Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

काठमाडौं -  ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास :महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको संयुक्त प्रयास’ नाराका साथ आज २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 

कार्यक्रमका वक्ताले ६० वर्षमाथिका स्वयंमसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख  र यातायात खर्चबावत एक हजार प्रदान गर्न अपिल गरेका छन् ।  महिला स्वास्थ्य स्वयंमसेविका सङ्घका अध्यक्ष गीता थिङले स्वयंमसेविका चयन गर्ने आमा समूहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिए । 

काठमाडौँ महानगरपालिका वडा नं. १३ मा  २८ वर्षदेखि निरन्तर सेवा गर्दै आएकी स्वयंमसेविका तारादेवी मानन्धर अहिले ६७ वर्षकी भइन् । उनी स्वयंमसेविका सेवारत रहेकी छन् । आफना दुई छोराको स्वास्थ्यमा समस्या देखिएपछि आफु स्वयंमसेवामा लागेको बताइन्। 

“छोराको स्वास्थ्य समस्याले मलाई स्वास्थ्यसेवामा लाग्न प्रेरित गर्‍यो”, स्वयंमसेविका मानन्धरले भने, “०५२ सालदेखि स्वयंमसेविकाको रुपमा आफनो क्षेत्रमै केहि गर्ने मौका मिल्यो । त्यो समयमा रु ३० यातायात खर्च पाइन्थ्यो अरु केही पाइन्नथ्यो । यहाँ कुरा पैसाको होइन, सेवाको जो अमूल्य छ ।”

Hardik health

काठमाडौं महानगरपालिकाको अर्काे स्वयंमसेविका च्यान्टु लामा पनि उमेरले ६९ पुग्न लागिन्। ०५६ सालदेखि स्वयंमसेविकाको रुपमा काम गर्दै आएको लामाले पनि आफनो भूमिकालाई निरन्तरता दिएकी छन् ।  उनी वडा नं ३ को सदस्य पनि हुन् । पछि सोही वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम र सचेतना घरदैलोसम्म पुर्‍याउने जिम्मेवारी पाउनुभयो । स्वयंमसेविका लामाले गुनासो गरिन् । उनले भनिन् , “ यतिका वर्ष बित्दा पनि महानगरपालिकाले हाम्रो कामलाई कदर गर्न सकेको छैन ।”

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्य साक्षरता आवश्यकता भएको बताए । उनले ग्रामीण क्षेत्रका आमा र बालबालिकाको स्वास्थ्यस्तरमा सुधार ल्याउन उनीहरूले सघाउनु पर्ने बताए । 

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रम २०४५ साल देखि २७ वटा जिल्लाबाट सुरु भएको हो ।    नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेका छन् । 

सम्बन्धित समुदायमा नै स्थायी रुपमा बसोबास गर्ने र कमतीमा पाच वर्षसम्म स्वयसेवि भई सेवा गर्न इच्छुक महिलालाई स्थानीय आमा समूहले सिफारिस गर्ने गरेको छ । मुख्यतः आमा तथा बालबालिकाको स्वास्थ्य प्रव््धनका साथै सरुवा रोग र महामारी  नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य स्वयंमसेविका परिचालन गर्दै आएको छ । 

महिला सामुदायिक स्वास्थ्य सेविकाले ६० वर्षको उमेरसम्म काम गर्न पाउने व्यवस्था छ । साठी वर्षपछि पनि स्वयंमसेवा गर्न चाहनेले सरकारबाट  सेवासुविधा पाउँदैनन् ।  सरकारले कम्तीमा १० वर्षसम्म महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भई काम गरेका र  ६० वर्ष उमेर पुगेकालाई रु २० हजार  प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव शुक्रबार, साउन १५, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य  मन्त्री
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य मन्त्री आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP