Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शक्तिको दम्भ देखाउँदै प्रधानमन्त्री
शक्तिको दम्भ देखाउँदै प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०
  • सोमबार प्रधानमन्त्रीले केही सञ्चारकर्मीहरुलाई डाकेर आफू थप शक्तिशाली भएको संकेत गरे
  • अर्थतन्त्र निरन्तर ओरालो लागेको विषयमा प्रधानमन्त्रीले फेरि तत्कालै समाधानको उपाय खोजी गरिने वचन दिए
  • कोप–२८ बाट फर्कंदा दुबईबाट खासै उपलब्धिमूलक खबर नल्याए पनि आफूले ‘फलोअप’ गरिरहने दाहालको भनाइ


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन सरकारमा आफू अझै शक्तिशाली देखाउन भरमग्दुर प्रयास गरेका छन् । कोप–२८ मा सहभागी भएर दुबईबाट फर्केलगत्तै प्रधानमन्त्री दाहालले आफू भाग्यमानी भएको दाबीसमेत गर्न भ्याएका छन् ।

हुन त प्रधानमन्त्री दाहालले आइतबार साँझ विमानस्थलबाटै उक्त सन्देश दिन खोजेका थिए । सरकार गतिहीन भएको बेला मन्त्रीहरु फेरबदल हुने चर्चा छ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, उद्योगमन्त्री रमेश रिजाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत र खेलकुदमन्त्री डिगबहादुर लिम्बूको कार्यप्रगतिमाथि फिटिक्कै चित्त बुझाएको छैन । माओवादीबाट गृहमन्त्री बनेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको कार्यसम्पादनमाथि माओवादी नै असन्तुष्ट छ । यस्तो अवस्थामा बेलाबेला मन्त्रिपरिषद् फेरबदल हुन सक्ने भन्दै पार्टीभित्रै चर्चा चल्छ । 

यसै विषयमा विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको थियो । ‘यस विषयमा गठबन्धनमा छलफल भएको छैन । सोचिएको पनि छैन । मेरो दिमागमै छैन । यो ¥युमर मात्र हो,’ प्रधानमन्त्रीले आफ्नो सरकार अझै बलियो भएकोतर्फ संकेत गर्दै भने ।

‘तर पनि म लक्की छु’
सोमबार नै प्रधानमन्त्रीले केही सञ्चारकर्मीहरुलाई डाकेर आफू थप शक्तिशाली भएको प्रस्ट पारे । उनले आफू राजनीतिमा भाग्यमानी रहेको बताए । ३२ सिटे पार्टीले सरकारको नेतृत्व गरिरहेको र त्यो सरकार रहेको गठबन्धन बलियो रहेकोले आफू भाग्यमानी भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘मलाई थाहा छ मेरो संसद्मा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकि यो गठबन्धन तत्काल टुट्नेवाला छैन,’ प्रधानमन्त्री दाहालले भने ।

निर्वाचनपछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिए । लगत्तै एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा विश्वस्त देखिएका हुन् ।

गठबन्धनका अन्तरविरोधहरुले सरकारको भविष्यमा कुनै असर नगर्ने ठोकुवासमेत दाहालले गरेका थिए । ‘तपाईंहरुले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरु देख्नु, सुन्नुभएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’ 

अर्थतन्त्र ‘ग्रिन बन्ने’ ललिपप
दाहाल प्रधानमन्त्री बनेयता अर्थतन्त्र लगातार ओरालो लाग्दो छ । अर्थमन्त्री डा. महत र गभर्नर महाप्रसाद अधिकारीबीचका द्वन्द्व बढ्दा अर्थतन्त्र कहाँ पुगेर दुर्घटना हुने हो, थाहा पत्तो छैन । तर, प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक संकट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको बताए । 

‘एकपटक आर्थिक ‘एजेण्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुुलुक राम्रोसँग अघि बढ्छ भन्ने मेरो आत्मविश्वास छ, यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौं र अब फेरि अर्काे यस्तै राष्ट्रियस्तरको छलफलको तयारी पनि गरिरहेका छौं,’ प्रधानमन्त्रीले भने । दुबई जानुअघि प्रधानमन्त्रीले अर्थतन्त्रको संकटमोचन गर्न निजी क्षेत्रसँग छलफल गरेका थिए । तर उक्त छलफल ‘हात्ती आयो, हात्ती आयो फुस्स’ केही बनेन ।

दाहालले अर्थतन्त्र सुधारको ललिपप देखाउन थालेको यो पहिलोपटक होइन । यसअघि पनि पर्यटकको आगमन, मुद्रा सञ्चिति, रेमिट्यान्सको अवस्था देखाउँदै प्रधानमन्त्रीले सुधारको संकेत देखिसकेको बताउँथे । ‘आर्थिक सूचकांक हेर्दा राम्रै देखिन्छ, पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौं,’ दाहालले फेरि दोहो¥याए ।

लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता–कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनको भनाइ थियो ।विदेश भ्रमणमा रेकर्ड नै कायम गर्न लागेका प्रधानमन्त्री दाहालले दुबईबाट खासै उपलब्धिमूलक खबर त ल्याएनन् तर सहयोगको अपेक्षा भने अझै रहेको उल्लेख गरे । ‘जलवायु परिवर्तनको असरका कारण प्राप्त गर्न पाउनुपर्ने अधिकारका कुरा राखेका छौं र राष्ट्रसंघले पनि महसुुस गरेको छ । यसबाट अहिले विश्व समुदायलाई पनि जानकारी दिने काम भएको छ । त्यसैले हामीले सहयोग प्राप्त गर्छाैं भन्ने मेरो विश्वास छ र यसका लागि नेपालका सम्बद्ध सबै निकायलाई ‘फलो अप’ गर्न पनि भनिसकेको छु,’ दाहालले भने ।

भट्टराईलाई ‘रेड कार्पेट’, चन्दलाई कार्ड
संयोग भनौं, प्रधानमन्त्री पुष्पकमल दाहाल बालुवाटार आइपुगेको भोलिपल्टै नेत्रविक्रम चन्दविरुद्ध ३५ दिने पक्राउ सूचना जारी भयो । लगभग माओवादीको नियन्त्रणमा रहेको गोरखापत्रबाट चन्दलाई पक्राउ पुर्जी जारीको सूचना प्रकाशन हुनु नै हास्यास्पद भएको कतिपय बताउँछन् । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालकै अगुवाइमा गठन भएको मोर्चाका एक सदस्य हुन् चन्द । उनै चन्दविरुद्ध ‘रेड कार्ड’ देखाएर दाहालले सर्वसाधारणको मन जित्न खोजेको बताइन्छ ।

यही विषयमा सञ्चारकर्मीहरुसँग भने दाहालले असन्तुष्टि पोखेका थिए । ‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ,’ बालुवाटारमा दाहालले भने ।

ठीक यही बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भने दाहालले रातो कार्पेट ओछ्याउने संकेत गरेका छन् । पार्टीमा आफूपछिको नेताका रुपमा बाबुरामलाई भित्र्याउने प्रयास गरे पनि केही नेताले मानेका छैनन् । बाबुराम आफू भने पार्टीमा जुनसुकै भूमिकामा आउन चाहेको उनीनिकट नेताहरु बताउँछन् । बाबुरामलाई नेपाल समाजवादी पार्टी माओवादीमा विलय गराउन बागमती प्रदेशका आन्तरिक मामिलामन्त्रीसमेत रहेका गंगानारायण श्रेष्ठ प्रयासरत छन् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP