Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसकै लाइन समाउँदै रास्वपा
कांग्रेसकै लाइन समाउँदै रास्वपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १४, २०८०

 

  • स्थापनाको सुरुआतमै रास्वपालाई ‘घन्टी कांग्रेस’को ट्याग लागेको थियो
  • विचारहीन पार्टीको रुपमा आरोप खेपेको रास्वपाले जलेश्वर बैठकमा आफूलाई लोकतान्त्रिक गणतन्त्र पक्षधरको रुपमा उभ्याएको छ
  • पदाधिकारीको संरचनामात्र हैन रास्वपाको आदर्शसमेत झण्डै कांग्रेससँग मिल्दोजुल्दो देखिन्छ


काठमाडौं– स्थापनाको सुरुआतमै ‘घन्टी कांग्रेस’को ट्याग लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आदर्श कांग्रेसकै लाइनसँग मिलेको छ । महोत्तरीको जलेश्वरमा जारी पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा महामन्त्री डा. मुकुल ढकालले पेस गरेको राजनीतिक प्रतिवेदनमा लगभग कांग्रेसका उद्देश्य हुबहु मिल्ने खालका देखिन्छ ।

स्थापनायता विचारहीन पार्टीको रुपमा आरोप खेपेको रास्वपाले जलेश्वर बैठकमा आफूलाई लोकतान्त्रिक गणतन्त्र पक्षधरको रुपमा उभ्याएको छ । महामन्त्री ढकालले प्रस्तुत गरेको रास्वपाको वैचारिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट मंगलबार नै पारित भएको थियो । ‘नीति विचारका बारेमा हामीले दस्तावेजीकरणको काम गरेका थियौं । त्यसलाई पास गरेका छौं,’ रास्वपा सभापति रवि लामिछानेले भने ।

पारित नीतिमा समावेशी समाज निर्माण राप्रपाको ध्येय भएको बताइएको छ । ‘रास्वपा सबै नेपालीको समतामुलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ महामन्त्री ढकालले प्रस्तुत गरेको प्रस्तावनामा भनिएको छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’

राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदर्श बोकेको कांग्रेसले पनि आफ्नो उद्देश्यमा भनेको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलब्ध गराउन, न्यायपूर्ण, समतामूलक, गतिशील र शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै राजनीतिक, सामाजिक तथा आर्थिक विकासको लक्ष्य पूरा गर्ने र विश्वशान्ति एवं भ्रातृत्व कायम गर्दै विश्वसामु नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रका रुपमा परिचित गराउने नेपाली कांग्रेसको उद्देश्य हुनेछ ।’

समाजवाद, बहुलवाद र उदार अर्थतन्त्र कांग्रेसको लाइन हो । रास्वपाले आफ्नो पार्टीको पदाधिकारी संरचना पनि कांग्रेसकै शैलीमा सभापति, महामन्त्री र सहमहामन्त्रीहरु राखेको छ । रास्वपामा कांग्रेसबाट पसेका चर्चित नेताहरु डा. स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाललगायत छन् । रास्वपाले शासकीय स्वरुपमा भने प्रश्न उठाएको छ । ‘हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौं । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यसलाई परिवर्तन गर्ने उपाय भनेको मतदान, मतपत्र निर्वाचनमात्रै हो । हामी वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौं । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौं,’ सभापति लामिछानेले भने । 

आफ्नो पार्टी मधेसको मुद्दामा पनि कटिबद्ध रहेको लामिछानेको दाबी रह्यो । ‘हामी यसमा अझै स्पष्ट छौं । मधेसप्रति सञ्चारकर्मी हुँदा मैले जति मुद्दा उठाएको अरु व्यक्ति देखाउनुहोला । मधेसप्रति मेरो निरन्तर प्रयास छ । मैले भन्नै पर्दैन,’ सभापति लामिछानेले भने । 

भद्दा केन्द्रीय समिति 
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय समितिलाई अरु पार्टीकै जस्तो भद्दा बनाएको छ । बुधबार रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा चयन गरेको छ । रास्वपामा डिपी अर्याल पनि उपसभापति छन् । महामन्त्रीमा डा. मुकुल ढकाल यथावत् छन् । उनी पार्टीका प्रवक्तासमेत हुन् । यसैगरी पार्टीले कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ ।

महोत्तरीमा जारी बैठकले पार्टी कोषाध्यक्षको जिम्मेवारी लिमा अधिकारीलाई तोकेको छ । यसअघि केन्द्रीय सदस्य रहेका दीपक बोहरालाई सहकोषाध्यक्ष तोकेको छ । अर्का सहकोषाध्यक्ष बासुमाया तामाङको जिम्मेवारी निरन्तर छ । यसैगरी पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावन र रमेश प्रसाईं चयन भएका छन् ।

पार्टीले दलको प्रमुख सचेतकमा सन्तोष परियार र उपसचेतकमा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टीमा सांसद सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । यसरी थपिएका केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् । यसैगरी सांसदहरु अशोककुमार चौधरी, असिम शाह, चन्दा कार्की, तोसिमा कार्की, निशा डाँगी, विन्दबासिनी कांसकार, विनिता कठायत, मनिष झा, लक्ष्मी तिवारी, विराजभक्त श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, हरि खनाल पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् । यसअघि रास्वपाले सांसदहरुलाई केन्द्रीय सदस्य नपत्याएको आरोप लाग्दै आएको थियो । योसँगै रास्वपाको केन्द्रीय समिति ६० जनाको बनेको छ । 

कोषाध्यक्षमा पूर्वअर्थमन्त्रीकी छोरी
कांग्रेसबाट असन्तुष्ट युवाहरुको बाक्लो जमात रहेको रास्वपाको कोषाध्यक्षको जिम्मेवारी पाउने लिमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी हुन् । एमाले नेता भरतमोहनकी छोरीलाई रास्वपाको बैठकले सर्वसम्मत कोषाध्यक्ष बनाउने निर्णय गरेको हो । 

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक भएरसमेत काम गरिसकेकी अधिकारी यसअघि रास्वपा केन्द्रीय सदस्यमात्र थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्नसाथ केन्द्रीय सदस्य बनेकी थिइन् । आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य रहेकी लिमाले एमालेको उद्योग विभागमा पनि काम गरेको अनुभव संगालेकी थिइन् । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आबद्ध भइन् । एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो । 

 


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP