Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवालाई नेतृत्व छाड्न दबाब
देउवालाई नेतृत्व छाड्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १८, २०८०

 

  • पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवामाथि पार्टीभित्रै आक्रोश बढ्दो छ । सर्वसाधारण पनि देउवामाथि रुष्ट सुनिन्छन्
  • देउवाले पत्नी डा. आरजु देउवालाई केन्द्रीय समिति र समानुपातिकमा सांसदको मौकामात्र दिएनन्, संसदीय समितिको सभापतिसमेत बनाइदिए
  • पार्टीमा तानाशाही प्रवृत्ति देखाउन थालेका देउवालाई सार्वजनिक मञ्चबाटै दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व छाड्न आग्रह गरेका छन्

काठमाडौं– कांग्रेसको विधानअनुसार २०८२ मंसिरसम्म शेरबहादुर देउवाले पार्टीको नेतृत्व ढुक्कले गर्न पाउँछन् । अझ उनी संसदीय दलको नेतासमेत हुन् । संसदीय दलको नेता भएपछि सरकारको नेतृत्व गर्ने अवसर पार्टीले पाए देउवा नै प्रधानमन्त्री बन्न पाउँछन् ।

तर देउवामाथि पार्टीभित्रै आक्रोश बढ्दो छ । सर्वसाधारण पनि देउवामाथि रुष्ट सुनिन्छन् । कारण पटक–पटक प्रधानमन्त्री पदमा पुग्दा पनि जनताका लागि उपलब्धिमूलक काम गर्न नसक्नु । भ्रष्टाचार बढेको बढ्यै, सुशासनमा प्रश्नमाथि प्रश्न उठ्दा देउवा मौन बस्छन् । अझ पछिल्लोपटक पत्नी डा. आरजु देउवालाई केन्द्रीय समितिमा ल्याउँदा र समानुपातिक सांसद बनाउँदा पनि उनको चर्को विरोध भएको थियो । आरजु अहिले प्रतिनिधिसभाका कृषि समितिमा सभापतिसमेत बनिसकेकी छन् ।

त्यसैले कांग्रेसका धेरै नेताहरु देउवाकै कारण नयाँ पुस्ता पार्टीप्रति आकर्षित नभएको दाबी गर्छन् । अझ बोलीकै विषयलाई लिएर पनि कांग्रेस नेताकर्याकर्ता बेलाबेला देउवाको आलोचना गर्छन् । यही विषयमा शनिबार देउवाले नेताहरुसँग घुमाउरो पारामा कटाक्ष गरे । ‘म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ । कम बोल्ने, काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ,’ शनिबार बुटवलमा आयोजित पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भने ।

यद्यपि देउवा पार्टीमा शक्तिशाली छन् । किनभने १४औं महाधिवेशनमा देउवाले पार्टी लगभग कब्जा नै गरे । झण्डै ८५ प्रतिशत केन्द्रीय सदस्य देउवापक्षका निर्वाचित भए । संस्थापनइतरमा डा. शेखर कोइराला उनका प्रतिद्वन्द्वी थिए । गगन थापा महामन्त्रीका उम्मेदवार । तर अहिले शेखर र गगन नै बोलचाल बन्दको अवस्थामा छन् । बोलचाल बन्द भए पनि शेखर र गगन बुटवलमा भने एकै मञ्चमा देखिए । संस्थापनइतरका दुई बलिया नेता नमिल्दा देउवा झनै बलिया छन् । सत्ता गठबन्धनमा देउवालाई ‘वेटिङ प्राइममिनिस्टर’का रुपमा हेरिन्छ । 

नेतृत्व छाड्न आग्रह
शुक्रबार संस्थापनइतरका नेता डा. शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए । ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छ,’ कोइरालाले भनेका थिए । सोही मञ्चमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले शेखर कांग्रेसको सभापति भएको हेर्न जनताले चाहेको बताएका थिए । ‘एकपटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन्, वर्तमान र भविष्य हेर्न सक्ने नेता डा. शेखर कोइराला हुन्,’ उक्त सभामा भण्डारीले भनेका थिए ।

शनिबार बुटवलको मञ्चमा पनि केन्द्रीय सदस्य भण्डारीले देउवालाई नेतृत्व छाड्न आग्रह गरे । ‘शेरबहादुर दाइ अब अन्तिम हो,’ भण्डारीले भने । पार्टीको जिम्मा शेखरलाई दिनुपर्ने उल्लेख गर्दै भण्डारीले भने, ‘उहाँले अब यो मुलुक बनाइदिनुपर्छ । भोलि पार्टी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरूलाई साथ लिएर बढ्ने डाक्टर साब हो, बेस्ट सर्जन पनि हो, थेरापिस्ट पनि हो । अब उहाँ अगाडि लागेर देश बनाउनुपर्छ ।’

महामन्त्री विश्वप्रकाश शर्माले पनि अब देउवाले प्रधानमन्त्री बन्छु भनेर लाग्न नहुने धारणा राखे । बुटवलमा भएको लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै शर्माले गौतम बुद्धको उदाहरण दिँदै पद नयाँ पुस्ताका लागि छाड्न आग्रह गरे । ‘भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एकपटक पनि नबसीकन । त्यसकारण आदरणीय सभापतिजीले पाँच–पाँचपटक प्रधानमन्त्रीको बनिसक्नुभयो,’ शर्माले भने, ‘अब प्रधानमन्त्री बन्ने कुराको चाहिँ लौ अघि बढ् मेरो समकालीन कोही साथीहरु र आऊ कोही युवाहरु भन्दै गर्दा अर्कै ऊर्जा देशव्यापीरुपमा बढ्ने छ । सभापतिको जुन शालीनता छ । त्यसैले त्यो दिन पनि आउला ।’

अर्का महामन्त्री गगन थापाले पनि शर्माको भनाइमा सहमति जनाउँदै कांग्रेस जोगाउने हो भने देउवाले अब नेतृत्व छाड्नुपर्ने बताए । ‘सभापतिज्यूलाई मैले भनेको छु । यो पार्टीमा तपाईंको पुस्ताका साथीहरु पनि थुप्रै हुनुहुन्छ । नयाँ पुस्ताका साथीहरु पनि हुनुहुन्छ,’ थापाले सोही मञ्चबाट भने, ‘केही समयपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ । विश्वप्रकाश शर्माले भन्नुभएजस्तो यत्रो वर्ष मैले पार्टीमा हुर्काएको साथीहरु हुनुहुन्छ यिनीहरुलाई सिकाएको छु । पार्टीको मात्र हैन देशको भारी पनि बोक्न सक्छन् भनेर भन्नुभयो भने पार्टी पनि बाँच्छ, देश पनि बाँच्छ ।’
 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP