष्ट्रिय समुदाय पनि सशंकित रहेको बेला आएको फैसालाले न्यायालयमाथिको जनविश्वास झनै बढेको त्रिपाठीले बताए । ‘पहिलो कुरा त नेपालको इतिहासमै हत्या मुद्दामा जन्मकैद यति धेरै प्रतिवादीले एकैपटक पाएको थिएन र जातीय छुवाछूतका घटनामा पनि यति धेरै समय फैसला भएकै थिएन, यो दुवै ऐतिहासिक नै हो,’ उनले भने, ‘यसअघि जातीय छुवाछूतका घटनामा दुई–चार महिना कैद सजाय हुन्थ्यो ।’

मुद्दामा पीडिततर्फबाट सरकारी वकिल चक्रबहादुर सिञ्जालीसहित १८ जना वकिलले बहस गरेका थिए । प्रतिवादीतर्फबाट वकिल रत्नबहादुर खड्कासहितले बहस गरेका थिए । सोती घटनालाई जातीय नरसंहारको रूपमा पनि लिने गरिन्छ । घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले चासो राखेको थियो । संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै न्यायालयबाट अन्याय नहुने विश्वास व्यक्त गरेको थियो । तर, नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै निष्पक्ष छानबिनमासमेत जोड दिएको थियो ।

माओवादी सांसद देवेन्द्र पौडेल नेतृत्वको तत्कालीन संसदीय विशेष समितिले पनि सोती घटना जातीय भेदभावले प्रेरित भएर भएको औंल्याएको थियो । घटनामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाहीको सिफारिस समितिले गरेको थियो ।घटनामा मारिएका छ जनाको परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिइसकेको छ ।

मृतकहरूलाई ‘सामाजिक रूपान्तरण सहिद’ घोषणा गर्न तत्कालीन कांग्रेस सांसद विमला नेपालीले माग गरेकी थिइन् । तर, उनीहरूलाई सहिद घोषणा गरिएको छैन । घटनालाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सडकमा आएका थिए । मृतकहरूको आमाहरू न्यायका लागि भन्दै काठमाडौं आएर दबाब दिएका थिए । देशको ठाउँठाउँमा घटनाको विरोधमा प्रदर्शन भएका थिए । अन्ततः साढे तीन वर्षपछि घटना सम्बन्धी मुद्दामा फैसला आएको हो । 

छोराहरूले शान्ति पाउँछन्  : नवराजका बुबा मुनलाल 
मंगलबार घटनाका आरोपीहरूविरुद्ध अदालतले जन्मकैदको सजाय सुनाउँदा नवराज विकका बुबा मुनलाल जाजरकोटको रानागाउँमै थिए । उनलाई रुकुम पश्चिमबाट दलित अभियन्ता खगेन्द्र सुनारले फोन गरेर मुद्दामा भएको फैसलाबारे थाहा दिए । फैसलाले मुनलाल धेरै खुसी छन् । ‘यत्तिको फैसला आउला भन्ने लागेको थिएन । आयो । अहिले म सन्तुष्ट छु । नवराजसहितका मृतक छ जना नै हाम्रा छोराहरूको आत्माले शान्ति पाउने ठानेको छु,’ मुनलालले प्रभावसँग भने ।घटनामा संलग्नहरूविरुद्ध कर्तव्य ज्यान, कर्तव्य ज्यान उद्योग र जातीय छुवाछूतसम्बन्धी कसुरमा मुनलालले नै रिट दायर गरेका हुन् ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:०५
#नवराज_विक _हत्या_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP