Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

काठमाडौं -  ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास :महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको संयुक्त प्रयास’ नाराका साथ आज २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 

कार्यक्रमका वक्ताले ६० वर्षमाथिका स्वयंमसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख  र यातायात खर्चबावत एक हजार प्रदान गर्न अपिल गरेका छन् ।  महिला स्वास्थ्य स्वयंमसेविका सङ्घका अध्यक्ष गीता थिङले स्वयंमसेविका चयन गर्ने आमा समूहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिए । 

काठमाडौँ महानगरपालिका वडा नं. १३ मा  २८ वर्षदेखि निरन्तर सेवा गर्दै आएकी स्वयंमसेविका तारादेवी मानन्धर अहिले ६७ वर्षकी भइन् । उनी स्वयंमसेविका सेवारत रहेकी छन् । आफना दुई छोराको स्वास्थ्यमा समस्या देखिएपछि आफु स्वयंमसेवामा लागेको बताइन्। 

“छोराको स्वास्थ्य समस्याले मलाई स्वास्थ्यसेवामा लाग्न प्रेरित गर्‍यो”, स्वयंमसेविका मानन्धरले भने, “०५२ सालदेखि स्वयंमसेविकाको रुपमा आफनो क्षेत्रमै केहि गर्ने मौका मिल्यो । त्यो समयमा रु ३० यातायात खर्च पाइन्थ्यो अरु केही पाइन्नथ्यो । यहाँ कुरा पैसाको होइन, सेवाको जो अमूल्य छ ।”

Hardik health

काठमाडौं महानगरपालिकाको अर्काे स्वयंमसेविका च्यान्टु लामा पनि उमेरले ६९ पुग्न लागिन्। ०५६ सालदेखि स्वयंमसेविकाको रुपमा काम गर्दै आएको लामाले पनि आफनो भूमिकालाई निरन्तरता दिएकी छन् ।  उनी वडा नं ३ को सदस्य पनि हुन् । पछि सोही वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम र सचेतना घरदैलोसम्म पुर्‍याउने जिम्मेवारी पाउनुभयो । स्वयंमसेविका लामाले गुनासो गरिन् । उनले भनिन् , “ यतिका वर्ष बित्दा पनि महानगरपालिकाले हाम्रो कामलाई कदर गर्न सकेको छैन ।”

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्य साक्षरता आवश्यकता भएको बताए । उनले ग्रामीण क्षेत्रका आमा र बालबालिकाको स्वास्थ्यस्तरमा सुधार ल्याउन उनीहरूले सघाउनु पर्ने बताए । 

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रम २०४५ साल देखि २७ वटा जिल्लाबाट सुरु भएको हो ।    नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेका छन् । 

सम्बन्धित समुदायमा नै स्थायी रुपमा बसोबास गर्ने र कमतीमा पाच वर्षसम्म स्वयसेवि भई सेवा गर्न इच्छुक महिलालाई स्थानीय आमा समूहले सिफारिस गर्ने गरेको छ । मुख्यतः आमा तथा बालबालिकाको स्वास्थ्य प्रव््धनका साथै सरुवा रोग र महामारी  नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य स्वयंमसेविका परिचालन गर्दै आएको छ । 

महिला सामुदायिक स्वास्थ्य सेविकाले ६० वर्षको उमेरसम्म काम गर्न पाउने व्यवस्था छ । साठी वर्षपछि पनि स्वयंमसेवा गर्न चाहनेले सरकारबाट  सेवासुविधा पाउँदैनन् ।  सरकारले कम्तीमा १० वर्षसम्म महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भई काम गरेका र  ६० वर्ष उमेर पुगेकालाई रु २० हजार  प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP